आजका समाचार : सकियो रविको बयान, निर्मला प्रकरणमा नयाँ अनुसन्धान र ट्रम्पलाई बाइडेनको स्वागत | Khabarhub Khabarhub

आजका समाचार : सकियो रविको बयान, निर्मला प्रकरणमा नयाँ अनुसन्धान र ट्रम्पलाई बाइडेनको स्वागत


२९ कार्तिक २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 4 मिनेट


267
Shares
  • change font
  • change font
  • change font

‘मंसिरभित्र काम सुरु नगरे चिनियाँ कम्पनीसँगको ठेक्का तोड्छौँ’
प्रधानमन्त्री केपी शर्मा ओलीले महेन्द्र राजमार्गअन्तर्गत नारायणगढ-बुटवल सडकखण्ड निर्माणमा भएको ढिलाइबारे छिट्टै टुङ्गोमा पुगिने बताएका छन् ।

प्रधानमन्त्री निवास, बालुवाटारमा उक्त सडकखण्डमा हाल निर्माणको काम रोकिएकोबारे सम्बन्धित मन्त्री, मन्त्रालयका अधिकारी, रुपन्देही, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)र नवलपरासी (बर्दघाट सुस्ता पूर्व) सांसद र जनप्रतिनिधिसँगको छलफलमा प्रधानमन्त्री ओलीले आउँदो मङ्सिरभित्र काम सुरु नभमा बाध्यत भएर चिनियाँ कम्पनीसँगको ठेक्का तोड्नुको विकल्प नहुने बताए ।

प्रधानमन्त्रीको चीन भ्रमणबारे संसदीय समितिमा छलफल हुने

रविबारे प्रधानमन्त्री ओली- दोष र निर्दोषको फैसला अदालतले गर्छ

नारायणगढ–बुटवल सडक बारे प्रधानमन्त्रीको ध्यानाकर्षण

शैक्षिक नतिजा सुधारमा ध्यान दिन मन्त्री भट्टराईको आग्रह

कूल गार्हस्थ वृद्धि गर्न उत्पादनका क्षेत्र बढाउनुपर्छ : उपप्रधानमन्त्री सिंह

सामाजिक सञ्जाल विधेयक–२०८१ पुनर्लेखन गर्नुपर्छ : शेखर कोइराला

राष्ट्रपति पौडेल र अजरबैजानका समकक्षीबीच भेटवार्ता

पार्टीले गरिरहेको आन्दोलनबारे समीक्षा भइरहेको छ : सचेतक परियार
राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले पार्टीले गरिरहेको आन्दोलनका बारेमा समीक्षा भइरहेको बताएका छन् ।

सिंहदरवारमा बिहीबार बसेको पार्टी संसदीय दलको अनौपचारिक छलफलपछि सञ्चारकर्मीसंग कुरा गर्दै परियारले आन्दोलनलाई निरन्तरता दिने वा रोक्ने भन्ने विषयमा छलफल भइरहेको बताएका हुन् ।


आफूहरूको आन्दोलनले पार्टीलाई मात्रै नभई जनतालाई पनि फाइदा हुनुपर्ने भन्दै उनले विभिन्न कोणबाट खुल्ला रुपमा पार्टीभित्र बहस छलफल भइरहेको बताए। पार्टीभित्रको विवादका विषयमा सोधिएको प्रश्नमा परियारले पार्टीभित्र कुनै गुट–उपगुट नरहेको जिकिर गरे ।

रुपन्देहीमा सकियो रविको बयान, सहकारीको बचत हिनामिना आरोप अस्वीकार

रुपन्देहीमा तीन दिनको बयानपछि रविलाई कास्की फर्काउने तयारी

रविको पक्षमा बुटवल-भैरहवा मोटरसाइकल र्‍याली (तस्बिरहरू)

बाढीपीडितलाई कर्मचारी महासंघद्वारा सात लाख ७७ हजार सहयोग

रास्वपाका नेता र सांसदविरुद्ध अवहेलना मुद्दा दर्ता

‘आईटी उद्योगमार्फत रोजगार सिर्जना गर्न सकिन्छ’

चिनियाँ महासङ्घको टोलीद्वारा भक्तपुर अवलोकन

निर्मला प्रकरण टुङ्ग्याउन नयाँ शिराबाट अनुसन्धान गर्दै सीआईबी
निर्मला पन्त हत्या प्रकरणमा विभिन्न अनुसन्धान गर्न एक महिनादेखि प्रहरीले नयाँ प्रक्रियाबाट अनुसन्धान गरिरहेको छ ।

कञ्चनपुरको भीमदत्तनगरकी १३ वर्षीया पन्तको बलात्कारपछि हत्या प्रकरणमा अनुसन्धान गर्न एक महिनाअगाडिबाट नयाँ प्रक्रियाबाट अनुसन्धान अघि बढाएको हो ।


केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का प्रमुख एवम् एआईजी दीपक थापाको नेतृत्वमा टोली बनाएर अनुसन्धान अघि बढाइएको हो । सीआईबी प्रवक्ता एवम् प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले नयाँ प्रक्रियाबाट अनुसन्धान अघि बढाइएको पुष्टि गरेका छन् ।

बोगटीका अनुसार नयाँ शिराबाट छानबिन र अनुसन्धान अघि बढेको छ। अनुसन्धा टोलीमा एआईजी थापासहित, प्रवक्ता बोगटी र एसएसपी भूपेन्द्र खत्री छन् ।

नेपालले बङ्गलादेशलाई विद्युत बेच्ने बाटो खुल्यो

शैक्षिक नतिजा सुधारमा ध्यान दिन मन्त्री भट्टराईको आग्रह

नागढुङगा सडक एक सातासम्म आंशिक रुपमा बन्द

मङ्सिर १२ भित्र बक्यौता रकम बुझाउन प्राधिकरणको आग्रह

सङ्घीय गणतान्त्रिक शासन प्रणाली सबैभन्दा उपयुक्त : मुख्यमन्त्री कार्की

२२ किलो अवैध लागूऔषध चरेससहित तीन जना पक्राउ

आठ करोडको लागतमा बन्यो त्रिशूलीमा नयाँ पुल
विसं २०२० मा त्रिशुली तर्न निर्माण भएको ‘ट्रस ब्रिज’ जीर्ण भएपछि सोही स्थानमा आठ करोड रुपैयाँको लागतमा नयाँ पक्की पुल निर्माण गरिएको छ ।

विदुर नगरपालिका प्रमुख राजन श्रेष्ठका अनुसार भारी सवारी साधन पनि सञ्चालन गर्न मिल्ने उक्त पुल बनेपछि नुवाकोट र धादिङका सर्वसाधारणको आवागमन सहज भएको छ ।


एघार मिटर चौडा भएको दुई ‘लेन’को पुल निर्माणको लागि सरकारको रु आठ करोड लगानी भएको छ । ‘डिजाइन एण्ड बिल्ड मोडल’ अन्तर्गत ‘बक्स कडर प्रिस्टेस’ प्रविधिमा नयाँ निर्माण भएको पुल सुरक्षित, बलियो र तोकिएभन्दा अधिक भारवहन क्षमता भएको पुल निर्माणकर्ता भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयले जनाएको छ ।

मकवानपुरमा बाढीपहिरोबाट एक अर्ब ६९ लाख बढीको क्षति

पाक्ने बेला सुन्तलामा औँसा कीराको प्रकोप, किसान चिन्तित

घरघरमा धारा, खानेपानी जोह गर्न कुवातिर

अर्जुनधारा धाममा पाँच लाख पर्यटक भित्र्याउने लक्ष्य

रोशीले विपद्प्रभावितलाई विशेष योजना ल्याउँदै

महिलाका लागि आम्दानीको आधार बन्दै घोँगी व्यापार

ह्वाइट हाउसमा बाइडनलाई भेटेपछि ट्रम्पले भने-राजनीति कठिन रहेछ
अमेरिकी राष्ट्रपति जो बाइडनले नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पलाई बुधबार साँझ व्हाइट हाउसमा स्वागत गरेका छन् ।

ट्रम्प व्हाइट हाउस पुग्दा जो बाइडनले उत्साहका साथ हात मिलाएर स्वागत गरे। दुवै नेता शान्तिपूर्वक सत्ता हस्तान्तरणका लागि सहमत भएका छन् ।


जो बाइडनले भेटको सुरुमा डोनाल्ड ट्रम्पलाई सम्बोधन गरे । ‘चुनावमा जीतका लागि तपाईंलाई बधाई । हामी सत्ताको सहज हस्तान्तरणको आशा गरिरहेका छौँ । हामी तपाईंलाई कुनै पनि किसिमको समस्या नहोस् भन्ने कुरामा सचेत छौँ । हामीबीच सत्ता हस्तान्तरणबारे कुरा गर्ने मौका मिलेको छ । तपाईंले फेरि ह्वाइट हाउसमा स्वागत छ ।’

फिलिपिन्समा उसागीको आतंक : हजारौं मानिसलाई सुरक्षित क्षेत्रमा सारियो

इजरायलद्वारा दक्षिणी बेरुतमा आक्रमण

ज्वालामुखी विस्फोटका कारण अवरुद्ध उडान सेवा पुनः सञ्चालन

हिजबुल्लाहको आक्रमणमा ६ इजरायली सैनिकको मृत्यु

ब्राजिलको सर्वोच्च अदालतबाहिर विस्फोट हुँदा एक जनाको मृत्यु

प्रकाशित मिति : २९ कार्तिक २०८१, बिहीबार  ७ : ३४ बजे

वाइडबडी भ्रष्टाचार प्रकरणमा पूर्वमन्त्री शाहीले पाए सफाइ

काठमाडौं – वाइडबडी भ्रष्टाचार मुद्धामा तत्कालीन पर्यटनमन्त्री जीवनबहादुर शाहीले सफाइ

वाइडबडी जहाज खरिदमा भ्रष्टाचार भएको विशेष अदालतको ठहर

काठमाडौं – विशेष अदालतले नेपाल वायु सेवा निगमका २ वटा

‘ह्रस्व दीर्घ’को ग्रस कलेक्स साढे १० करोड नाघ्यो, हलबाट पनि उत्रियो

काठमाडौं- भारतीय कलाकारहरूको अभिनय रहेको फिल्म नेपाली फिल्म ‘ह्रस्व दीर्घ’ले

‘मिसिङः केटी हराएको सूचना’ : कात्तिक ३० बाट पुग्यो माघ ११

काठमाडौं- नायक नाजिर हुसेन र नायिका सृष्टि श्रेष्ठको प्रमुख भूमिका

सकियो ‘फेरि रेशम फिलिली’को सुटिङ

काठमाडौं- फिल्म ‘रेशम फिलिली’को सिक्वेल ‘फेरि रेशम फिलिली’को छायाङ्कन पूरा