कांग्रेस केन्द्रीय कार्यसमिति बैठक दुई दिनसम्म चल्ने, चार प्रतिवेदन पारित हुने  « Khabarhub

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक दुई दिनसम्म चल्ने, चार प्रतिवेदन पारित हुने 


३ फाल्गुन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दै छ । बैठकमा चार वटा प्रतिवेदन पेस गर्नुपर्ने भएकाले बिहीबार र शुक्रबारसम्म बैठक लम्बिन सक्ने प्रवक्ता मीन विश्वकर्माले बताए । 

उनका अनुसार अध्यक्षको समूहले आर्थिक प्रस्ताव पेस गर्छ त्यसको छलफल हुन्छ । उपसभापति पूर्णबहादुर खड्काले तयार पारेको आर्थिक, सामाजिक, धार्मिक, सांस्कृतिक तथा राजनीतिक विषय समेटिएको नीति प्रस्ताव महासमिति बैठकमा पेस हुन्छ । त्यसलाई केन्द्रीय कार्यसमितिले पास गर्छ ।  

यस्तै यस्तै छलफलका लागि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पनि प्रतिवेदन पेस गर्नेछन् । त्यसलाई पनि केन्द्रीय कार्यसमितिले पास गर्ने र महासमिति बैठकमा पेस हुने कांग्रेसको तयारी छ । महामन्त्री थापाले सांगठनिक र अर्का महामन्त्री शर्माले समसामयिक राजनीतिक परिस्थितिबारे प्रतिवेदन पेस गर्ने तयारी छ ।

यसका लागि बिहीबार र शुक्रबारको समय लाग्ने पार्टीको अनुमान छ । बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजेबाट बस्ने छ । बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य र आमन्त्रित सदस्यहरूलाई बोलाइएको छ ।

कांग्रेसको महासमिति बैठक फागुन ७ देखि १० गतेसम्म ललितपुरको गोदावरीमा गर्ने कांग्रेसको तयारी छ । सो महासमिति बैठकमा ५६ पेजको नीति प्रस्ताव पेस गर्ने बताइएको छ ।

यो पनि…

महासमिति बैठकको अन्तिम तयारीमा कांग्रेस, २४ सय प्रतिनिधिबाट ८० लाख उठ्ने अनुमान

प्रकाशित मिति : ३ फाल्गुन २०८०, बिहीबार  १ : ४५ बजे

कर्णालीमा खसेको गाडीका बेपत्ता चारमध्ये तीन जनाको शव भेटियो

कर्णाली – यही असार १८ गते सुर्खेतबाट कालिकोटतर्फ गइरहेको सवारीसाधन

वैदेशिक रोजगारीबाट फर्किएका युवाले मागे उद्यमका लागि पुँजी

बाँके – वैदेशिक रोजगारीबाट फर्किएका युवाले स्वदेशमै रोजगारी र उद्यम

कपिलवस्तुका १० पालिकाका २६६ स्थानमा सिसीटिभी जडान

कपिलवस्तु – जिल्लाका १० वटै स्थानीय तहका विभिन्न चोक, बजार

रासायनिक मलको माग बढेकाले आपूर्तिमा समस्या भयो : मन्त्री चौधरी

भरतपुर – कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले यस वर्ष

नाइजेरियामा सेनाको कारबाहीमा ३०० भन्दा बढी विद्रोहीको मृत्यु

नाइजेरिया – नाइजेरियाली सेनाले यो हप्ता उत्तरपश्चिमी जाम्फारा राज्यमा गरेको