तलबको माग गर्दै तेस्रो दिन पनि शिक्षकहरूको धर्ना जारी « Khabarhub

तलबको माग गर्दै तेस्रो दिन पनि शिक्षकहरूको धर्ना जारी


२ चैत्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

रौतहट– नगदमा सम्झौता गर्ने उधारोमा होइन भन्दै रौतहटको फतुवा बिजयपुर नगरपालिकामा तलबको माग गर्दै आन्दोलनरत शिक्षकहरू आज तेस्रो दिन पनि धर्ना जारी राखेका छन् ।

शुक्रबार कार्यालय समय सुरु हुनासाथ बिहान १० बजेदेखि दुई दर्जन बढीको संख्यामा शिक्षक र शिक्षिका नगरपालिका अगाडी धर्नामा बसेका हुन् ।

खातामा तलब नगएसम्म अडानसहित धर्ना बसेका ४ माविका प्रधानाध्यापक सहित १६ विद्यालयका प्रधानाध्यापकहरुले वार्षिक परीक्षा बहिष्कार गरेका थिए ।

बहिष्कारको कारण केही विद्यालयमा परीक्षा सञ्चालन भएको छ भने केही विद्यालयमा स्थगित भएको छ।

नगरक्षेत्रअन्तर्गत ३२ विद्यालयमा अध्ययनरत कक्षा १ देखि ९ सम्मका झण्डै ६ हजार बालबालिका मध्ये १६ विद्यालयका ३ हजार विधार्थी वार्षिक परीक्षामा सहभागी भएका छन् भने त्यतिकै संख्यामा विद्यार्थीहरू परीक्षा दिनबाट वञ्चित भएका हुन् ।

फतुवा बिजयपुर नगरक्षेत्र अन्तर्गत प्रस्तावित सहित ७ मावि ४ निमावि र २१ प्राथमिक विद्यालयमा कार्यरत २०४ शिक्षक कर्मचारी तथा अन्य क्षेत्रमा कार्यरत गरी ३५० कर्मचारी गत साउन देखि हालसम्म तलब पाएका छैनन्।

होली पर्व आउन मात्र १० दिन बाँकी छँदा तलब पाउने सम्भावना कम देखिएको भन्दै नगरका शिक्षकहरू गत बुधवार बिहान १० बजेदेखि नगरपालिका अगाडी धर्ना बस्दै आएका छन् ।  जबसम्म शिक्षक कर्मचारीको खातामा तलब जाँदैन वार्षिक परीक्षा सञ्चालन नगर्ने शिक्षकहरू बीच सहमतिअनुसार धर्ना जारी रहेको मावि विजयपुरका प्रधानाध्यापक शंकर राय यादवले बताएका छन्।

कार्यवाहक मेयर अम्बेया खातुन र प्रमुख प्रशासकीय अधिकृत उपसचिव सुरेन्द्र प्रधानले सम्पूर्ण शिक्षक कर्मचारीको तलब आगामी ४ गते आइतबार खातामा जाने निश्चित भएकाले विद्यार्थीको भविष्यको लागि परीक्षा सञ्चालन गर्न शिक्षकहरू लाई आग्रह गर्दै आएका छन् ।

नेपाली कांग्रेसबाट मेयरमा निर्वाचित गोपाल राय यादव नदी टेन्डरको मुद्दामा दोषी ठहर भएर बिशेष अदालतबाट दण्ड सजायको निर्णयसँगै उनको पद रिक्त भएपछि सोही पार्टीबाट निर्वाचित उपमेयर खातुन कार्यवाहक बनेकी थिइन्।

प्रकाशित मिति : २ चैत्र २०८०, शुक्रबार  २ : २७ बजे

प्राधिकरणका पूर्वमहानिर्देशक गौतमलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश

काठमाडौं– नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक सञ्जीव गौतमलाई विशेष

प्रदेश बजेटको प्राथमिकतामा परेनन् सामाजिक उत्थान कार्यक्रम

काठमाडौं- सोमबार सातै प्रदेशले बजेट प्रस्तुत गरेका छन् । प्रदेशले

भिडियोले विवाद भएपछि सांसद सृष्टिको बाचा, ‘ट्राफिक नियम मान्छु, भविष्यमा यस्तो गर्दिनँ’

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सृष्टि भट्टराईले सामाजिक सञ्जालमा आफ्नो

संघसंगठनका कार्यालयहरू सरकारी भवनबाट हटाउन निर्देशन

काठमाडौं– जिल्ला प्रशासन कार्यालय काठमाडौंले जिल्लाका सरकारी निकायमा कार्यरत कर्मचारीआबद्ध

सानिगाड हाइड्रोको स्थानीय सेयरमा गम्भीर अनियमितता, सनराइज क्यापिटलसँगको सेटिङमा प्रभावित क्षेत्रबाहिरका व्यक्तिको रजाइँ

काठमाडौं– बझाङ जिल्लाको बुंगल नगरपालिकामा सञ्चालित ३८.४६ मेगावाट क्षमताको माथिल्लो