संसद्‍मा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति « Khabarhub

संसद्‍मा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति


१ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सङ्घीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलबाट नेपाल सरकारको आगामी आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् ।

राष्ट्रपतिबाट सरकारको वार्षिक बजेटअघि सङ्घीय संसद्को दुवै सदनमा वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्ने अभ्यास रहँदै आएको छ ।

संयुक्त बैठकका विशेष अतिथिका रुपमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी, पूर्वसभामुख अग्निप्रसाद सापकोटा, संवैधानिक निकायका प्रमुख, नेपाल सरकारका मुख्यसचिव डा बैकुण्ठ अर्याल, प्रधानसेनापति प्रभुराम शर्मा, नेपालस्थित कूटनीतिक नियोगका प्रतिनिधि, निजी क्षेत्रका प्रतिनिधि, नागरिक समाजका अगुवा, सञ्चार क्षेत्रका व्यक्तिहरूको उपस्थिति छ ।

सम्बोधनका लागि राष्ट्रपति पौडेल नयाँ वानेश्वरस्थित संसद भवन परिसरमा पुग्दा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, प्रतिनिधिसभाका उपसभामुख इन्दिरा राना, राष्ट्रियसभाका उपाध्यक्ष विमला घिमिरे, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी, संसद् सचिवालयका महासचिव पदमप्रसाद पाण्डेयलगायतले स्वागत गरे । उक्त अवसरमा नेपाली सेनाले एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो ।

संसद् सचिवालयले अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको परिसरलाई राष्ट्रिय झण्डा र तोरणद्वारा झकिझकाउ बनाएको छ भने पानीका फोहरालगायत विशेष आकर्षणको प्रबन्ध गरेको छ ।

लाइभ

प्रकाशित मिति : १ जेठ २०८१, मंगलबार  ३ : १५ बजे

‘जेन-जी सहिद’ का सपना पूरा गर्नु नै सरकारको प्रमुख दायित्व हो : मन्त्री अर्याल

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले ‘जेन-जी सहिद’ योद्धाका अधुरा सपना पूरा

आजका समाचार : कांग्रेसबाट धमाधम उम्मेदवार सिफारिस, एमालेमा तानातान, महाधिवेशनको तयारी तीव्र, सुदूरपश्चिम दोस्रो पटक फाइनलमा र इजरायली आक्रमणमा ६७ पत्रकार मारिए

यातायातसम्बन्धी सर्वोच्चका आदेश कार्यान्वयन गर्न जाँचबुझ आयोगसरकारले यातायात क्षेत्रसम्बन्धी सर्वोच्च

भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिवको दौडधूप, प्रधानमन्त्रीसहितको उच्च नेतृत्वसँग एकैदिन भेटघाट   

काठमाडौं– भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव (उत्तर) मुन्नु महावरले नेपाल

चीनद्वारा नयाँ उपग्रह ‘याओगान–४७’ प्रक्षेपण

एजेन्सी – चीनले मंगलबार लङ–मार्च–४बी बोक्ने रकेटमार्फत नयाँ उपग्रह ‘याओगान–४७’

केपी-ईश्वर टकरावको विकल्प सर्वसम्मत शंकर पोखरेल

नेकपा एमालेको एघारौँ महाधिवेशन नजिकिँदै छ । तर, पार्टीभित्रको राजनीतिक