तनहुँको व्यास नगरपालिका निर्वाचनको पुनःमतगणना गर्न उच्च अदालतको आदेश « Khabarhub

तनहुँको व्यास नगरपालिका निर्वाचनको पुनःमतगणना गर्न उच्च अदालतको आदेश


१ जेष्ठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


321
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – स्थानीय तह निर्वाचन भएको दुई वर्षपछि उच्च अदालत पोखराले तनहुँस्थित व्यास नगरपालिकामा पुनःमतगणना गर्न आदेश दिएको छ ।

२०७९ वैशाख ३० मा भएको निर्वाचनमा सो नगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार वैकुण्ठनाथ न्यौपाने मेयर पदमा विजयी भएका थिए । मेयर पदमा पराजित घोषणा गरिएका स्वतन्त्र उम्मेदवार दीपकराज जोशीले पुनः मतगणना माग गर्दै उच्च अदालतमा मुद्धा दायर गरेका थिए ।

दीपकराज कांग्रेस पूर्वमहामन्त्री एवम् पूर्वमन्त्री गोविन्दराज जोशीका छोरा हुन् । २५२ मतान्तरले पराजित उनी निर्वाचनमा धाँधली भएको भन्दै अदालत पुगेका थिए । जोशीले नगरपालिकाको १ देखि ८ वडासम्म आफूले जितेको परिणाम सुनाइएको, तर ९ देखि १४ वडासम्मको मतगणनामा षडयन्त्र गरी विपक्षीलाई विजयी घोषणा गरिएको दाबी गरेका थिए ।

उच्च अदालतका न्यायाधीशद्वय राजनप्रसाद भट्टराई र निर्मला पौडेल भट्टराईको इजलासले व्यास नगरपालिकामा पुनः मतगणना गर्न आदेश दिएका हुन्‌ ।

मेयरमा विजयी घोषणा गरिएका न्यौपानेले १२ हजार ७८ मत र स्वतन्त्र उम्मेदवार जोशीले ११ हजार ८२६ मत प्राप्त गरेको नतिजा सार्वजनिक भएको थियो ।

व्यास नगरपालिकाको मेयरमा दोहोरिए कांग्रेसका न्यौपाने

प्रकाशित मिति : १ जेष्ठ २०८१, मंगलबार  ११ : ३७ बजे

मङ्गलका चन्द्रमाबाट नमूना ल्याउन जापानको मिसन

टोकियो- मङ्गल ग्रहका चन्द्रमामध्ये फोबोसबाट नमूना सङ्कलन गरी पृथ्वीमा फर्काउने

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

काठमाडौं- देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

घोडा दौड प्रतियोगितामा न्यौपाने प्रथम

जुम्ला- घोडा संरक्षण गर्ने उद्देश्यले आयोजित घोडा दौड प्रतियोगितामा छापेद्र

‘चौथो उपाध्यक्ष कप भलिबल प्रयोगिता’को उपाधि रतचुरालाई

काठमाडौँ- विजयादशमी २०८३ को अवसर पारेर सिन्धुलीको गोलञ्जोर गाउँपालिकाले आयोजना

ट्रम्पविरुद्ध अमेरिकामा ‘नो किंग्स’ प्रदर्शन

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिविरुद्ध शनिबार अमेरिकाभरि आयोजित ‘नो