ट्राफिक प्रहरीलाई गृहमन्त्रीको निर्देशन : बर्दी लगाएकाहरूलाई देख्दा जनताले आफ्नै ठानून् « Khabarhub

ट्राफिक प्रहरीलाई गृहमन्त्रीको निर्देशन : बर्दी लगाएकाहरूलाई देख्दा जनताले आफ्नै ठानून्


३२ जेष्ठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


8.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले ट्राफिक व्यवस्थापनलाई नागरिकले महसुस गर्न सक्ने गरी प्रभावकारी बनाउनुपर्ने बताएका छन् ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको शुक्रबार निरीक्षण भ्रमणको क्रममा गृहमन्त्री लामिछानेले यसो भनेका हुन् ।

उनले कार्यालयका सहायता कक्ष, गुनासो शाखा, ब्यारेक, कन्ट्रोल रूम लगायत विभिन्न शाखाहरूको निरीक्षण गर्दै विभिन्न जानकारी पनि लिए ।

निरीक्षणपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री लामिछानेले विभिन्न समस्या र अभावबीच ट्राफिक प्रहरीले उत्कृष्ट कार्यसम्पादन गर्दै आएको बताए ।

ती समस्याहरू समाधान गर्न गृहमन्त्रालय कटिवद्ध रहेको उनले बताए । लामिछानेले बर्दी लगाएकाहरूलाई देख्दा जनताले आफ्नै महसुस गर्नुपर्ने बताए ।

‘युनिफर्म लगाएका प्रत्येक प्रहरी कर्मचारीहरूले आफ्नो कामप्रति जवाफदेही हुनुपर्छ’, उनले भने, ‘युनिफर्म लगाएको प्रहरीलाई देखेर नागरिकलाई लागोस् कि यो मेरो मान्छे हो । यसका लागि प्रत्येक प्रहरी कर्मचारीले नागरिकसँग गर्ने व्यवहारमा परिवर्तन ल्याउन आवश्यक छ ।’

ट्राफिक प्रहरीले प्रचलित कानून कार्यान्वयनमा कडा रूपमा प्रस्तुत हुनुपर्ने उनले उल्लेख गरे । ‘ट्राफिक नियम मिच्नेलाई छुट दिन हुँदैन, एउटाले नियम मिच्दा अर्काको ज्यान जान सक्छ, त्यसैले चेकिङलाई अझ प्रभावकारी बनाई लापसे, मापसे र लेन अनुशासनमा कसैलाई छुट नदिनुहोस्’, उनले भने ।

फरक क्षमता भएका व्यक्तिहरू, वृद्धवृद्धा एवम् बालबालिकालाई विशेष ध्यान दिएर ट्राफिक प्रहरीले उत्कृष्ट कार्यसम्पादन गर्नुपर्नेमा उनले बताए ।

प्रकाशित मिति : ३२ जेष्ठ २०८१, शुक्रबार  ५ : ०४ बजे

कांग्रेसलाई एकढिक्का बनाउन विशेष संवाद अभियान चलाउनुपर्छ : गगन थापा

पोखरा- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई एकढिक्का बनाउन विशेष

झिनो अंकले बढ्यो नेप्से परिसूचक, कारोबार कति ?

काठमाडौँ– धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो

आन्द्रे रसेल ३३ रन बनाएर आउट

काठमाडौँ– विराटनगर किंग्सका आन्द्रे रसेल ३३ रन बनाएर आउट भएका

नेपाललाई गाभीबाट आठ अर्ब ५९ करोडको खोप सहायता

काठमाडौँ– नेपाललाई ग्लोबल एलाइन्स फोर भ्याक्सिन्स एन्ड इमुनाइजेसन (गाभी) ले

१४ औँ महाधिवेशनलाई अदालतले मान्यता नदिए बाटो अलग : एनपी साउद

काठमाडौं- नेपाली कांग्रेस अहिले गगन थापा पक्ष, शेरबहादुर देउवा पक्ष