आजका छुटाउन नहुने समाचार : कर्मचारी कटौतीदेखी दोलखामा हिमपातसम्म | Khabarhub Khabarhub

आजका छुटाउन नहुने समाचार : कर्मचारी कटौतीदेखी दोलखामा हिमपातसम्म


२ माघ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 4 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

खबरहबको दिनभर आजमा स्वागत छ । दिनभर आजमा प्रधानमन्त्री सचिवालयबाट १३ कर्मचारी हटाइयो, एकीकृत समाजवादी सरकारसँग असन्तुष्ट, राष्ट्रियसभा निर्वाचन : आज रातिबाट आचारसंहिता लागू, पूर्वराजा ज्ञानेन्द्रद्वारा शिवनगर महादेव मन्दिरमा पूजा, रुसी सेनामा कार्यरत थप एक नेपालीको मृत्यु, दोलखामा हिमपात,  सूर्य तामाङले ह्याट्रिकसहित ६ विकेट लिँदा मधेशमाथि बागमतीको जित,रिपब्लिकन पार्टीको आन्तिरक प्रतिस्पर्धामा ट्रम्प विजयीलगायत समाचार रहनेछन् ।

प्रधामनन्त्री सचिवालय

प्रधानमन्त्री पुष्पकमल दाहालको स्वकीय सचिवालयमा कार्यरत १३ जना हटाइएका छन् । एक वर्षको कार्यकालको समीक्षापछि प्रधानमन्त्रीले स्वकीय सचिवालयबाट १३ जना हटाएका हुन् ।

प्रधामनन्त्री सचिवालयका अनुसार स्वकीय सहसचिव रहेका नारायणप्रसाद ढुंगानासहित सचिवालयका १३ जनालाई एक वर्षको योगदानको लागि धन्यवादसहित बिदा गरिएको हो । सचिवालयको अत्यावश्यक ठाउँमा भने केही जनशक्ति थपिने बताइएको छ । प्रधानमन्त्री अर्थ मामिलामा केही सल्लाहकार थप गर्ने मनस्थितीमा रहेको सचिवालयले बताएको छ ।

सम्बन्धित समाचार

पूर्वराजा ज्ञानेन्द्र शाह

पूर्वराजा ज्ञानेन्द्र शाहले मंगलबार रौतहटको मध्यभाग शिवनगरस्थित महादेव मन्दिरमा पूजाआजा गरेका छन्। निर्धारित समयभन्दा करिब एक घण्टा ढिलो पुगेका पूर्वराजा ज्ञानेन्द्र शिवनगर चौकबाट पैदल हिँडेर मन्दिरसम्म पुगेका थिए।

सो क्रममा बाटोको दुवैतर्फ बसेका हजारौं समर्थकले फूलमालाले भव्य स्वागत गरेका थिए। पूर्वराजा ज्ञानेन्द्रले समर्थकको हातबाट माला र पुष्प गुच्छा लिएका थिए। उनी मन्दिरमा पूजा गर्ने क्रममा हजारौं समर्थकहरूले राजाआउ देश बचाउ भनेर नारा लगाएका थिए।

दोलखामा हिमपात

हिमाली जिल्ला दोलखामा यस वर्षको पहिलो हिमपात मंगलबार देखि पर्न थालेको छ।

जिल्लाको माथिल्लो क्षेत्रको धार्मिक तथा पर्यटकीय स्थल कालिञ्चोक क्षेत्रमा मंगलबार दिउँसोबाट हिमपात भएको छ भने, शैलुङ र जिरीको चेर्दुङमा पनि दिउँसो देखिनै आंशिक हिमपात हुन् थालेको स्थानीयले बताएका छन् ।

कालिञ्चोकको कुरी तथा आसपासको क्षेत्रमामा हिमपात भएपछि स्थानीय होटल व्यवसायी र आन्तरिक तथा बाह्र पर्यटक खुसी भएका हुन् ।

इपीएस परीक्षाको मिति सर्यो
रोजगार अनुमति प्रणाली (ईपीएस) भाषा परीक्षाको मिति सरेको छ ।

यसअघि जनवरी २० देखि परीक्षा हुने बताइएपनि अनलाइन प्रणालीमा देखिएको प्राविधिक समस्याका कारण परीक्षाको तालिका हेरफेर भएको हो । नयाँ परीक्षाको मिति फेब्रअरी पहिलो हप्ता जानकारी दिने ईपीएस कार्यालयले जनाएको छ । कोरिया जानका लागि १ लाख ६४ हजार ७१६ जनाले आवेदन दिएका छन । उत्पादनमूलक क्षेत्रका लागि कोरियाले १५ हजार ८४८ जना कामदारको माग गरेको थियो ।

नेप्से हालसम्मकै उच्च
सेयर बजारको परिसूचक नेप्से झण्डै ६ महिनायताकै उच्च विन्दुमा पुगेको छ । मंगलबार अघिल्लो कारोबार दिनको तुलनामा २.५७ प्रतिशतले बजार बढेको हो । मंगलबार नेप्से २१७५ विन्दुमा कायम रह्यो ।

नेप्सेको यो अंक साउन ८ यताकै उच्च हो । सो दिन नेप्से २२ सय विन्दु पुगेको थियो । कारोबार रकम पनि ८ अर्ब नाघेको छ । यो कारोबार रकम करिब दुई वर्ष यताकै उच्च हो ।

प्रधानमन्त्री कप क्रिकेट
प्रधानमन्त्री कप क्रिकेटमा सूदुरपश्चिम र नेपाल पुलिसले लगातार दोस्रो जित निकाल्दा बागमती प्रदेशले पहिलो जित दर्ता गरेको छ । लगातार दुई खेलमा पराजय ब्यहोरेको बागमती प्रदेशले प्रतियोगितामा पहिलो जित निकाल्दा मधेश प्रदेशलाई ८६ रनले हरायो । बागमतीको जितमा स्पीनर सूर्य तामाङले ह्याट्रिकसहित ६ विकेट लिए । जारी प्रतियोगितामा ह्याट्रिक विकेट लिने तामाङ एक्लो खेलाडी हुन ।

सुदूरपश्चिमले दोस्रो जित निकाल्ने क्रममा कर्णाली प्रदेशलाई १३४ रनको फराकिलो अन्तरले हरायो । सुदूरपश्चिमले दिएको २७८ रनको लक्ष्य पछ्याएको कर्णाली१४३ रनमा अलआउट भयो । यस्तै, नेपाल पुलिस क्लबले काशी प्रदेशलाई ७ विकेटको हरायो । १६७ रनको लक्ष्य पछ्याएको पुलिसले ३ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो ।

अन्तर्राष्ट्रिय…

रिपब्लिकन पार्टीको आन्तिरक प्रतिस्पर्धामा ट्रम्प विजयी
अमेरिकामा राष्ट्रपतीय निर्वाचन आउनै लाग्दा आयोवा राज्यमा भएको प्रतिस्पर्धामा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प विजयी भएका छन् । आयोवा राज्यमा आयोजित रिपब्लिकन पार्टीको आन्तरिक प्रतिस्पर्धा (ककस) मा पूर्वराष्ट्रपति बाइडेनले फ्लोरिडाका गभर्नर रन डिसान्टिस र संयुक्त राष्ट्रसंघका लागि पूर्वअमेरिकी राजदूत निक्की हेलीलाई पछि पारे ।

आयोवा ककसमा पूर्वराष्ट्रपति ट्रम्पले ५१ प्रतिशत मत प्राप्त गर्दा डिसान्टिसले २१ र हेलीले १९ प्रतिशत मत पाएको एडिसन रिसर्चलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ । यसलाई हालसम्मकै सबैभन्दा ठूलो अन्तर मानिएको छ ।

प्रकाशित मिति : २ माघ २०८०, मंगलबार  ८ : ०४ बजे

आइतबार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)

काठमाडौं – आज २०८१ साल जेठ ६ गते आइतबार तदनुसार

आज २०८१ साल जेठ ६ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८१ साल जेठ ६ गते आइतबार तदनुसार

चेन्नईलाई हराउँदै आरसिबी प्लेअफमा

काठमाडौं – चेन्नई सुपर किंग्सलाई पराजित गर्दै रोयल च्यालेन्जर्स बैंगलोरू

ठमेलमा खाना तथा हस्तकला मेला

काठमाडौं – काठमाडौंको प्रमुख पर्यटकीय गन्तव्य ठमेल क्षेत्रको पर्यटन प्रवर्द्धनका

दश किलोमिटर टाढाबाट मान्म बजारमा खानेपानी

कालिकोट – कालिकोटको सदरमुकाम खाँडाचक्र नगरपालिका–१ को मान्म बजारमा खानेपानीको