आज २०८१ साल वैशाख २ गते आइबारको राशिफल | Khabarhub Khabarhub

आज २०८१ साल वैशाख २ गते आइबारको राशिफल


२ बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


4.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८१ साल वैशाख २ गते आइतबार तदनुसार सन् २०२४ अप्रिल १४ तारिख। चैत शुक्ल पक्षको षष्ठी तिथि। ज्योतिषशास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी गरिन्छ। खबरहबका लागि ज्यो.प. सूर्यनाथ लुइटेलले तयार पारेको आजको फलादेश :

मेष : साथीले सहयोग गर्नेछन्। रमाइलो यात्राको अवसर मिल्नेछ। लगानीको क्षेत्रबाट फाइदा हुनेछ। सामाजिक काममा सम्मान मिल्नेछ। विरोध गर्ने साथी शान्त हुनेछन्। राम्रो कामको थालनी गर्नुपर्ने दिन छ।

वृष : वैदेशिक क्षेत्रको श्रमबाट फाइदा हुनेछ। सार्वजनिक पद अर्थात् जिम्मेवारी प्राप्त हुनसक्छ। भौतिक सुखले मन आनन्दित हुनेछ। आफूभन्दा ठुलाको साथ रहने योग छ।

मिथुन : सिर्जनाको क्षेत्रमा मन जानेछ। थोरै श्रमबाट राम्रो आम्दानी हुनेछ। परिवारको साथ रमाइलो हुनेछ। बोल्दा विशेष ख्याल गर्नुपर्ने दिन छ।

कर्कट : तपाईंको कामबाट अरुले फाइदा लिनेछन्। आर्थिक आरोबारमा विवाद हुनसक्छ। राम्रो कामबाट खुट्टा तान्ने सक्रिय छन्। निष्ठावान बन्नु भएमा सबै पछाडि पर्नेछन्।

सिंह : लामो समयदेखि रोकिएका काम बन्नेछन्। लगानीबाट फाइदा हुनेछ। शिक्षाको क्षेत्रमा लाभ हुनेछ। परिवारमा प्रतिस्पर्धा चल्नेछ। घरमा नयाँ मान्छेको आगमन हुनसक्ने योग छ।

कन्या : सुरु गरेको काम बन्नेछ। राम्रो कामको थालनी गर्दा फाइदा हुनेछ। मनमा उत्साह बढ्नेछ। डर, त्रास र भयबाट मुक्त भएर ठुलो कामको थालनी गर्नुपर्ने दिन हो।

तुला : विशिष्ट व्यक्तिको सहयोग प्राप्त हुनेछ। कर्म क्षेत्रलाई निरन्तरता दिनाले भाग्यको उदय हुनेछ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। खानपानमा सचेत हुनुपर्ने देखिन्छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

वृश्चिक : गलत व्यक्तिको संगत नगर्नु राम्रो हुन्छ।घरमा भन्दा भन्दा बाहिर रमाउने बानीले परिवारमा खटपट हुनसक्छ। शिक्षा क्षेत्रमा सफलता मिल्नेछ। वैदेशिक रोजगारीको बाटोबाट भने फाइदा हुने योग छ।

धनु : धार्मिक कार्यमा मन जानेछ। धन कमाउन भन्दा जोगाउने कुराको चिन्ता बढ्नेछ। महत्तवपूर्ण काममा साथीभाइको सहयोग प्राप्त हुनेछ। परिवारको साथ र सहयोग रहनेछ।

मकर : परोपकार गर्ने समय छ। वैदेशिक क्षेत्रको लगानी सफल बन्नेछ। आफन्तलाई मनको कुरा नभन्नु राम्रो हुन्छ। विशिष्ट व्यक्तिको साथले महत्त्वपूर्ण काम बन्नेछ।

कुम्भ : परिवारमा रमाइलो जमघट वा भेटघाट हुनेछ। लामो समयदेखि अवरुद्ध काम बन्नेछ। नम्र बोलीको माध्यमले अरुलाई प्रभावमा पारेर काम गर्नु राम्रो हुन्छ।

मीन : समय खराब चलिरहेकाले हरेक क्षेत्रमा मेहनत गर्नुपर्ने देखिन्छ। आम्दानी भन्दा खर्च बढ्नेछ। सामाजिक क्षेत्रमा आफन्तले अपमान गर्नेछन्। नम्र भएर धार्मिक क्षेत्रमा मन दिनुपर्ने दिन छ।

प्रकाशित मिति : २ बैशाख २०८१, आइतबार  ५ : ३० बजे

जनमत वरिष्ठ उपाध्यक्षसहितका नेताले मागे सीके राउतको राजीनामा

काठमाडौं– जनमत पार्टीका वरिष्ठ उपाध्यक्षसहित केही नेताहरूले अध्यक्ष डा. सीके

मन्त्रीहरूले गरे आगजनी भएको सर्वोच्च अदालतको निरीक्षण

काठमाडौं– सरकारका मन्त्रीहरूले जेन-जी आन्दोलनका क्रममा आगजनी भएको सर्वोच्च अदालतको

आधा झुकाउने दिन सिन्धुलीका सीडीओले नै फहराएनन् झण्डा

सिन्धुली- जेन-जी आन्दोलनका क्रममा ज्यान गुमाएका प्रदर्शनकारीको सम्झनामा सरकारले बुधबार

रसुवा कारागारबाट भागेका ९१ कैदीबन्दी फर्किए

रसुवा– जेन-जी प्रदर्शनका क्रममा रसुवा कारागारबाट फरार ९७ कैदीबन्दीमध्ये ९१

असन-इन्द्रचोकमा बढ्यो चहलपहल (तस्बिरहरू)

काठमाडौं– दशैँ नजिकिएसँगै असन-इन्द्रचोक क्षेत्रमा किनमेल गर्न आउनेको भीड बढेको छ