नेपालका अजय राई अन्तर्राष्ट्रिय ट्रेड युनियनमा निर्वाचित « Khabarhub

नेपालका अजय राई अन्तर्राष्ट्रिय ट्रेड युनियनमा निर्वाचित


२९ आश्विन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

मोरक्को–  नेपालका अजय कुमार राई इन्टरनेशनल ट्रान्सपोर्ट वर्कस फेडेरेशनको विश्व कार्य समिति सदस्य पदमा पुनः निर्वाचित भएका छन् ।

अक्टोबर १३ बाट शुरु भएको इन्टरनेशनल ट्रान्सपोर्ट वर्कस फेडेरेशन बेलायतको ४६औँ वर्ल्ड  कांग्रेसको इलोक्टोरल बैठकले राईलाई आगामी पाँच वर्षसम्मका लागि निर्वािचत गरेको हो ।

विश्व स्तरमा यातायाततर्फको ट्रेड युनियन क्षेत्रमा क्रियाशील १२८ वर्ष पुरानो उक्त संस्थाले नेपाल ट्रेड  युनियन कांग्रेसका महासचिव राईलाई पुनः निर्वाचित गरेको हो ।

फेडेरेशनको सन् २०१८ मा सिंगापुरमा सम्पन्न ट्रेड  कांग्रेसमा पहिलो पटक नेपालबाट राई नै विश्व कार्य समिति सदस्यमा निर्वाचित भएका थिए ।

लण्डनमा मुख्यालय रहेको फेडेरेशनको १४९ देशमा सन्जाल छ ।  करिब दुई करोड सदस्य रहेको फेडेरेशनले नागरिक उड्डयन, पानी जहाज, रेल्वे, सडक, बन्दरगाह, पर्यटन, शहरी यातायात गरी ९ क्षेत्रका श्रमिकहरू समावेश छन् ।

विश्वभरका ७५० भन्दा बढी श्रमिक संगठनहरु यस फेडेरेशनसँग आबद्ध रहेका छन् । फेडेरेशनले यातायात क्षेत्रका श्रमिकहरुका लागि विश्वस्तरमा अन्तर्राष्ट्रिय श्रमिक संगठन (आईएलओ), आईकाओ जस्ता संस्थाहरुसँग सहकार्य गर्दै अन्तर्राष्ट्रिय कानुन बनाउने, श्रमिक हक अधिकारका लागि गतिविधि सन्चालनसहित  यातायात श्रमिक संगठनहरुलाई सशक्त बनाउने काम गर्दै आएको छ ।

निर्वाचित राई करिब ३२ वर्षदेखि नेपालको श्रमिक आन्दोलनमा क्रियाशील छन् । नेपालका श्रमिकहरुको मुद्दालाई अन्तर्राष्ट्रिय स्तरमा आवाज उठाउँदै आएका उनी नेपाल यातायात मजदुर संघका प्रमुख सल्लाहकार समेत हुन् ।

अनौपचारिक क्षेत्रको श्रमिक युनियन नेपाल यातायात मजदुर संघको तीन कार्यकाल अर्थात १५ वर्ष अध्यक्ष रही राईले सो युनियनको नेतृत्व गरिसकेका छन् । अनौपचारिक क्षेत्रबाट आफ्नो ट्रेड युनियन राजनीति शुरु गरेका राईले पटक पटक विश्वस्तरमा पाइला राख्नु नेपाली श्रमिक आन्दोलनको उपलब्धीका रुपमा लिनुपर्ने नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्सालले प्रतिक्रिया दिए ।

त्यस्तै आगामी पाँच वर्षका लागि ब्रिटिस मूलका स्टिफन कटन तेस्रो अवधीका लागि महासचिवमा सर्वसम्मत निर्वाचित भएका छन् भने निर्वाचित विश्व कार्य समिति सदस्यहरुले अक्टोबर १९ मा अध्यक्षको चयन गर्नेछन् । सम्मेलन अक्टोबर १९ मा सकिनेछ ।

प्रकाशित मिति : २९ आश्विन २०८१, मंगलबार  १० : ५१ बजे

दश महिनामा एकतिस अर्ब एकतिस करोडका सवारीसाधन आयात

वीरगञ्ज– चालु आर्थिक वर्षको प्रथम १० महिनामा रु ३१ अर्ब

प्रधानमन्त्री संसद्‍मा बोल्न तयार, तर विपक्षी दलहरूको नियमापत्ति

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह पहिलो पटक संसद् बैठकमा बोल्न तयार

प्रतिनिधिसभामा प्रधानमन्त्री उपस्थित, सांसदहरूलाई जवाफ दिँदै (लाइभ)

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्न थालेका छन्

प्रदेशसभा बैठक: नीति तथा कार्यक्रममा छलफल

मकवानपुर– बागमती प्रदेशसभाको बैठक सोमबार अपराह्न १ बजे बस्नेछ ।

पहिलो पटक संसद्को रोस्ट्रममा उभिए प्रधानमन्त्री

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह पहिलो पटक संसद्को रोस्ट्रममा उभिएका छन्