समाचार

आजका समाचार : टुंगोतिर शान्ति प्रक्रिया, घेराबन्दी गरिएको कुलमानको गुनासो र बढ्दै शेख हसिनाको संकट

By खबरहब

August 14, 2024

टीआरसी विधेयक प्रतिनिधि सभाबाट सर्वसम्मतिले पारित संक्रमणकालीन न्याय (टीआरसी) सम्बन्धी विधेयक बुधबार प्रतिनिधिसभाको बैठकबाट सर्वसम्मतिले पारित भएको छ ।

बुधबार बसेको प्रतिनिधिसभाको बैठकले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ९तेस्रो संशोधन० विधेयक,२०८१ पारित गरेको हो ।

बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजय कुमार चौरसियाले ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०८१ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गरेका थिए। त्यसपछि सभामुख देवराज घिमिरेले निर्णयार्थ प्रस्तुत गरेका थिए ।

प्रतिनिधिभाबाट पारित भएसँगै अब उक्त विधेयकमाथि राष्ट्रियसभामा पनि छलफल हुनेछ ।

प्रतिनिधि सभाबाट टीआरसी विधेयक पारित भएपछि अमेरिका खुसी

माधव नेपालले कांग्रेस-एमालेलाई भने : दुई दलीय व्यवस्था सहँदैनौँ, आउन पनि दिँदैनौँ

प्रचण्डको गुनासो- हतियार छाडेर सेना समायोजन गरेपछि पार्टी फुटाइयो

जटिल मुद्दा टुंगो लगाउन नेपाली दलहरू आफैं सक्षम छन् : देउवा

कुनै करकापमा टीआरसी विधेयक अघि बढाइएको हैन : प्रधानमन्त्री ओली

शान्ति प्रक्रियाबारे लिङ्देनको टिप्पणी : पूर्वराजा शाहलाई नोबेल शान्ति पुरस्कारमा सिफारिस गरौँ

टीआरसीबारे रवि लामिछाने- पीडितले न्याय पाउन नसके देशका लागि दुर्भाग्य हुन्छ

प्रचण्डले भने-  नेपालको शान्ति प्रक्रिया विश्वकै नमूना

प्रधानमन्त्रीले संसद्‍मा सोधे- हामीले प्रतिगमन गर्छौँ भनेर कसले सोच्न सक्छ ?

नेपालमा द्वन्द्वको अन्तिम किस्ता पनि सकिएको सन्देश दिँदैछौँ : प्रधानमन्त्री

संसद्‍ भवनमा छिरेका युवक जब विरोध प्रदर्शनमा उत्रिए (तस्बिरहरू)

उपत्यकाका नदीमा पानीको प्रवाह बढाउन विज्ञसँग छलफल उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले काठमाडौँ उपत्यकाका बागमती, विष्णुमती लगायतका नदीमा पानीको प्रवाह वृद्धि गर्नेबारे विज्ञहरूसँग छलफल गरेका छन् ।

आज मन्त्रालयमा विज्ञहरूसँग छलफल गर्दै उनले बागमती, विष्णुमतिलगायतका नदीमा सफा पानी बगाउन अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजनाका बारेमा राय लिएका हुन् ।

उपत्यकाका नदीलाई पुनर्जीवन दिने, काठमाडौँ उपत्यकालाई स्वच्छ र सफा राख्ने, फोहरमैला व्यवस्थापन गर्ने विषयमा चासो राख्दै उपप्रधान मन्त्री सिंहले समाधानका उपायबारे छलफल गरेका हुन् ।

भ्रष्टाचारको उजुरीबारे कुलमानको जवाफ : विद्युत् महसुलको बक्यौता उठाउन खोज्दा घेराबन्दी गरियो

कान्ति बाल अस्पताललाई अन्तर्राष्ट्रिय मापदण्डको बनाइने छ : मन्त्री पौडेल

चिकित्सा शिक्षा आयोगको प्रवेश परीक्षा फारम भरेर १२ फेल भएकाको रकम फिर्ता हुने

प्रचण्डसँग अष्ट्रेलियाली राजदूतको बिदाइ भेट

राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

थप पाँच प्रदेशमा क्यान्सर उपचार सेवा विस्तार गरिने

सरकारी कर्मचारीले सेवाग्राहीलाई गर्ने व्यवहार सुधार्नुपर्छ : उपप्रधानमन्त्री पौडेल

शिक्षक सरुवा विवादमा जब मेयर र वडाअध्यक्षबीच विद्यालयमै मुक्कामुक्की भयो शिक्षक सरुवाको विषय कति जटिल र जनप्रतिनिधिको स्वार्थको विषय बनेको छ भन्ने उदाहरण बाराबाट आएको छ ।

जहाँ एकजना शिक्षक सरुवाको विषयमा दुई जनप्रतिनिधिबीच कुरा नमिल्दा कुटाकुट र हात हालाहालकै अवस्था उत्पन्न भयो ।

मंगलबार दिउँसो जितपुर सिमरा उपमहानगरपालिका(२ स्थित सिमरा नेरा नमूना माध्यमिक विद्यालयमा मेयर राजन पौडेल र एकजना वडाअध्यक्षबीच शिक्षक, प्रहरी र स्थानीयबासीकै बीचमा कुटाकुट भएको हो ।

दुईजना शिक्षकको सरुवामा स्वार्थ बाझिँदा मेयर राजन पौडेल र वडा नम्बर २ का वडा अध्यक्ष धनबहादुर श्रेष्ठबीचको विवादले उग्र रुप लिँदा यी दुईजनाबीच कुटाकुट नै भएको हो, त्यो पनि विद्यालयभित्र, प्रहरीकै अगाडि ।

सिस्नोको पाउडर र गुन्द्रुकले पाएन बजार, उद्यमी निराश

पहिरोले बन्दीपुरको बुद्धसिंह मार्ग एक सातादेखि अवरुद्ध

जाजरकोटको चौखामा विद्युत सबस्टेशन निर्माण

गुल्मीको रेसुङ्गा र मदानेमा भेटिए नयाँ प्रजातिका चरा

पोर्चुगलमा राहदानी घुम्ती सेवा, करिव चार हजार नेपाली लाभान्वित

गमगढी-तारापानी-सोरुकोट सडक दुई सातादेखि अवरुद्ध

शेख हसिनाले भनिन्, ‘स्वतन्त्र बंगलादेशका लागि लडेका मेरो पिताको अपमान गरियो’ भारतमा निर्वासनमा रहेकी बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले स्वतन्त्रताका लागि लडेका आफ्ना बुवाको अपमान गरिएको बताएकी छन् ।

बङ्गलादेशमा चर्किएको विद्यार्थी आन्दोलन थेग्न नसकेर त्यहाँस्थजित सेनाको सहयोगमा देश छोडेर अगस्ट ५ मा भारत पुगेकी उनले यस्तो गुनासो गरेकी हुन् ।

‘बंगबन्धु शेख मुजिबुर रहमानको नेतृत्वमा देशले स्वतन्त्रता हासिल गरेको थियो, तर अहिले उहाँको अपमान गरिएको छ’, गुनासोसहित उनले भनिन्, ‘उनीहरू ९प्रदर्शनकारी०ले मेरो बुवाको अपमान गरेका छन्, म देशवासीसँग न्यायका लागि अपील गर्छु ।’

शेख हसिनाको यो बयान उनका छोरा सजीव वाजिद जोयलाई उद्धृत गर्दै सञ्चारमाध्यममा आएको हो । उनले आफ्नी आमाको उक्त भनाइ सामाजिक सञ्जालमा पोस्ट गरेका छन् ।

शेख हसिनाविरुद्ध विद्यार्थी हत्याको मुद्दा दायर

गाजाको ८४ प्रतिशत भु-भागका वस्ती खाली गर्न इजरायलको आदेश

थाई प्रधानमन्त्री श्रेथा जिम्मेवारी मुक्त

युक्रेनी गतिविधिका कारण रूसको बेलगोरोड क्षेत्रमा संकटकाल घोषणा

सुडान युद्धविराम वार्ता स्विट्जरल्याण्डमा

पार्टी नेतृत्वको निर्वाचन नलड्ने जापानका प्रधानमन्त्री किशिदाको घोषणा

रामदेव र बालकृष्णविरुद्ध अदालतको अवहेलना मुद्दा खारेज