उपनिर्वाचन : हेटौँडा– १२ मा चुनावी सरगर्मी बढ्दो « Khabarhub

उपनिर्वाचन : हेटौँडा– १२ मा चुनावी सरगर्मी बढ्दो


३० कार्तिक २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

बागमती – प्रमुख राजनीतिक दलले हेटौँडा उपमहानगरपालिका–१२ को रिक्त वडाध्यक्ष पदका लागि यही मङ्सिर १६ गते हुने उपनिर्वाचनमा प्रतिस्पर्धा गर्ने उम्मेदवारको टुङ्गो लगाएका छन् ।


गत २०७९ वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनबाट सो वडाको वडाध्यक्षमा निर्वाचित ललितबहादुर घलान जिल्ला समन्वय समिति मकवानपुरको प्रमुखमा निर्वाचित भएपछि वडाध्यक्ष पद रिक्त भएको हो ।

निर्वाचन आयोगको कार्यतालिका अनुसार मङ्सिर २ गते उम्मेदवारी मनोनयन दर्ता हुनेछ । नेपाली कांग्रेसले अर्जुन तिवारीलाई उम्मेदवार बनाउने निर्णय गरेको नेपाली कांग्रेस हेटौँडा नगर समितिका सभापति उत्सव इटेनीले जानकारी दिए। 

नेपाल कम्युनिष्ट पार्टी ९एमाले०ले राजेश नगरकोटीलाई उम्मेदवारका रुपमा प्रस्तुत गरेको छभने नेपाल कम्युनिष्ट पार्टी  (माओवादी केन्द्र)ले रविन प्रधानलाई उम्मेदवार बनाएको छ ।

ठूला दलसँगै नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि उम्मेदवार टुङ्गो लगाएका छन् । पार्टीको वडा, नगर र जिल्ला कार्यसमितिको संयुक्त बैठकले आशा वीरबललाई उम्मेदवार बनाउने निर्णय गरेको रास्वपा हेटौँडा नगर सभापति ध्रुवबहादुर विष्टले बताए। एकीकृत समाजवादीले बलराम बल र राप्रपाले प्रेम लामालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । 

उपनिर्वाचन नजिकिएसँगै सो वडामा चुनावी सरगर्मी पनि बढेको छ । गत निर्वाचनमा प्रमुख तीन दलबीच नै प्रतिस्पर्धा भएको थियो । यसपटक पनि त्यस्तै हुने आकलन गरिएको छ ।

प्रकाशित मिति : ३० कार्तिक २०८१, शुक्रबार  १० : ०० बजे

दाङमा चट्याङ लागेर एकको मृत्यु, अन्य दुई घाइते

दाङ – दाङको घोराही उपमहानगरपालिका–९ मछाहीमा धान रोप्ने क्रममा चट्याङ

लुहान्स्क ‘पूर्ण रूपमा स्वतन्त्र’ भएको रूसी नेता पुटिनको दावी

मस्को – रुसी सेनाले लुहान्स्क पिपुल्स रिपब्लिकको ‘पूर्ण स्वतन्त्रता’ को

विश्वकप पावर र्‍याङ्किङमा स्पेन शीर्ष स्थानमा, अर्जेन्टिना तेस्रोमा झर्‍यो

काठमाडौं – फिफा विश्वकप २०२६ अन्तर्गत अन्तिम १६ चरण सुरु

मोरङ विद्युतीय रिक्सा दुर्घटनामा महिलाको मृत्यु

मोरङ – मोरङको लेटाङ नगरपालिकामा आज दिउँसो विद्युतीय रिक्सा दुर्घटना