मोदी र पुटिनबीच टेलिफोन वार्ता « Khabarhub

मोदी र पुटिनबीच टेलिफोन वार्ता


२ माघ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच टेलिफोन वार्ता भएको छ । सोमबार भएको टेलिफोन वार्ताका क्रममा दुई विश्व नेताहरुबीच द्विपक्षीय सम्बन्धलाई थप मजबुत बनाउने विषयमा छलफल भएको थियो ।

सामाजिक सञ्जाल एक्स (साबिकको ट्विटर) मा पोस्ट गर्दै प्रधानमन्त्री मोदीले टेलिफोन वार्ताका क्रममा अन्य क्षेत्रीय तथा विश्वव्यापी मुद्दाहरुमा छलफल भएको जनाएका छन् । उनले टेलिफोन वार्ताका क्रममा ब्रिक्समा रुसी अध्यक्षताबारे पनि पुटिनसँग कुराकानी भएको उल्लेख गरे ।

भारतीय समाचार संस्था एएनआईका अनुसार रुसले ब्रिक्सको अध्यक्षता गरिरहेको सन्दर्भमा भारतको पूर्ण समर्थन रहनेसमेत मोदीले पुटिनलाई अवगत गराएका थिए । रुसले गत १ जनवरीबाट ब्रिक्सको अध्यक्षता थालेको हो ।

प्रकाशित मिति : २ माघ २०८०, मंगलबार  ४ : ०९ बजे

सडकको कुकुरदेखि ‘विश्व शान्तिको दूत’सम्म : अलोकाको असाधारण यात्रा

कुनै समय सडकमा भौँतारिने एउटा कुकुर आज हजारौँ मानिसको आकर्षण

भारतसँग ‘पाखुरा सुर्किनु’ राष्ट्रवाद होइन, जलस्रोत र कूटनीतिमा नयाँ फड्कोको खाँचो

विश्व भूराजनीतिमा आएको अभूतपूर्व रूपान्तरण, प्रविधिको चौतर्फी हस्तक्षेप र बदलिँदो

भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

चितवन– चितवनको भरतपुर विमानस्थल परिसर अस्तव्यस्त भएको गुनासो बढेपछि जिल्ला

म्याग्दी फर्सेका बाढीपीडितलाई छोएन दसैँको रौनकले

म्याग्दी– नेपालीको विशेष पर्व दसैँको रमझम सुरु भएको छ ।

कांग्रेस केन्द्रीय सदस्यमा गण्डकीबाट किरणबाबु अगाडि, युवा खुलामा सुवासको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको