आजका छुटाउन नहुने समाचार : माघे संक्रान्तिदेखि मेलम्चीसम्म  | Khabarhub Khabarhub

आजका छुटाउन नहुने समाचार : माघे संक्रान्तिदेखि मेलम्चीसम्म 


१ माघ २०८०, सोमबार  

पढ्न लाग्ने समय : 4 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

खबरहबको दिनभर आजमा स्वागत छ । दिनभर आजमा मेलम्ची खानेपानी आयोजनाको नवौं पटक उद्घाटन, नियमित पानी आउने प्रधानमन्त्रीको आश्वासन, बालेनले भने एउटा मन कति जित्ने प्रधानमन्त्री ज्यू । आज माघ १ गते । थारु समुदायले माघी र मगर समूदायले मनाए माघे संक्रान्ति । टुडिखेलको भीडमा च्यापीएर ११ घाइते । माघे संक्रान्तिमा राष्ट्रपतिले गरे दलहरुका प्रतिनिधिसँग भलाकुसारी । धरानका मेयर हर्क साम्पाङको रोकिएन उदण्डता लगाए उपकुलपतिको कार्यकक्षमा ताला । प्रधानमन्त्री कप क्रिकेटमा एपीएफको दोस्रो जित, विभागीय टिमका खेलाडीको लगातार शतक तथा चिसिदै गएको माल्दिभ्स–भारत सम्बन्धमा अझै कटुता आउने संकेत लगायत समाचार रहनेछन् ।

मेलम्ची उदघाटन
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले काठमाडौंवासीलाई मेलम्चीको पानी नियमित रुपमा उपलब्ध गराउने आश्वासन दिएका छन् । सिंहदरबारभित्र मेलम्चीको पानी पुनर्वितरण उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले काठमाडौं उपत्यकावासीलाई सुरक्षित तथा दिगो रुपमा खानेपानी उपलब्ध गराउने बताएका हुन् ।

निर्माण सुरु भएको २२ वर्षपछि काठमाडौं झरेको मेलम्चीको पानी यो नवौं पटक उद्घाटन गरिएको हो । २०५५ सालमा मेलम्ची खानेपानी विकास समिति गठन भएयता निरन्तर काम भएर २०७७ असार २१ मा पहिलोपटक मेलम्चीको पानी काठमाडौं झरेको थियो ।

प्राकृतिक तथा प्राविधिक कारणले निरन्तरता पाउन नसकेको मेलम्ची आयोजनाको हालसम्म ९ पटक उद्घाटन भएको छ । मेलम्चीको उदघाटनलाई लिएर काठमाडौं महानगरका मेयर बालेन शाहले सामाजिक सञ्जालमा प्रधानमन्त्रीलाई ब्यङ्ग गरेका छन् ।

सम्बन्धित समाचार

काठमाडौँमा मेलम्चीको पानी नियमित : प्रधानमन्त्री

मेलम्ची खानेपानी उद्घाटनपछि बालेन भन्छन्-एउटा मन कति पल्ट जित्नुहुन्छ प्रचण्ड सरकार

प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो तेस्रो कार्यकालको पहिलो एक वर्षमा केही नयाँ मानक स्थापित भएकाले त्यसैको आधारमा टेकेर दोस्रो वर्ष थप उपलब्धीमुलक बनाउने बताएका छन् ।

सोमबार नेपाल पत्रकार महासंघ अर्घाखाँचीद्वारा सन्धिखर्कमा आयोजित ‘आर्थिक विकास, पर्यटन प्रवद्र्धन, स्थानीय रोजगारीका लागि अर्घाखाँची पर्यटन प्रवद्र्धन कार्यक्रमको उद्घाटन गर्दै प्रधानमन्त्रीले सो कुरा बताएका हुन् ।

सम्बन्धित समाचार

तेस्रो कार्यकालको दोस्रो वर्षमा नयाँ मानक स्थापित गर्नेछु: प्रधानमन्त्री

संविधान प्रदत्त अधिकारलाई सुदृढ गरेर अगाडि बढौँ : प्रधानमन्त्री

राजनीति

संविधानको पूर्ण कार्यान्वयनमा ध्यान दिन राष्ट्रपतिको आग्रह

राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको पूर्ण कार्यान्वयन नहुँदा जनता निराशा देखिएको बताएका छन ।

माघी पर्वको उपलक्ष्यमा शीतल निवासमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा संघीय संसद्मा प्रतिनिधित्व गर्ने सबै दलका नेताहरूलाई सम्बोधन गर्दै उनले समावेशी संघीय लोकतान्त्रिक गणतन्त्र साकार पार्ने प्रण गर्न आग्रह गरे । संविधान कार्यान्वयनका लागि तत्काल कानुन बनाउन राष्ट्रपति पौडेलको आग्रह थियो ।

सम्बन्धित समाचार

मतदाता नै नभएका प्रदेशमा गठबन्धनलाई जनमतको समर्थन, मधेश र लुम्बिनीमा आफ्नै उम्मेदवार

समाज

आज माघे संक्रान्ति
आज माघ १ गते । थारु समुदायले आजको दिनलाई नयाँ वर्षका रुपमा धुमधामका साथ माघी पर्वको रुपमा मनाएका छन । थारु समुदायमा माघीको बिहानै जलाशयमा गई स्नान, पूजा गरी ठूला बडाकहाँ गएर आशीर्वाद लिने परम्परा रहेको छ ।

 

मगर समुदायले भने यस दिनलाई माघेसंक्रान्तिको रुपमा मनाउँछन । माघीको अवसरमा काठमाडौंको टुडिखेलमा पनि विशेष कार्यक्रम भएको छ । यसैबीच, टुँडिखेलमा माघी मनाउन पुगेकाहरूको भीड अनियन्त्रित हुँदा तीन जना घाइते भएका छन ।

मगर समुदायको माघेसक्राति र थारू समुदायको माघी मनाउन टुँडिखेलमा कार्यक्रम आयोजना गरिएको थियो।

सम्बन्धित समाचार

टुँडिखेलमा भागदौड हुँदा घाइते हुनेको सङ्ख्या १६ पुग्यो

कुमाल समुदायले चितवनमा मनाए माघे सङ्क्रान्ति

नुवाकोटमा जुधाइयो गोरु

लिम्बू समुदायले मनाए कक्फेक्वा तङनाम

थारू बहुल बस्तीमा माघीको हर्षोल्लास

उपकुलपतिको कार्यकक्षमा ताला
धरानस्थित वीपी कोइराला प्रतिष्ठानको विवाद उत्कर्षमा पुगेको छ । धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (साम्पाङ) ले सोमबार वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका कायम मुकायम उपकुलपति प्रा।डा। प्रल्हाद कार्कीको कार्यकक्षमा आफैंले ताला ठोकिदिएका छन् ।

हर्क साम्पाङले लगाए उपकुलपतिको कार्यकक्षमा ताला

 प्रहरी बर्खास्त गर्न सिफारिस
सर्लाहीको बरहथवा घटना प्रकरणमा गोली चलाएका प्रहरीलाई सेवाबाटै बर्खास्त गर्न सिफारिस गरिएको छ । गत २० पुसमा बरहथवामा भएको घटना प्रहरीको गोली लागेर बरहथवा नगरपालिका–६ का जयशंकर साहको मृत्यु भएको थियो ।

उक्त घटनाको छानबिन गर्न गठित गृह मन्त्रालयका सहसचिव थानेश्वर गौतम नेतृत्वको समितिले प्रहरी हवल्दारले चलाएको गोली लागेर साहको मृत्यु भएको निष्कर्ष निकाल्दै गोली चलाउने हवल्दारलाई सेवाबाट बर्खास्त गर्न सिफारिस गरेको हो

बरहथवा घटनामा गोली चलाउने प्रहरीलाई बर्खास्त गर्न सिफारिस

प्रधानमन्त्री कप क्रिकेट

एपीएफ क्लबले जारी प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको छ । सोमबार मुलपानी क्रिकेट मैदानमा एपीएफले कोशी प्रदेशलाई ६ विकेटले पराजित गरेको हो ।

कोशीले दिएको १३६ रनको लक्ष्य पछाएको एपीएफले १९.१ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो । एपीएफका लागि कप्तान रोहित पौडेलले ८० रनको शानदार पारी खेलेका थिए । रोहितले ५३ बलमा ९ चौका र ३ छक्का प्रहार गर्दै ८० रन बनाएर आउट भएका थिए । एपीएफका लागि प्रज्वल शाहीले २२ तथा सुमित महर्जनले अविजित २० रन बनाएका थिए ।

प्रधानमन्त्री कपमा एपीएफको लगातार दोस्रो जित

आर्मीको शानदार सुरुआत, मधेश १२६ रनले पराजित

अन्तर्राष्ट्रिय…

आउँदो मार्च १५ सम्म सबै भारतीय सैनिक फिर्ता लैजान मालदिभ्सका राष्ट्रपति मुइज्जुको आग्रह

माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जुले आफ्नो देशमा तैनाथ भारतीय सेनालाई मार्च १५ सम्म हटाउन आग्रह गरेका छन । माल्दिभ्सस्थित भारतीय दूतावासका अधिकारीहरूलाई राष्ट्रपति मुइज्जुले औपचारिक रूपमा आफ्नो देशबाट भारतीय सेना फिर्ता गर्न आग्रह गरेको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन ।

आइतबार राजधानी मालेमा बसेको द्विपक्षीय उच्चस्तरीय बैठकमा माल्दिभ्सबाट भारतीय सेना फिर्ता गर्नुपर्ने विषयमा छलफल भएको थियो।

चीन भ्रमणबाट फर्किएलगत्तै राष्ट्रपति मुइज्जुले भारतलाई लक्षित गर्दै ठूला देशहरू साना देशमाथि हेप्ने लाइसेन्सप्राप्त नहुने प्रतिक्रिया दिएका थिए । दोस्रो दिन नै उनले भारतले सेना फिर्ता लैजानुपर्ने बताउँदै त्यसका लागि भारतीय दूतावासलाई आग्रह गरेका हुन । माल्दिभ्सका टापुमा कम्तिमा ७५ जना भारतीय सैनिक तैनाथ रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले बताएका छन ।

थप…

ब्राजिलमा आँधीका कारण ११ जनाको मृत्यु

हाइपरसोनिक क्षेप्यास्त्र परीक्षण गरेको उत्तर कोरियाको दाबी

गाजामा भएको आक्रमणमा ६० भन्दा बढीको मृत्यु

सुडानमा युद्धका कारण ७४ लाख विस्थापित

प्रकाशित मिति : १ माघ २०८०, सोमबार  ७ : ५९ बजे

टेम्पोसँगै आत्मसम्मान हाँक्दै गरेकी रञ्जिता

काठमाडौं– काम गर्न मानिसमा आँट र हिम्मत भए पुग्छ ।

एक्लिएपछि मास्क टेप टाँसेर बसे मुकुल ढकाल

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको बैठक घण्टी घर

रविलाई मुकुलको प्रश्न– बोलेका कुरा कहिले पूरा गर्नुहुन्छ ? 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री डा. मुकुल ढकालले

प्रतिनिधिसभाका सचिव अधिकारीले लिए शपथ 

काठमाडौं– प्रतिनिधिसभाको सचिवमा नियुक्त सुरेश अधिकारीले पद तथा गोपनीयताको शपथ

लिखित प्रस्तावमै ढकालले लेखे : मैले बिहे गर्ने कि कुमारै बस्ने पार्टीले निर्णय देओस्

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री डा. मुकुल ढकालले