आजका समाचार : उपेन्द्र यादवको पक्षमा अल्पकालीन अन्तरिम आदेशदेखि सन्दीपलाई सफाइसम्म | Khabarhub Khabarhub

आजका समाचार : उपेन्द्र यादवको पक्षमा अल्पकालीन अन्तरिम आदेशदेखि सन्दीपलाई सफाइसम्म


२ जेठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : 4 मिनेट


9.5k
Shares
  • change font
  • change font
  • change font

संसदको गतिरोधबारे प्रधानमन्त्री र सभामुखबीच छलफल
प्रधानमन्त्री पुष्पकमल दाहाल र प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटरमा भएको भेटमा सभामुख घिमिरेले संसद अवरुद्ध भइरहेको बारे प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराउँदै समस्याको समाधान निकाल्न आग्रह गरेका थिए ।


सभामुखले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधका कारण आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेकोमा राष्ट्रपतिलाई धन्यवाद दिने प्रस्तावसमेत पारित हुन नपाएको उल्लेख गरेका थिए ।

दलको बैठकपछि प्रधानमन्त्रीलाई भेट्न ओली सिंहदरबारमा

कांग्रेसले संवाद गर्ने भन्दा मुख छाड्नेतिर लाग्यो : केपी ओली

ओली-प्रचण्ड भेटेपछि रविले भने : कांग्रेसको आरोपको जवाफ संसद्‍बाटै दिन पाउनुपर्छ

सहकारी प्रकरण उचालेर संसद्‍मा उदण्डता देखाए, जथाभावी बोले

गिरीबन्धु टि-स्टेटबारे ओली :  कांग्रेसले ७० बिघा बेचेर कमिशन खायो, हामीले कानुन बनायौँ

जसपा विभाजनविरुद्ध उपेन्द्र यादवको रिटमा अल्पकालीन अन्तरिम आदेश

जनता समाजवादी पार्टी नेपाल विभाजनविरुद्ध अध्यक्ष उपेन्द्र यादवले दर्ता गरेको रिटमा सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

जसपा नेपालका अध्यक्ष यादवले गत वैशाख २३ गते भएको जसपा विभाजनविरुद्ध निर्वाचन आयोगसमेतलाई विपक्षी बनाएर हालेको रिटमा यस्तो आदेश भएको हो ।


यादवको रिट निवेदनमाथि सुनुवाइपछि सर्वोच्चले निर्वाचन आयोगको निर्णय यथास्थितिमा राख्न पनि भनेको छ ।

रिटमा बुधबार सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीश विनोद शर्माको एकल इजलासले दल विभाजनपछि हालसम्मका काम कारबाही जहाँ जे(जस्तो अवस्थामा छन्, त्यही अवस्थामा राखेर जेठ ८ गते छलफलका लागि उपस्थित हुन दुवै पक्षलाई झिकाएको हो ।

पार्टी फुटेपछि उपेन्द्रले केन्द्रीय कमिटी १५१ बाट २५१ पुर्‍याए, महासचिव र उपाध्यक्ष पनि थपे

नयाँ दल खोलेका अशोक राईसहित नेताहरू जसपा नेपालबाट निष्कासित

उपेन्द्र यादवको रिटमाथि सुनुवाइ जारी

क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा पाए सफाइ
क्रिकेटर सन्दीप लामिछानेले जबर्जस्ती करणीसम्बन्धी मुद्दामा उच्च अदालत पाटनबाट सफाइ पाएका छन् ।

दुई दिनसम्म दुवै पक्षका वकिलको दुई दिन लामो बहस सकिएसँगै उच्च अदालत पाटनले जिल्ला अदालत काठमाडौंको फैसला उल्ट्याउँदै लामिछानेलाई सफाइ दिएको हो ।

न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासमा बुधबार पनि पक्ष(विपक्षका वकिलहरूले बहस गरेका थिए। जवाफी बहस पनि सकिएपछि न्यायाधीशद्वयले सन्दीपलाई राहत दिने गरी फैसला सुनाएका हुन् ।

फैसालअघि अन्तिम निर्णयका लागि न्यायाधीशहरूले इजलासमै सीसीटीभी फुटेज हेरेका थिए । इजलासमा फुटेज बजाउन समस्या भएपछि उच्च अदालत प्रशासनले बाहिरबाट प्राविधिकसमेत झिकाइएको थियो ।

अदालतबाट सफाइ पाएपछि सन्दीप, हेर्नुस् नौ तस्बिर

सफाइ पाएसँगै अदालत परिसरमा ओइरिए सन्दीपका समर्थक (तस्बिरहरू)

सन्दीपलाई सफाइपछि पारसको प्रतिक्रिया : निलम्बन फुकुवा गर्दैछौँ, बोर्डमा छलफल हुँदैछ

सन्दीपलाई सफाइप्रति मोहनाको आपत्ति, अदालतको निर्णयमा उठाइन् प्रश्न

सन्दीपको मुद्दा प्रकरण : बहस सकिएपछि होटलको सीसीटीभी फुटेज हेर्दै न्यायाधीश

क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा बहस सकियो

सुदूरपश्चिममा एमालेले सोडारीलाई समर्थन गर्ने तर सरकारमा नजाने

उद्योगमन्त्री भण्डारी र युरोपियन कमिसनकी उपनिर्देशक फेरानबीच भेट
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र युरोपियन कमिसनका उपनिर्देशक मिरियाम फेरानबीच भेटवार्ता भएको छ ।

सो भेटका क्रममा उनीहरुबीच विविध विषयमा कुराकानी भएको छ । काठमाडौँको सोल्टी होटलमा भएको भेटमा मन्त्री भण्डारीले नेपालको आर्थिक–सामाजिक विकासका लागि युरोपियन युनियनले प्रदान गर्दै आएको निरन्तर सहयोग र सहायताको उच्च प्रशंसा गरे।

उपप्रधानमन्त्री लामिछाने र स्विडेनका राजदूत थेलेफबीच भेटवार्ता

नेपाल–भारत समस्या कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्छ : परराष्ट्रमन्त्री

हरित रोजगारीका लागि कोरियाले ९८ लाख डलर दिने

नेपाल उद्यमशीलताको संस्कृति प्रवर्द्धन गर्न प्रतिबद्ध : प्रधानमन्त्री

नेविसंघको प्रश्न : केपी बा च्या खानु’भो रु रवि दाइ खोइ जीबी राई ?
सहकारी ठगी प्रकरण र झापाको गिरीबन्धु टि-स्टेटमा भएको भनिएको नीतिगत भ्रष्टाचारविरूद्ध प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसनिकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले खबरदारी जुलुस निकालेको छ ।

नेविसंघ त्रिचन्द्र इकाईले बुधबार बिहान सरकारविरुद्ध प्रदर्शन गरेको हो । नेविसंघले खासगरी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्धका विभिन्न प्लेकार्ड बोकेर प्रदर्शन गरेको हो ।

कांग्रेसनिकट ती विद्यार्थीहरूले ओली र गृहमन्त्री लामिछानेविरूद्ध नारा पनि लगाए । उनीहरूले गिरीबन्धु टि(स्टेट प्रकरणमा ओलीलाई ‘चिया खानु’भो केपी बा’ भनेर व्यंग्यसमेत कसेका छन्।

सहकारी प्रकरणमा छानविन समितिको मागसहित तरुण दलको र्‍याली

आपत्तिजनक गाली गरेको भोलिपल्टै गृहमन्त्रीसँग माफी मागे भुसालले

युक्रेन संकटको वार्ताका लागि खुला रहेको पुटिनको भनाइ
युक्रेन संकटको राजनीतिक समाधानार्थ वार्ताका लागि चीनको प्रयासबारे रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले चीनको स्थितिमा सकारात्मक धारणा व्यक्त गरेका छन् ।

बिहीबारदेखि सुरु हुने पुटिनको दुई दिने चीन भ्रमणको पूर्वसन्ध्यामा उनले चीनले युक्रेन संकटको कारण र यसको विश्वव्यापी भूराजनीतिक प्रभावलाई स्पष्टरूपमा बुझ्ने बताए ।

चीनले सन् २०२३ फेब्रुअरीमा जारी गरेको १२ सूत्रीय प्रस्तावले युक्रेन संकटको राजनीतिक समाधानमा चीनको स्थिति प्रतिबिम्बित गर्दछ । दस्तावेजमा संकेत गरिएका अवधारणा र सुझावहरूले द्वन्द्व स्थिति स्थिर गर्न चीनको निष्कपट इच्छा देखाउने उनले बताए।

हृदयघातबाट दैनिक १० हजार युरोपेलीको मृत्यु

श्रीलंकाले पहिलो ‘आइओआरए व्यापार सम्मेलन’ आयोजना गर्ने

भारतको तामाखानीमा लिफ्ट खस्दा फसेकाको उद्धार

डढेलोका कारण पश्चिमी क्यानाडामा छ हजारभन्दा बढी विस्थापित

‘बोइङ स्टारलाइनर’को प्रक्षेपणमा ढिलाइ

प्रकाशित मिति : २ जेठ २०८१, बुधबार  ८ : ०० बजे

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

माछा मार्ने क्रममा पानीमा डुबेर एक जनाको मृत्यु

झापा – झापाको गौरीगञ्ज गाउँपालिका–१ महाभारामा आज दिउँसो माछा मार्ने

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

कैलाली – कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको

खर्च नियम उल्लङ्घन गरेको आरोपमा इयुद्वारा फ्रान्सविरुद्ध कारबाही

ब्रसेल्स – फ्रान्स, इटाली र युरोपेली सङ्घ (इयु) ब्लकका अन्य