टिकटक माथि प्रतिबन्ध लगाउन नहुने माग अमेरिकी अदालतद्वारा अस्वीकार « Khabarhub

टिकटक माथि प्रतिबन्ध लगाउन नहुने माग अमेरिकी अदालतद्वारा अस्वीकार


३० मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

न्युयोर्क– अमेरिकी अदालतले सर्वोच्च अदालतको समीक्षा नभएसम्म सम्भावित प्रतिबन्ध रोक्न टिकटकको निवेदन अस्वीकार गरेको छ ।  अमेरिकाको संघीय पुनरावेदन अदालतले सामाजिक सञ्जाल प्लेटफर्म टिकटकको अनुरोधलाई अस्वीकार गरेको हो ।

कम्पनीका चिनियाँ मालिकहरूलाई सुप्रीम कोर्टले आफ्नो चुनौतीको समीक्षा नगरेसम्म देशमा प्रतिबन्ध लगाउन वा देशमा प्रतिबन्धको सामना गर्नु पर्ने कानूनको कार्यान्वयन रोक्नको लागि अस्वीकार गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

सो अदालतले टिकटकको अनुरोधलाई ‘अनावश्यक’ भन्दै अस्वीकार गरेको जनाइएको छ ।

टिकटक र यसको मालिक बाइट डान्सका वकिलहरूले कोलम्बिया सर्किट डिस्ट्रिक्टको लागि युएस कोर्टमा गरेको अपिलमा भनिएको थियो कि अमेरिकी सरकारको नीति गलत छ, टिकटक माथि प्रतिबन्ध लगाइनु हुन्न । तर, सो अदालतका तीन न्यायधीशको संयुक्त इजलासले अमेरिकी सरकारको पक्षमा रहेको र कानूनलाई उनीहरूको चुनौती अस्वीकार गरेको जनाएका छन्  ।

यसअघि बाइडन सरकारले टिकटक माथि प्रतिबन्ध लगाउने पक्रिया बढाए पछि टिकटक अमेरिकामा प्रतिबन्ध हुने खतरा कायमै छ । तर, नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्प पनि टिकटकमा खाता खोले पछि सो प्रतिबन्ध अगाडी नबढ्ने संकेत देखिएको छ ।

त्यसैले अदालतले कम्तीमा कुनै निर्णय नदिएर तत्कालका लागि टिकटकको अनुरोधलाई अस्वीकार गरेको हो । ट्रम्पले पद तथा गोपनीयताका शपथ नलिएसम्म अदालतले कुनै निर्णय नलिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रकाशित मिति : ३० मंसिर २०८१, आइतबार  १ : २३ बजे

३६ देखि ५० वर्षसम्मका उम्मेदवारको संख्या धेरै

काठमाडौँ- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

कास्कीमा ४९ जनाको उम्मेदवारी दर्ता

कास्की- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

एमालेले भन्यो : झन्डै ५५ प्रतिशत नयाँ उम्मेदवार

काठमाडौं- नेकपा (एमाले)ले प्रतिनिधिसभा निर्वाचनमा ५४.५४ प्रतिशत नयाँ अनुहार अघि

देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र

काठमाडौं- प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति मंगलबार देशभर मनोनयन दर्ता गरियो

एमालेले उठायो १६५ क्षेत्रमै उम्मेदवार (सूचीसहित)

काठमाडौँ– नेकपा एमालेले यसपटकको निर्वाचनका लागि १६५ वटै निर्वाचन क्षेत्रमा