आजका समाचार : तीन वर्षपछि सिंहदरबार फर्किए ओली, आरजु अब परराष्ट्रमन्त्री, अर्जेन्टिनालाई कोपाको उपाधि | Khabarhub Khabarhub

आजका समाचार : तीन वर्षपछि सिंहदरबार फर्किए ओली, आरजु अब परराष्ट्रमन्त्री, अर्जेन्टिनालाई कोपाको उपाधि


३१ असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


3.3k
Shares
  • change font
  • change font
  • change font

प्रधानमन्त्री ओलीद्वारा पदबहाली
नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पदबहाली गरेका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आजै राष्ट्रपति भवन, शीतल निवासमा पद तथा गोपनीयताको शपथ लिएपछि प्रधानमन्त्री ओलीले लैनचौरस्थित शहीद पार्कमा शहीदप्रति श्रद्धाञ्जलि अर्पण गरे ।

च्यासलस्थित नेपाल कम्युनिष्ट पार्टी (एमाले) को कार्यालयमा जननेता मदन भण्डारीको सालिकमा माल्यार्पण गरेपछि प्रधानमन्त्री ओलीले सिंहदरबारमा कार्यभार सम्हालेका हुन् ।

ओली क्याबिनेटमा दुईजना महिला, दलित शून्य

केपी ओलीले लिए प्रधानमन्त्री पदको शपथ

प्रधानमन्त्रीमा ओलीको नियुक्तिविरुद्ध सर्वोच्चमा रिट, साउन ६ मा पेसी

ओली सरकारको पहिलो निर्णय-कीर्तिपुर क्रिकेट मैदानलाई सुविधासम्पन्न बनाइने

प्रधानमन्त्री ओलीद्वारा शीर्ष नेताको तस्बिरमा माल्यार्पण

परराष्ट्रमन्त्री भन्छिन् – विपिन जोशीलाई हमासबाट छुटाएर फिर्ता ल्याउने पहल थाल्छु
नवनियुक्त परराष्ट्रमन्त्री आरजु राणाले सन् २०२३ अक्टोबर ७ मा प्यालेस्टाइनस्थित विद्रोही समूह हमासले अपहरण गरी बेपत्ता बनाएका कञ्चनपुरका नेपाली युवा विपिन जोशीको खोजी गरिने बताएकी छन् ।

सोमबार दिउँसो परराष्ट्र मन्त्रालयमा पदभार ग्रहण गरेपछि उनले यस्तो बताएकी हुन् ।


यसअघिका परराष्ट्रमन्त्री एनपी साउद र नारायणकाजी श्रेष्ठले पनि जोशीको खोजीमा पहल गरेका थिए । तर दुवै मन्त्रीले विपिनको अवस्था पत्ता लगाउन सकेनन् ।

पुरानो ऐन विद्यालय शिक्षाका लागि बाधक छ, नयाँ निर्माणलाई प्राथमिकता दिन्छु : मन्त्री भट्टराई

स्वदेशी वस्तु प्रयोगसम्बन्धी कार्यविधि मन्त्रिपरिषद्मा लैजाने उद्योगमन्त्री भण्डारीको निर्णय

भारतीय विदेशमन्त्री जयशंकरले दिए आरजुलाई बधाई

पूर्वाधार निर्माणलाई तीव्र गतिमा अगाडि बढाउनेछु : मन्त्री दाहाल

गृहमन्त्रीको पहिलो निर्णय- सिमलताल बस दुर्घटनाको अध्ययन गर्न समिति गठन

ओलीलाई शुभकामना दिँदै रविले भने- सुशासनमा सहकार्य गर्न तयार छौँ

अन्तर्राष्ट्रिय सम्बन्धलाई बिस्तार गर्नुपर्छ : परराष्ट्रमन्त्री राणा

उपप्रधान तथा सहरी विकास मन्त्री सिंहद्वारा पदभार ग्रहण

कोपा अमेरिकाको उपाधि अर्जेन्टिनालाई
कोपा अमेरिका कपको उपाधि अर्जेन्टिनाले उचालेको छ । फाइनल खेलको १११ मिनेटमा अर्जेन्टिनाले कोलम्यिबाविरुद्ध गोल गर्दै उपाधि रक्षा गरेको हो ।

निर्धारित समयभित्र अर्जेन्टिना र कोलम्बियाले गोलरहित बराबरी खेलेपछि खेल अतिरिक्त समयमा धकेलिएको छ । अतिरिक्त समयको १११ मिनेटमा अर्जेन्टिनाका लागि लाउटारो मार्टिनेजले गोल गरेका हुन्।

कोपा अमेरिकाको फाइनल अतिरिक्त समयमा धकेलियो

कोपा अमेरिका फाइनल : घाइते मेसी मैदानबाट बाहिरिए

कोपा अमेरिका फाइनल : पहिलो हाफ गोलरहित बराबरीमा सकियो

सोमालियाको एक रेस्टुरेन्टमा विस्फोट नौ जनाको मृत्यु
सोमालियाको राजधानी मोगादिशुको एक रेस्टुरेन्टमा विस्फोट हुँदा नौ जनाको मृत्यु भएको छ । यूरो कप २०२४ फाइनल हेर्ने फुटबल प्रशंसकहरूले भरिएको उक्त सार्वजनिक स्थलमा कार बम विस्फोट भएको स्रोतले जनाएको छ ।

विस्फोटमा नौ जना सर्वसाधारणको मृत्यु हुनुका साथै अन्य २० जना घाइते भएको राष्ट्रिय सुरक्षा निकायका अधिकारी मोहम्मद युसुफले बताए ।

उनका अनुसार घटनाको समयमा रेस्टुरेन्टमा अधिकांश युवासहित धेरै मानिसहरूले फुटबल खेल हेरिरहेका थिए । भाग्यले तिनीहरूमध्ये अधिकांशले सिँढीबाट माथि चढेर पछाडिको पर्खालमाथि उफ्रिएर सुरक्षित बाहिर निस्किन सफल भएको उनले बताए ।

भारतमा थोक मुद्रास्फीति बढ्यो

इमरान खानको राजनीतिक दलमाथि प्रतिबन्ध लगाउने तयारी !

राष्ट्रपतिमा पुनः प्रतिस्पर्धा गर्दै पेरूका पूर्वराष्ट्रपति फुजिमोरी

चीनको कूल गार्हस्थ उत्पादन पाँच प्रतिशतले वृद्धि

चीन भ्रमण कूटनीतिक रुपमा महत्त्वपूर्ण : शेख हसिना

हत्या गर्ने अभिप्रायले आक्रमण गरिएको थियो : पूर्वराष्ट्रपति ट्रम्प

ट्रम्पलाई गोली हान्ने २० वर्षे युवाको तथ्य पत्ता लगाउँदै एफबिआई

प्रकाशित मिति : ३१ असार २०८१, सोमबार  ७ : ५९ बजे

पूर्वयुवराज पारसको अवस्था बुझ्न नर्भिक पुगे कमल थापा

काठमाडौं- केही दिनअघि हृदयघात भएर थापाथलीस्थित नर्भिक अस्पतालमा उपचाररत पूर्वयुवराज

कुलमान प्रकरणसहित यी तीन विषयमा विपक्षीले तताए संसद् बैठक

काठमाडौं- प्रतिनिधिसभाको बुधबारको बैठकमा मुख्यतः तीनवटा विषयलाई लिएर प्रमुख प्रतिपक्षी

जापानले बिक्रीमा राख्यो विश्वको ‘सबैभन्दा सही’ समय दिने घडी

टोकियो- विश्वकै ‘सबैभन्दा सही समय’ दिने फराकिलो फ्रिजजस्तै देखिने घडी

भारतको चिखला खानीमा स्ल्याब भत्किँदा दुई मजदुरको मृत्यु

भण्डारा– भारतको महाराष्ट्रको भण्डारा जिल्लामा अवस्थित म्याङ्गनीज ओर इन्डिया लिमिटेड