शिक्षा, स्वास्थ्य र रोजगारीको व्यवस्थापन नभए विकास असम्भव : मन्त्री यादव « Khabarhub

शिक्षा, स्वास्थ्य र रोजगारीको व्यवस्थापन नभए विकास असम्भव : मन्त्री यादव


२ चैत्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

बारा । सङ्घीय सरकारका उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले शिक्षा, स्वास्थ्य र रोजगारीको समुचित व्यवस्थापन हुन नसक्दा मुलुकको विकास सम्भव नहुने कुरामा जोड दिएका छन् ।

मधेसी स्वास्थ्यकर्मीको फोरम नेपाल कलैया एकाई समितिको आयोजना एवं मधेस प्रदेश समितिको सहकार्य एवं अस्पताल विकास समितिको सहयोगमा आयोजना गरिएको सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले रोग, भोकको अभाव सँगै उपचार बिना कोई कसैलाई मृत्युवरण गर्ने अवस्थाको अन्त्य हुनुपर्ने धारणा व्यक्त गरेका थिए ।

स्वास्थ्य सेवा मौलिक हकको रुपमा राज्यले स्थापित गरेको हुँदा नागरिकलाई सर्वसुलभ एवम् गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न मन्त्रालय लागिपरेको उनले बताए।

मन्त्री यादवले प्रादेशिक अस्पताल कलैयालाई ५० बाट एक सय बेडको अस्पताल बनाउने भन्दै यस अस्पतालमा थप जनशतिm, विशेषज्ञ चिकित्सकको समेत व्यवस्था गर्ने प्रतिवद्धता जनाए। राजनीतिक अस्थिरताका कारण देशको अर्थतन्त्र डामाडोल भएको स्वीकार गर्दै यो सरकार स्थिर रही अर्थतन्त्रलाई सुधार गर्ने उनले दाबी गरे ।

मधेसी स्वास्थ्यकर्मीहरुको फोरम नेपाल कलैया एकाई समितिका अध्यक्ष फुल महम्द अन्सारीको अध्यक्षतामा भएको सम्मान कार्यक्रममा मधेसी स्वास्थ्यकर्मीहरुको फोरम नेपाल मधेस प्रदेशका अध्यक्ष शिवशङ्करप्रसाद यादव, प्रादेशिक अस्पताल कलैया विकास समितिका अध्यक्ष सुशील चौँलागाई, अस्पतालका प्रमुख डा अजय गुप्तालगायतले विचार व्यक्त गरेका थिए ।

प्रकाशित मिति : २ चैत्र २०८०, शुक्रबार  १० : २५ बजे

नेपाली आरोहीलाई अवसर दिन सांसद शेर्पाको माग

काठमाडौं– सांसद मिङ्मा ग्याबु शेर्पाले नेपाली आरोहीलाई नेपालमै बस्ने र

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

काठमाडौं- नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र गैरआवासीय नेपाली सङ्घ

‘चल गोविन्दे’बाट हिट सुरेशको नयाँ तीज गीत : मर्द रोको भित्रभित्र कसले बुझ्ने हो

काठमाडौं- दशकअगाडि पश्चिमे भाकाको ‘चल गोविन्दे’ गीतबाट लोकप्रिय भएका गायक

जेन-जी आन्दोलन हाइज्याक भएकै कारण जनताले बदलावको अनुभूति गरेनन् : प्रभु साह 

काठमाडौं– आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु

देश र जनताको हितमा हुन्छ भने पेटिकोट लगाएर बिर्तामोड बजारमा हिँड्न तयार छु : सुदन किराती

झापा- श्रम संस्कृति पार्टीका नेता सुदन किरातीले देशको हितमा हुन्छ