कश्मिरमा विधानसभा निर्वाचन नजिकिँदै गर्दा झडप बढ्दै « Khabarhub

 कश्मिरमा विधानसभा निर्वाचन नजिकिँदै गर्दा झडप बढ्दै


२९ भाद्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली– विवादित हिमालय क्षेत्र जम्मु–कश्मिरमा एक दशकमा हुनलागेको विधानसभा निर्वाचनको केही दिनअघि कश्मिरमा भएको सन्दिग्ध आतंकवादीसँगको गोली हानाहानमा दुई भारतीय सैनिकको मृत्यु हुनुका साथै अन्य दुई जना घाइते भएका छन् । 

भारत प्रशासित कश्मिरमा दश वर्षपछि हुनलागेको पहिलो विधानसभाको चुनाव नजिकिँदै गर्दा विद्रोही र सुरक्षा बलबीच झडप बढेको देखिएको छ ।

‘बहादुरको सर्वोच्च बलिदान’ लाई श्रद्धाञ्जली दिँदै शुक्रबार किश्तवाड जिल्लामा गोली हानाहान भएको भारतीय सेनाले सामाजिक सञ्जाल एक्समार्फत बताएको छ । 

सन् १९४७ मा ब्रिटिस शासनबाट स्वतन्त्र भएदेखि नै कश्मिर भारत र पाकिस्तानबीच विभाजित भएको हो र दुबै देशले यसलाई पूर्ण रूपमा दावी गर्दै आएका छन् । 

विद्रोहीहरूले स्वतन्त्रता वा पाकिस्तानसँग विलयको माग गर्दै दशकौँदेखि भारतीय सेनासँग लडिरहेका छन्। पैतिस वर्षदेखि द्वन्द्वको सामना गरिरहेको जम्मु–कश्मिर क्षेत्रमा करिब ५ लाख भारतीय सेना तैनाथ गरिएको छ । 

प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारले यसको आंशिक स्वायत्तता रद्द गरेपछि सन् २०१९ देखि यो क्षेत्र निर्वाचित स्थानीय सरकारबिना रहेको छ । 

सेप्टेम्बर १८ बाट सुरु हुने निर्वाचनमा कुल ८.७ मिलियन मानिस यस क्षेत्रको विधानसभामा मतदान गर्न योग्य छन्, जसको परिणाम अक्टोबरमा हुने अपेक्षा गरिएको छ । 

प्रकाशित मिति : २९ भाद्र २०८१, शनिबार  १ : २५ बजे

बेत्रावतीको एउटै घरभित्र भेटिए २२ वटा शव

नुवाकोट- नुवाकोटको विदुर नगरपालिका–१०, बेत्रावतीमा बाढीले पुरिएको एउटै घरभित्र २२

आज २०८३ साल भदौ १६ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ १६ गते मंगलबार सन् २०२६

भोटेकोशी बाढी : सम्पर्कविहीनको खोज तथा उद्धार तीव्र

काठमाडौं – रसुवास्थित भोटेकोशी बाढीका कारण सुरक्षाकर्मी, कर्मचारी, जलविद्युत् आयोजनाको

भोटेकोशी बाढी : गोरखामा थप सात शव व्यवस्थापन

गोरखा – भोटेकोशी बाढीका कारण मृत्यु भई रसुवा, नुवाकोटलगायत क्षेत्रबाट

भोटेकोशी बाढी : नागरिक लगानी कोषद्वारा एक करोड सहयोग

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित नागरिकको राहत