उपप्रधानमन्त्री श्रेष्ठसँग तीन देशका राजदूतको भेट « Khabarhub

उपप्रधानमन्त्री श्रेष्ठसँग तीन देशका राजदूतको भेट


१ चैत्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नवनियुक्त उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग नेपालका लागि नर्वेका राजदूत टोरुन ड्रम्डलले शिष्टाचार भेटवार्ता गरेकी छन् ।

मन्त्रालयमा आज भएको भेटवार्तामा उनीहरूबीच द्विपक्षीय सम्बन्धलाई सुदृढ बनाउने तथा आपसी द्विपक्षीय हितका विविध विषयमा विचारविमर्श भएको मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले जानकारी दिए। भेटका अवसरमा उपप्रधानमन्त्री श्रेष्ठले नर्वेले गर्ने सहयोग अभिवृद्धिका सन्दर्भमा समेत कुराकानी गरेका थिए । 

यसैगरी आजै उपप्रधानमन्त्री श्रेष्ठसँग नेपालका लागि पाकिस्तानी राजदूत अब्रर एच हस्मी र नेपालका लागि साउदी अरबका राजदूत साद अबुहैमेदले समेत शिष्टाचार भेट गरेका छन् । 

सो अवसरमा राजदूतद्वयले उपप्रधानमन्त्री श्रेष्ठलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका थिए ।

प्रकाशित मिति : १ चैत्र २०८०, बिहीबार  ४ : २८ बजे

सरकार र नेपाल चिकित्सक सङ्घबीच सहमति, स्वास्थ्य सेवा सञ्चालन

काठमाडौं – सरकार र नेपाल चिकित्सक सङ्घबीच आज सहमति भएको

दैनिक एक हजार ५०० ई-राहदानी छपाइ, तीन महिनाभित्र प्रणाली स्थिर हुने

काठमाडौं– राहदानी विभागले विद्युतीय राहदानी (ई-पासपोर्ट) को बढ्दो मागलाई सम्बोधन

वालेन्द्रको ‘लाज ढाक्न’ रविलाई भ्याइ-नभ्याइ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रधानमन्त्री बनेका वालेन्द्र शाह देशमा गम्भीर

सुनसरी घटना : छानबिन समितिमा दुई सदस्य थप

काठमाडौं– सरकारले सुनसरीमा भएको घटनाका सम्बन्धमा छानबिन गर्न गठित समितिमा