एमाले चन्द्रपुरको अध्यक्षमा शिव आचार्य विजयी « Khabarhub

एमाले चन्द्रपुरको अध्यक्षमा शिव आचार्य विजयी


३ बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

चन्द्रपुर– नेकपा एमाले चन्द्रपुरको अध्यक्षमा शिव आचार्य विजयी भएका छन् । नेकपा एमाले चन्द्रपुर नगर कमिटीको पदाधिकारी चयनका लागि आइतबार निर्वाचन भएको थियो । 

अध्यक्षका उम्मेदवार शिव आचार्यले १३९ मत प्राप्त गर्दा अध्यक्षका अर्का उम्मेदवार राम बहादुर घलानले ३४ मत प्राप्त गरेका थिए । 

त्यस्तै उपाध्यक्ष पदमा लाल बहादुर दोङ निर्वाचित भएका छन् दोङले १५१ मत प्राप्त गर्दा अर्का उपाध्यक्षका उम्मेदवार रवि रानाले ३० मत प्राप्त गरेका थिए । त्यस्तै उप सचिव पदमा जयनारायण साहले १४७ मत ल्याउँदै विजयी भएका छन् । 

अर्का उप सचिवका उम्मेदवार डोलबहादुर ठाडा मगरले ३४ मत प्राप्त गरेका थिए । त्यस्तै सचिव पदमा राम शिहासन यादव निर्विरोध निर्वाचित भएका थिए । उप सचिव पदमा समेत सरिता पाण्डे निर्विरोध निर्वाचित भएकी थिइन् । 

नेतृत्व चयनका लागि सर्वसम्मत प्रयास भएको भएपनि त्यसो हुन नसकेपछि निर्वाचन प्रक्रियाबाट पदाधिकारी चयन भएको निर्वाचन कमिटीका सदस्य रमेश तिमल्सिनाले जानकारी दिएका    छन् । 

नेकपा एमाले चन्द्रपुरको पदाधिकारी चयनमा सर्वसम्मत हुन नसक्नुले नेकपा एमाले चन्द्रपुरमा स्पष्ट दुई धार देखा परेको छ । 

अध्यक्षमा निर्वाचित आचार्य यस पटक निर्वाचित भएसँगै तेस्रो कार्यकालका लागि अध्यक्ष भएका हुन । उनी नेकपा एमाले रौतहटको सचिव पदमा पराजित भएपनि पुन नगर अध्यक्ष भएका हुन । 

प्रकाशित मिति : ३ बैशाख २०८१, सोमबार  १ : १५ बजे

हेटौँडामा सडक विस्तारको विरोध गर्दै कुलमानको पार्टी छोडिन्, हर्कको पार्टीबाट लिइन् टिकट

काठमाडौँ – हेटौँडा सडक विस्तारको विरोध गर्दै उज्यालो नेपाल पार्टी

३३ किलो सुन तस्करी प्रकरण: सनम शाक्यको हत्या आरोपी गौतम पक्राउ

काठमाडौँ- नेपाल प्रहरीले ३३ किलोग्राम सुन काण्डमा संलग्न भनिएका सनम

थारु संस्कृति, परम्परा र सभ्यता संरक्षण गर्नु पर्छ : प्रदेश प्रमुख मियाँ

धनगढी- सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले थारु संस्कृति,परम्परा र सभ्यता

रुख र चारतारे झण्डाका लागि कांग्रेसका दुवै समूह कानुनी परामर्शमा

काठमाडौं । नेपाली कांग्रेस बुधबारबाट औपचारिक रुपमा विभाजन भएको छ

बुढासुब्बा गोल्डकप यही माघ २२ देखि

सुनसरी- प्रत्येक वर्ष धरानमा आयोजना हुने अन्तरराष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप