सङ्खुवासभाको सिसुवा पहिरो विस्थापितका घर निर्माण हुँदै « Khabarhub

सङ्खुवासभाको सिसुवा पहिरो विस्थापितका घर निर्माण हुँदै


३२ जेठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

खाँदबारी – सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–१ सिसुवाखोलाको बेसिन्दा र चेप्चेवाको पहिरोबाट विस्थापितहरूका लागि चार वर्षपछि घर निर्माण गर्न थालिएको छ ।

विसं २०७७ असार २७ गते मध्यरातमा गएको पहिरामा पुरिएर बेसिन्दा गाउँका ११ जनाले ज्यान गुमाएका थिए भने दर्जनौँ घरमा क्षति पुग्यो । पहिरोबाट बेसिन्दा र चेप्चेवा गाउँ त विस्थापित नै भएको थियो ।

विस्थापितलाई सिलिचोङ १ को चित्रे, बखल्टुम र खाँदबारी नगरपालिका–७ मा पुनःवासका लागि घर बनाउने निर्णय भएको थियो । विस्थापित भएको चार वर्षपछि यसपटक भने खाँदबारी नगरपालिकाको समन्वयमा सोही वडाको भैरेडाँडामा ५५ परिवारका लागि घर निर्माण सुरू गरिएको नगरप्रमुख महेश थपलियाले जानकारी दिए ।

त्यसका लागि रु एक करोड ३० लाखमा जग्गा व्यवस्थापन गरिएको उनले बताए ।यसैगरी २५ परिवारलाई सिलिचोङ–१ को चित्रेडाँडा र चेप्चेवाका १२ घरलाई बखल्टुममा गरी ३७ परिवारका लागि घर निर्माण भइरहेका छन् ।

चित्रेमा रु ७० लाखमा साढे ५१ रोपनी र बखल्टुममा रु ३४ लाखमा साढे १७ रोपनी जग्गा खरिद गरी पहिरो विस्थापितका नाममा संयुक्त रजिस्ट्रेशन पास भइसकेको सिलिचोङ गाउँपालिका अध्यक्ष भूपालराज मेवाहाङले बताए ।

पहिरोलगतै तत्कालीन गाउँपालिका अध्यक्ष रामबहादुर कुलुङको संयोजकत्वमा अस्थायी पुनःवास तथा राहत सङ्कलन समितिले विभिन्न सङ्घ संस्थाको पहलमा रु ७९ लाख ८७ हजार ५ सय ८५ नगद र जिन्सी सङ्कलन गरेको थियो ।

उक्त रकम दुई तहमा वर्गीकरण गरेर वितरण गरिएको पालिका अध्यक्ष मेवाहाङले बताए । उनले दिएको जानकारीअनुसार क वर्गका १० घर परिवारलाई प्रतिघर रु एक लाख र बाँकी ८२ परिवारलाई शौचालय निर्माणका लागि प्रतिघर रु ६४ हजार नौ सय ७७ का दरले उपलब्ध गराइएको थियो ।

पहिरो गए लगत्तै विस्थापितलाई अस्थायी बासस्थानका लागि राखिएको चित्रे गाउँको सरसफाइका लागि रु ३५ हजार यही कोषबाट दिइएको थियो । यसबाहेकका रु ६९ लाख ५२ हजार पाँच सय ५० बेसिन्दा र चेप्चेवाका विस्थापितलाई हस्तान्तरण गरिएको उनले बताए ।

प्रकाशित मिति : ३२ जेठ २०८१, शुक्रबार  ८ : ४७ बजे

चट्याङ लागेर एक युवकको मृत्यु

झापा– झापाको गौरीगञ्जमा चट्याङ लागेर एक युवकको मृत्यु भएको छ

सुकुम्वासी व्यवस्थापनमा पन्छिँदै प्रधानमन्त्री

काठमाडाैँ– काठमाडौँ महानगर प्रमुखको कार्यकालमा नै वालेन्द्र शाहले २०८२ साउन

भारतीय पर्यटकले पोखराका होटल भरिभराउ

कास्की– पर्यटकीय राजधानी पोखरामा भारतीय पर्यटक खचाखच भएपछि यहाँका होटल

अमेरिकाद्वारा इरानमाथिको तेल प्रतिबन्धमा छुट, १२ अर्ब डलरको फ्रिज कोष फुकुवा हुने

काठमाडौँ – संयुक्त राज्य अमेरिकाले इरानमाथिको तेल प्रतिबन्धमा अस्थायी छुट

सम्पत्ति छानबिनको पक्षमा म अझै अडिग छु, भ्रम नफैलाइयोस्: पूर्वअर्थमन्त्री शर्मा

काठमाडौँ – पूर्वअर्थमन्त्री जनार्दन शर्माले सम्पत्ति छानबिनका नाममा आफ्नो संलग्नता