टिकटक माथि प्रतिबन्ध लगाउन नहुने माग अमेरिकी अदालतद्वारा अस्वीकार « Khabarhub

टिकटक माथि प्रतिबन्ध लगाउन नहुने माग अमेरिकी अदालतद्वारा अस्वीकार


३० मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

न्युयोर्क– अमेरिकी अदालतले सर्वोच्च अदालतको समीक्षा नभएसम्म सम्भावित प्रतिबन्ध रोक्न टिकटकको निवेदन अस्वीकार गरेको छ ।  अमेरिकाको संघीय पुनरावेदन अदालतले सामाजिक सञ्जाल प्लेटफर्म टिकटकको अनुरोधलाई अस्वीकार गरेको हो ।

कम्पनीका चिनियाँ मालिकहरूलाई सुप्रीम कोर्टले आफ्नो चुनौतीको समीक्षा नगरेसम्म देशमा प्रतिबन्ध लगाउन वा देशमा प्रतिबन्धको सामना गर्नु पर्ने कानूनको कार्यान्वयन रोक्नको लागि अस्वीकार गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

सो अदालतले टिकटकको अनुरोधलाई ‘अनावश्यक’ भन्दै अस्वीकार गरेको जनाइएको छ ।

टिकटक र यसको मालिक बाइट डान्सका वकिलहरूले कोलम्बिया सर्किट डिस्ट्रिक्टको लागि युएस कोर्टमा गरेको अपिलमा भनिएको थियो कि अमेरिकी सरकारको नीति गलत छ, टिकटक माथि प्रतिबन्ध लगाइनु हुन्न । तर, सो अदालतका तीन न्यायधीशको संयुक्त इजलासले अमेरिकी सरकारको पक्षमा रहेको र कानूनलाई उनीहरूको चुनौती अस्वीकार गरेको जनाएका छन्  ।

यसअघि बाइडन सरकारले टिकटक माथि प्रतिबन्ध लगाउने पक्रिया बढाए पछि टिकटक अमेरिकामा प्रतिबन्ध हुने खतरा कायमै छ । तर, नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्प पनि टिकटकमा खाता खोले पछि सो प्रतिबन्ध अगाडी नबढ्ने संकेत देखिएको छ ।

त्यसैले अदालतले कम्तीमा कुनै निर्णय नदिएर तत्कालका लागि टिकटकको अनुरोधलाई अस्वीकार गरेको हो । ट्रम्पले पद तथा गोपनीयताका शपथ नलिएसम्म अदालतले कुनै निर्णय नलिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रकाशित मिति : ३० मंसिर २०८१, आइतबार  १ : २३ बजे

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा पोखरा र लुम्बिनीमा योग प्रदर्शन

काठमाडौं- १२औँ अन्तर्राष्ट्रिय योग दिवस–२०२६ को अवसरमा नेपालस्थित भारतीय राजदूतावासले

आजका समाचार : रातो मच्छिन्द्रनाथको जात्रा समापन, रास्वपा महाधिवेशनको तयारी पूरा र युद्धविरामका बीच लेबनानमा आक्रमण

राष्ट्रपतिरा रातो मच्छिन्द्रनाथको भोटोजात्रा अवलोकनराष्ट्रपति रामचन्द्र पौडेल र र प्रधानमन्त्री

क्यान्सर औषधि सहज उपलब्ध हुने

काठमाडौं– विगत दुई महिनादेखि क्यान्सर रोगको उपचारका लागि प्रयोग हुने

आइतबारदेखि रास्वपाको पहिलो महाधिवेशन सुरु हुँदै, यस्तो छ कार्यतालिका

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन भोलि

गोली प्रहार गरी तीन जना लागूऔषध कारोबारी पक्राउ

काठमाडौं– लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले गोली प्रहार गरी तीन