लोकतान्त्रिक सिँचाइ कुलोको काम तत्काल गर्न माग « Khabarhub

लोकतान्त्रिक सिँचाइ कुलोको काम तत्काल गर्न माग


२९ कार्तिक २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

खोटाङ – दिप्रुङ चुइचुम्मा गाउँपालिका-६ छितापोखरीस्थित टुवाखोला मुहान रहेको लोकतान्त्रिक सिँचाइ कुलो आयोजना तत्काल सञ्चालनमा ल्याउन स्थानीयले माग गरेका छन्।

कोशी प्रदेश सरकार, खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालय विराटनगरको सात करोड ७२ लाख लगानीमा निर्माण सुरु गरिएको सिँचाइ कुलो आयोजना ठेकेदार कम्पनीको लापरबाहीले अलपत्र परेको भन्दै तत्काल काम अगाडि बढाउन स्थानीयले माग गरेका हुन्।

निर्माणाधीन अवस्थामै अलपत्र परेको सिँचाइ कुलो आयोजनाको काम तत्काल सञ्चालनमा ल्याउनका लागि पहल गरिदिन बुधबार जिल्ला प्रशासन कार्यालय खोटाङ र जिल्ला समन्वय समिति खोटाङमा ज्ञापनपत्र बुझाइएको स्थानीय रामप्रसाद दङ्गालले बताए।

जलश्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय खोटाङलाई बोधार्थ दिइएको ज्ञापनपत्रमा नेपाली कांग्रेस खोटाङका नेता केशवकुमार कार्की, नेपाल कम्युनिस्ट पार्टी (एमाले) खोटाङका पूर्वअध्यक्ष दङ्गाल र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) खोटाङका जिल्ला संयोजक दीपक पाण्डे ‘आकाश’ले संयुक्त हस्ताक्षर गरेका छन्। आफूहरूले राजनीतिक दलको तर्फबाट नभइ स्थानीय उपभोक्ता भएको नाताले ज्ञापनपत्र बुझाएको उनीहरूले भनाइ छ।

जिल्ला समन्वय समिति प्रमुख सनबहादुर राईले समस्या समाधानका लागि आवश्यक पहल गर्ने बताए।

तीन वर्षभित्र सम्पन्न गर्नेगरी निर्माण कम्पनी स्काई-विवश-रामसागर जेभीले ठेक्का लिएको आयोजनाको लागि अन्तिमपटक थपिएको म्याद आगामी चैत-१६ गतेसम्म रहेकाले पुनःकाममा फर्काएर आयोजनाको काम सम्पन्न गर्न लगाउनेगरी समन्वय भइरहेको जलश्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय प्रमुख डा महेश यादवले बताएका छन्।

तीनवटा निर्माण कम्पनीको सहकार्यमा सम्झैता गरेर निर्माण सुरु गरिएको आयोजनाको काम एउटा कम्पनीका प्रतिनिधिले कमजोरी गर्दा समयमा सम्पन्न गर्न नसकिएको रामसागर निर्माण कम्पनीका सञ्चालक राम पौडेलले बताए।

विवश इन्टरनेश्नल प्रालिका प्रतिनिधिले स्थानीयबासीको अवरोधका कारण काम गर्न नसकिएको काम छाडेको थियो। निर्माणाधीन अवस्थामै आयोजनाको काम छाडेर हिँडेपछि दिप्रुङ चुइचुम्मा गाउँपालिकाको कार्यालयले जलश्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय खोटाङलाई निर्माणस्थलमा कुनै पनि विवाद नरहेको पत्रसमेत लेखेको छ।

सम्झौताअनुसार तीन फिट गहिरो खाल्डो खनेर त्यसभित्र पोलेथिन पाइप बिच्छ्याएर सञ्चालन गर्नुपर्ने सिँचाइ कुलो आयोजनामा यसअघिका ठेकेदारको लापरबाहीले गुणस्तरीय काम नभएको भन्दै स्थानीयले विरोधसमेत जनाएका थिए। स्थानीयको विरोधपछि ठेकेदारले काम नगरेपछि बिच्छ्याइएका पाइप जथाभावी छरिनुका साथै कतिपय जङ्गलमा लागेको डढेलोले जलेर नष्ट भएका छन्।

विसं २०७७ सालमा डिभिजन कार्यालय खोटाङमा सम्झौता गरेर निर्माण सुरु गरिएको आयोजनाअन्तर्गत १३ किलोमिटर लामो पाइप लाइनमध्ये आठ किलोमिटर काम सम्पन्न भएको ठेकेदार कम्पनीले जनाएको छ। दिप्रुङ चुइचुम्मा गाउँपालिका-४ बतासेस्थित साबिकको दुईवटा वडा तथा वडा नं ५ सप्तेश्वर छितापोखरीको तल्लो भागका स्थानीयबासीको खेतबारी सिँचाइ गर्ने उद्देश्यले आयोजना अगाडि बढाइएको थियो।

प्रकाशित मिति : २९ कार्तिक २०८१, बिहीबार  ६ : ४० बजे

बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी

खोटाङ- मध्यपहाडी लोकमार्ग सडकखण्डको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–८ बुवालुङस्थित पङ्खुखोला

रास्वपाको लक्ष्य वैकल्पिक शक्ति मात्र होइन, मुलुकको नेतृत्व हो : सभापति लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले युगले दिएको अभिभारा

एसीसी महिला प्रिमियर कपमा नेपाल हङकङसँग ६९ रनले पराजित

काठमाडौं- एसीसी महिला प्रिमियर कप अन्तर्गत समूह चरणको अन्तिम खेलमा

परराष्ट्रमन्त्री खनाल र भाजपा विदेश विभाग प्रमुख चौथाइवालेबीच भेटवार्ता

 काठमाडौं – भारतको औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय

भारतीय पर्यटकमा ‘सिभिक सेन्स’ अभाव : सार्वजनिक स्थानमा ‘असभ्य व्यवहार’ले उठ्दैछ प्रश्न

काठमाडौं– नेपालमा सबैभन्दा धेरै भारतीय पर्यटक आउछन् । छिमेकी देश,