विदेशी पर्यटकको चाप बढेसँगै श्रीलंकाको अर्थतन्त्रमा राहत « Khabarhub

विदेशी पर्यटकको चाप बढेसँगै श्रीलंकाको अर्थतन्त्रमा राहत


३ चैत्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


882
Shares
  • change font
  • change font
  • change font

कोलम्बो– सन् २०२३ को चौथो त्रैमासिकमा पर्यटन आगमनमा वृद्धिसँगै अकल्पनीय वित्तीय संकटको सामना गरेको श्रीलंकामा आर्थिक पुनरुत्थान भएको श्रीलंका सरकारले शनिबार जनाएको छ ।

कृषि, उद्योग र सेवा क्षेत्रको विस्तार दर डिसेम्बरमा सकिएको त्रैमासिकमा ४.५ प्रतिशत पुगेको छ । यो अघिल्लो वर्षको सोही अवधिमा १२.४ प्रतिशतले सङ्कुचन भएको थियो ।

सन् २०२२ मा ७।८ प्रतिशतले सङ्कुचन भएको अर्थतन्त्र सन् २०२३ मा समग्रमा २.४ प्रतिशतले खुम्चिएको छ ।

‘सन् २०२३ मा श्रीलंकाको अर्थतन्त्रले द्वैधताको अनुभव गरेको छ’, विभागले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यस वर्षको पहिलो छ महिनामा ऋणात्मक वृद्धि भएको छ भने दोस्रो त्रैमासिकमा अर्थतन्त्रमा सुधार आएको छ ।

‘पर्यटनमा लामो समयदेखि प्रतीक्षा गरिएको सुधारको सन् २०२३ को अन्त्यतिर आएको छ’ विभागले भनेको छ, ‘कामदारको रेमिटेन्समा पनि सुधार आएको छ ।’

गत डिसेम्बरमा श्रीलंका घुम्न आउने पर्यटकको सङ्ख्या दुई लाख १० हजार पुगेको छ । यो सङ्ख्या अघिल्लो वर्षको ९१ हजार ९०० को तुलनामा दोब्बरभन्दा बढी हो ।

श्रीलंकाले हाल अन्तर्राष्ट्रिय मुद्रा कोष (आर्एएमएफ) बाट चार वर्षका लागि २.९ अर्ब अमेरिकी डलरको जमानत कर्जा लिइरहेको छ र ऋण पुनर्संरचनाको लागि विदेशी ऋणदाताहरूसँग छलफल गरिरहेको छ ।

सन् २०२२ मा आर्थिक संकटको शिखरमा पुगेको मुलुकमा आयातका लागि भुक्तानी गर्न विदेशी मुद्रा सञ्चिति सकिएपछि महिनौँसम्म खाद्यान्न, इन्धन र औषधिको अभाव भएको थियो ।

राष्ट्रव्यापी नागरिक आन्दोलनको क्रममा प्रदर्शनकारीहरूले सन् २०२२ को जुलाईमा तत्कालीन राष्ट्रपति गोटाबाया राजापाक्षको सरकारी निवासमा आक्रमण गरेपछि उनले पदबाट राजिनामा दिन बाध्य भएका थिए । 

उनको उत्तराधिकारी रनिल विक्रमासिङ्घेले आर्थिक संकटबाट देशलाई माथि उकास्न करको दायरालाई दोब्बर पार्दै उदार ऊर्जा अनुदान फिर्ता लिएका थिए भने मुलुकको लागि आर्थिक आवश्यकतालाई ध्यानमा राख्दै राजस्व संकलन वृद्धिका लागि वस्तुहरूको मूल्य वृद्धि गरेका थिए । 

प्रकाशित मिति : ३ चैत्र २०८०, शनिबार  १२ : ५२ बजे

कास्कीमा रोपाइँ तीव्र, ४७ प्रतिशत रोपाइँ सकियो

लेखनाथ– अघिल्लो वर्षको तुलनामा यस वर्ष एक हप्ताअघि मनसुन सुरु

चार प्रजातिका दुर्लभ गिद्धको सफल प्रजनन

अर्घाखाँची– अर्घाखाँची जिल्ला दुर्लभ तथा सङ्कटापन्न गिद्धहरूको सुरक्षित बासस्थानका रूपमा

टिपरको ठक्करबाट पैदलयात्रुको मृत्यु

म्याग्दी– म्याग्दीको धवलागिरि गाउँपालिका–४ राताखोलास्थित म्याग्दीखोला जलविद्युत् आयोजना क्षेत्रमा आज

फिफा विश्वकप : इजिप्ट नकआउट चरणमा प्रवेश, इरानको सम्भावना जीवितै

काठमाडौँ– फिफा विश्वकप फुटबलअन्तर्गत इजिप्ट र इरानबीचको खेल बराबरीमा सकिएको

समूह ‘जी’ को विजेता बन्दै बेल्जियम नकआउट चरणमा, न्युजिल्याण्ड ५–१ गोलले पराजित

काठमाडौँ– फिफा विश्वकप २०२६ मा समूह विजेता बन्दै बेल्जियम नकआउट