भरतपुर अस्पतालमा रक्तसञ्चार केन्द्र सञ्चालन « Khabarhub

भरतपुर अस्पतालमा रक्तसञ्चार केन्द्र सञ्चालन


२ जेठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


396
Shares
  • change font
  • change font
  • change font

भरतपुर– चितवनको भरतपुर अस्पतालमा रक्तसञ्चार केन्द्र (ब्लड बैंक) सञ्चालनमा आएको छ । रक्तसञ्चार केन्द्रको भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले उद्घाटन गरिन्। 

प्रमुख दाहालले भरतपुर अस्पताल आउने बिरामीलाई अब रगत पाउन सहज हुने विश्वास व्यक्त गरिन् । आगामी दिनमा केन्द्रको स्तरोन्नति र सेवा विस्तारमा विशेष ध्यान उनले आग्रह गरिन्। यहाँका अस्पतालमा बिरामीको चाप अत्यधिक हुने भएकाले रगतको  माग पनि धेरै हुने हुँदा रक्तसञ्चार केन्द्र आवश्यक भएको प्रमुख दाहालले बताइन् । 

‘बिरामीको चाप अनुसार पूर्वाधार, कर्मचारी र उपकरणको अभाव छ’, उनले भनिन्, ‘अस्पताल विस्तार र सेवा थप गर्ने योजनामा महानगर सहकार्य गर्न तयार छ ।’

अहिले दुई सय युनिट रगत भण्डार गर्ने क्षमतासहित सञ्चालनमा आएको सो केन्द्र अस्पतालको ‘बी ब्लक’ मा रहेको छ । अस्पतालका अध्यक्ष राजु पौडेलले अस्पतालको न्यूनतम सेवा मापदण्ड भित्र ब्लड बैंक पर्ने उल्लेख गर्दै बिरामीको सहजताका लागि ब्लड बैंक सञ्चालन गरिएको बताए। 

नेपाल रेडक्रस सोसाइटी चितवनका अध्यक्ष हरि पौडेलले काठमाडौँ उपत्यकामा एक लाख युनिटभन्दा बढी र चितवनका अस्पतालहरूमा वार्षिक ६० हजार युनिट रगतको माग रहेको जानकारी दिए।

अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा श्रीराम तिवारीले अस्पतालमा धेरै समयको प्रयासपछि ब्लड बैंक सञ्चालनमा ल्याइएको बताए।  

प्रकाशित मिति : २ जेठ २०८१, बुधबार  १२ : ३१ बजे

राष्ट्रपति कार्यालयमा संविधान दिवसको विशेष समारोह (तस्बिरहरु)

काठमाडौं- संविधान दिवस (राष्ट्रिय दिवस) २०८३ का अवसरमा शनिबार राष्ट्रपति

असहमतिलाई सम्मान गर्ने र आलोचनाबाट सिक्ने संस्कारले मात्र लोकतन्त्र बलियो हुन्छ : राष्ट्रपति पौडेल

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले असहमतिलाई सम्मान गर्ने, आलोचनाबाट सिक्ने र

कृषि विश्वविद्यालयमा विद्यार्थीको आकर्षण बढ्दै

चितवन- कृषि तथा वन विज्ञान विश्वविद्यालयमा स्नातक तहमा अध्ययन गर्न

नेपाल पुलिस स्कुललाई रनिङ फुटबल ट्रफीको उपाधि

भक्तपुर- यस वर्षको सैनिक आवासीय महाविद्यालय अन्तरविद्यालय रनिङ फुटबल ट्रफीको

प्रधानमन्त्रीलाई प्रभु साहको सुझाव : जंगी अड्डामा होइन जनतामा फर्कनुहोस

वीरगञ्ज- आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु