पाल्पाका चार शैक्षिक संस्थामा अक्षयकोष स्थापना « Khabarhub

पाल्पाका चार शैक्षिक संस्थामा अक्षयकोष स्थापना


३० कार्तिक २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

रामपुर – रामपुर नगरपालिका–४, बाङ्गेपसलका स्वर्गीय झमन थापाको स्मृतिमा चार शैक्षिक संस्थामा अक्षयकोष स्थापना गरिएको छ । 

रामपुरका रामतुलसी नमूना मावि, सीताराम मावि, कालिका मावि र सहिद बहुमुखी क्याम्पसमा पाँच लाख ५५ हजार पाँच सय ५५ को अक्षयकोष स्थापना गरिएको हो ।

रामतुलसी नमूना माविमा दुई लाख २२ हजार दुई सय २२, सहिद बहुमुखी क्याम्पसमा एक लाख ११ हजार एक सय ११, सीताराम माविमा रु एक लाख ११ हजार एक सय ११ र कालिका माविमा रु एक लाख ११ हजार एक सय ११ को अक्षयकोष स्थापना गरिएको हो । 

गत असोज २४ गते २६ वर्षको उमेरमा हृदयाघातका कारण झमनको निधन भएको हो । उनका बुबा नरबहादुर र आमा यमकुमारी थापाले आफ्नो एकमात्र सन्तानले अध्ययन गरेको शैक्षिक संस्था तथा अन्य विद्यालयमा अक्षयकोष स्थापना गरेका हुन् ।

प्रकाशित मिति : ३० कार्तिक २०८१, शुक्रबार  ८ : ०७ बजे

इरानमा तीन दशक शासन चलाएका आयातोल्लाह अली खामेनेईको अन्त्येष्टि सुरु

काठमाडौं- तीन दशकभन्दा बढी समयसम्म शासन गरी इरानलाई मध्यपूर्वको राजनीतिमा

चटकको भरमा बनेको सरकार धेरै टिक्दैन : ओली

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेविरुद्ध योजनाबद्ध रूपमा ‘देशद्रोही

सरकारलाई प्रचण्डको चेतावनी- ‘बोल्ने मात्रै होइन, लड्ने बेला पनि आउँछ’

बुटवल- नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले गलत

‘नेपाली कांग्रेस फुट्या छैन, फुट्दा पनि फुट्दैन’

काठमाडौं- नेपाली कांग्रेसले असोज १६ देखि १९ गतेसम्म १५औँ नियमित