सङ्खुवासभाको सिसुवा पहिरो विस्थापितका घर निर्माण हुँदै | Khabarhub Khabarhub

सङ्खुवासभाको सिसुवा पहिरो विस्थापितका घर निर्माण हुँदै


३२ जेठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

खाँदबारी – सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–१ सिसुवाखोलाको बेसिन्दा र चेप्चेवाको पहिरोबाट विस्थापितहरूका लागि चार वर्षपछि घर निर्माण गर्न थालिएको छ ।

विसं २०७७ असार २७ गते मध्यरातमा गएको पहिरामा पुरिएर बेसिन्दा गाउँका ११ जनाले ज्यान गुमाएका थिए भने दर्जनौँ घरमा क्षति पुग्यो । पहिरोबाट बेसिन्दा र चेप्चेवा गाउँ त विस्थापित नै भएको थियो ।

विस्थापितलाई सिलिचोङ १ को चित्रे, बखल्टुम र खाँदबारी नगरपालिका–७ मा पुनःवासका लागि घर बनाउने निर्णय भएको थियो । विस्थापित भएको चार वर्षपछि यसपटक भने खाँदबारी नगरपालिकाको समन्वयमा सोही वडाको भैरेडाँडामा ५५ परिवारका लागि घर निर्माण सुरू गरिएको नगरप्रमुख महेश थपलियाले जानकारी दिए ।

त्यसका लागि रु एक करोड ३० लाखमा जग्गा व्यवस्थापन गरिएको उनले बताए ।यसैगरी २५ परिवारलाई सिलिचोङ–१ को चित्रेडाँडा र चेप्चेवाका १२ घरलाई बखल्टुममा गरी ३७ परिवारका लागि घर निर्माण भइरहेका छन् ।

चित्रेमा रु ७० लाखमा साढे ५१ रोपनी र बखल्टुममा रु ३४ लाखमा साढे १७ रोपनी जग्गा खरिद गरी पहिरो विस्थापितका नाममा संयुक्त रजिस्ट्रेशन पास भइसकेको सिलिचोङ गाउँपालिका अध्यक्ष भूपालराज मेवाहाङले बताए ।

पहिरोलगतै तत्कालीन गाउँपालिका अध्यक्ष रामबहादुर कुलुङको संयोजकत्वमा अस्थायी पुनःवास तथा राहत सङ्कलन समितिले विभिन्न सङ्घ संस्थाको पहलमा रु ७९ लाख ८७ हजार ५ सय ८५ नगद र जिन्सी सङ्कलन गरेको थियो ।

उक्त रकम दुई तहमा वर्गीकरण गरेर वितरण गरिएको पालिका अध्यक्ष मेवाहाङले बताए । उनले दिएको जानकारीअनुसार क वर्गका १० घर परिवारलाई प्रतिघर रु एक लाख र बाँकी ८२ परिवारलाई शौचालय निर्माणका लागि प्रतिघर रु ६४ हजार नौ सय ७७ का दरले उपलब्ध गराइएको थियो ।

पहिरो गए लगत्तै विस्थापितलाई अस्थायी बासस्थानका लागि राखिएको चित्रे गाउँको सरसफाइका लागि रु ३५ हजार यही कोषबाट दिइएको थियो । यसबाहेकका रु ६९ लाख ५२ हजार पाँच सय ५० बेसिन्दा र चेप्चेवाका विस्थापितलाई हस्तान्तरण गरिएको उनले बताए ।

प्रकाशित मिति : ३२ जेठ २०८१, शुक्रबार  ८ : ४७ बजे

ठाकुर गैरेको तर्क- संसद् बहिष्कारले निकास दिँदैन, संवादमा बसौँ

काठमाडौं- नेकपा एमालेका सांसद ठाकुर गैरेले संसद् अवरुद्ध गर्ने वा

माधव नेपाल भन्छन् : असफल हुनु नयाँ सुरुवात हो, आत्तिनु पर्दैन

काठमाडौं- नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले जीवनमा असफलता

ऐतिहासिक लगख्यः हिटी सरसफाइ गर्दै (तस्बिरहरू)

काठमाडौं– ललितपुर महानगरपालिका–१५ मा अवस्थित ऐतिहासिक लगख्यः हिटी, जसको निर्माण

बडिमालिका तीर्थयात्रीका लागि चिकित्सक टोली परिचालन

मान्म– बडिमालिका जाने तीर्थयात्रीका लागि कालीकोटको रास्कोट नगरपालिकाले चिकित्सकसहितको टोली

बागमतीका मुख्यमन्त्रीले बुझाए राजीनामा, नयाँ मुख्यमन्त्री चयन प्रक्रिया सुरू

बागमती– बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले सोमबार पदबाट राजीनामा दिएका