कार्यकर्ताको भावनालाई बुझेर निर्णय गर्नु आवश्यक : महामन्त्री थापा « Khabarhub

कार्यकर्ताको भावनालाई बुझेर निर्णय गर्नु आवश्यक : महामन्त्री थापा


२ फाल्गुन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीका आम कार्यकर्ताको भावनालाई बुझेर निर्णय गर्नु जरुरी रहेको बताएका छन्  ।

नेपाली कांग्रेस रत्ननगर नगरकमिटिले आज आयोजना गरेको बृहत् वनभोज तथा कार्यकर्ता भेटघाट कार्यक्रममा उनले पार्टी भनेकै घर भएको उल्लेख गरे । महामन्त्री थापाले भने, “पार्टी भनेको घर हो । घरभित्रका सदस्यको भावनालाई बुझेर निर्णय लिनसक्नु अभिभावकको जिम्मेवारी हो ।”

पार्टीभित्र गुटको पछि नलागी आम मतदाता र कार्यकर्ताको भावनाअनुसार पार्टी सञ्चालन गर्नुपर्ने उनको भनाइ थियो । पार्टी सञ्चालन गर्ने नेतृत्वले कसैलाई काखा र कसैलाई पाखा गर्न नहुने महामन्त्री थापाले बताए ।

अहिले जनताले देशमा कांग्रेसबाट भ्रष्टाचार मुक्त, सुशासन र कानुनी राज्यको आशा गरेको उल्लेख गर्दै उनले कानुनभन्दा बाहिर गएर काम गर्नेलाई दण्डित गर्ने गरी पार्टीलाई अघि बढाउनुपर्ने बताए ।

प्रकाशित मिति : २ फाल्गुन २०८०, बुधबार  ९ : ३० बजे

आजको मौसम पूर्वानुमान : यस्तो छ मौसम

काठमाडौँ – नेपाल मौसम विज्ञान विभागले आज दिउँसो कोशी, बागमती

दसैँ असत्यमाथि सत्यको विजय उत्सव भन्दै राष्ट्रपतिले दिए बडादसैँको शुभकामना

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँ २०८३ का अवसरमा स्वदेश

घ्यूका नाममा बेच्न प्रतिबन्धित चिल्लो पदार्थ बरामद

कर्णाली – खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतले वीरेन्द्रनगरस्थित

विश्वकप लिग-२ : नेपाल र क्यानडा भिड्दै, किन विशेष छ आजको खेल ?

काठमाडौँ – ओमानमा जारी आइसिसी विश्वकप लिग–२ एकदिवसीय क्रिकेट प्रतियोगितअन्तर्गत

नवरात्रको सातौँ दिन : घरघरमा फूलपाती भित्र्याइँदै

काठमाडौँ – नवरात्रको सातौँ दिन दसैँ घर वा पूजा कोठामा