आजका समाचार : नेसपा र माओवादीबीच सहमतिदेखि साझा न्यूनतम कार्यक्रमसम्म | Khabarhub Khabarhub

आजका समाचार : नेसपा र माओवादीबीच सहमतिदेखि साझा न्यूनतम कार्यक्रमसम्म


३ चैत्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : 4 मिनेट


4.8k
Shares
  • change font
  • change font
  • change font

 दिनभर आजमा बाबुरामलाई छाडेर नेसपा र माओवादीबीच पार्टी एकता गर्ने सहमति, भ्रष्टाचारमुक्त समाज निर्माणमा जुटौँ : माधव नेपाल,ठगी र कृत्रिम अभाव हुन नदिने उद्योगमन्त्री भण्डारीको प्रतिबद्धता, कार्यदलले शीर्ष नेतालाई बुझायो साझा न्यूनतम कार्यक्रम, जनमत पार्टीको केन्द्रीय समिति बैठक सुरु, राष्ट्रपति पौडेलद्वारा सालिक अनावरण, सरकारका नीति परिवर्तन हुँदैनन्, कार्यशैली परिवर्तन हुन्छ : अर्थमन्त्री पुन, प्रधानमन्त्री मोदी आगामी साता भुटान भ्रमणमा जानेलगायत रहनेछन् 

बाबुरामलाई छाडेर नेसपा र माओवादीबीच पार्टी एकता गर्ने सहमति
नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टी (नेसपा) बीच पार्टी एकता गर्ने सहमति भएको छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा दुवै पार्टीको केन्द्रीय समितिको एकता संयोजन समितिको आज बालुवाटारमा बसेको बैठकले एकता गर्ने निर्णय गरेको हो ।

बैठकमा माओवादीका तर्फबाट अध्यक्ष दाहाल, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र महासचिव देव गुरुङ तथा नेसपाका तर्फबाट अध्यक्ष महिन्द्र राय यादव, सहअध्यक्ष गंगानारायण श्रेष्ठ र महासचिव रमेशप्रसाद यादव सहभागी थिए ।

बैठकमा नेसपाका अर्का अध्यक्ष डा.बाबुराम भट्टराईलाई भने बोलाइएको थिएन । भट्टराई पछिल्लो समय माओवादीसँग एकता नगर्ने अडानमा थिए । भट्टराईलाई छाडेर अर्का अध्यक्ष यादवले माओवादीसँग एकता गर्न लागेका हुन् ।

ठगी र कृत्रिम अभाव हुन नदिने उद्योगमन्त्री भण्डारीको प्रतिबद्धता

सहिद स्मृति विद्यालयलाई अनुदान बढाइन्छ : प्रधानमन्त्री

निजी क्षेत्रको सहभागितामा उद्यमशीलतालाई प्रोत्साहन गरिन्छ 

अन्तर्राष्ट्रिय सगरमाथा दिवस कोशीमा मनाउछौँ : मुख्यमन्त्री कार्की

भूमि सम्बन्धी समस्या समाधान गर्ने मन्त्री अधिकारीको प्रतिवद्धता

ढुवानी सेवासम्बन्धी छुट्टै ऐन आवश्यक : मन्त्री गिरी

प्रवर्द्धन सहयोग कार्यक्रमका लागि उद्योग छनोट

कार्यदलले शीर्ष नेतालाई बुझायो साझा न्यूनतम कार्यक्रम
सरकारको साझा न्यूनतम कार्यक्रम निर्धारण गर्न गठन भएको कार्यदलले गठबन्धन आबद्ध दलका शीर्ष नेतासमक्ष साझा न्यूनतम कार्यक्रम प्रस्तुत गरेको छ ।

प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेपाल कम्युनिष्ट पार्टी(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसमक्ष साझा न्यूनतम कार्यक्रम प्रस्तुत गरिएको हो ।

जनमत पार्टीको केन्द्रीय समिति बैठक सुरु

विश्वमञ्चमा नेपालीले उल्लेखनीय प्रगति गरेका छन् : प्रधानमन्त्री

राष्ट्रियसभाअन्तर्गत दुई विषयगत समितिका सभापति निर्विरोध निर्वाचित

जनताका निराशालाई चिर्दै सरकार अघि बढ्ने गरि साझा कार्यक्रम तयार : माधव नेपाल

सुशासन कायम गर्दै नीतिगत सुधारका पक्षमा सरकारले काम गर्नुपर्छ : स्वर्णिम वाग्ले

भ्रष्टाचारमुक्त समाज निर्माणमा जुटौँ

राष्ट्रपति पौडेलद्वारा सालिक अनावरण
राष्ट्रपति रामचन्द्र पौडेलले जिल्लाको पिपरा गाउँपालिका– ४ मा निर्मित पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता स्वर्गीय रामनारायण मिश्र, जलेश्वर नगरपालिका– ५ मा निर्मित पूर्वमन्त्री स्वर्गीय गणेश नेपाली र मटिहानी नगरपालिका– ८ मा निर्मित सहिद केशव कोइरालाको सालिक अनावरण गरेका छन् ।

राष्ट्रपति पौडेलले पिपरामा नेता मिश्रको, त्यसपछि नेता नेपालीको र अन्त्यमा सहिद केशव कोइरालाको सालिक अनावरण गरेका हुन् ।


सालिक अनावरण गर्दै राष्ट्रपति पौडेलले सहिद एवं पूर्वनेता देशका धरोहर हुन् भन्दै उनीहरूप्रति सबैको श्रद्धाभाव हुनुपर्ने बताए। उनीहरूले देशका लागि गरेको योगदानलाई हामीले बिर्सिन नहुने तथा उहाँहरूले देखाउनुभएको बाटोमा सधैँ हिँड्नुपर्नेमा राष्ट्रपतिले जोड दिए।

तल्लो तहका जनताको उत्थान नै वर्तमान व्यवस्थाको उद्देश्य : राष्ट्रपति पौडेल

गुणस्तरीय शिक्षाका लागि उपलब्ध शक्ति र सामथ्र्य प्रयोग गर्नुपर्छ

राष्ट्रपति पौडेलद्वारा जलेश्वरनाथको पूजाअर्चना

सिक्टाले लिफ्टिङ सिँचाइ योजना सुरु गर्दै

राष्ट्र शान्तिका लागि विशेष पूजा

स्वयम्भू महाचैत्यको जीर्णोद्धार

सरकारका नीति परिवर्तन हुँदैनन्, कार्यशैली परिवर्तन हुन्छ : अर्थमन्त्री पुन
अर्थमन्त्री वर्षमान पुनले मुलुकको अर्थतन्त्रमा देखिएको शिथिलता चिर्न सरकारका नीतिहरू परिवर्तन नहुने तर काम गर्ने शैली भने परिवर्तन हुने बताएका छन् । राष्ट्रिय वाणिज्य बैंकले आयोजना गरेको ‘आरबिबिएल म्यानेजमेन्ट कन्फ्रेन्स २०२४’ मा अर्थमन्त्री पुनले स्वदेशमा काम गर्ने वातावरण सृजना गर्ने गरी सरकारले काम गर्ने प्रतिबद्धता व्यक्त गरे।

आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा संसद्मा छलफल चलिरहेको बताउँदै अर्थमन्त्री पुनले सरकारले लिने नीतिहरू परिवर्तन नहुने तर कार्यशैली परिवर्तन हुने बताए।

‘बैंक तथा वित्तीय संस्थाको कर्जा उत्पादनमूलक क्षेत्रमा प्रवाह हुनुपर्छ’

देशको आर्थिक सुधार पहिलो प्राथमिकता हो : मन्त्री राई

भरतपुर भ्रमण वर्ष सफल पार्न प्रमुख दाहालको आग्रह

आगलागीबाट ३० लाख बराबरको क्षति

रामेछापमा आगलागी हुँदा ८ घर जलेर नष्ट, करोडौँको क्षति

भौतिक पूर्वधारमा अब्बल बन्दै शुक्लाफाँटा

नयाँ प्रविधिले अस्पतालको फोहर व्यवस्थापनमा सहज

रुबेला-दादुराविरुद्धको खोप दुई लाख बढीले लगाए

काठमाडौंमा ह्विलचेयर दौड प्रतियोगिता सम्पन्न
बोधिसत्व इन एक्सन् (बीआइए) इन्स्टिच्युटको आयोजनामा अपांगता भएका व्यक्तिहरूको सहभागितामा ह्विलचेयर दौड प्रतियोगिता सम्पन्न भएको छ । आज भएको पाँच किमी लामो दौड प्रतियोगिता काठमाडौँको भृकुटीमण्डपबाट सुरु भई भद्रकाली, सहिद गेट, न्यूरोड गेट, रानीपोखरी, जमल, दरबारमार्ग हुँदै भृकुटीमण्डपमा आएर समापन भएको थियो ।

प्रतियोगितामा महिला र पुरुष गरी दुई समूहको अलगअलग प्रतिस्पर्धा भएको आयोजकले जनाएको छ । प्रतियोगितामा करिब दुई सय जनाको सहभागिता थियो ।

शुक्लाफाँटामा चार दशकपछि घडियाल पुनःस्थापन

कैलालीमा ट्रकमा आगलागी

सवारी दुर्घटनामा एक जनाको मृत्यु

अन्तर्राष्ट्रिय…

प्रधानमन्त्री मोदी आगामी साता भुटान भ्रमणमा जाने
प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्ना भुटानी समकक्षी दासो छिरिङ तोग्वेको निमन्त्रणा स्वीकार गर्दै आगामी साता भुटान भ्रमण गर्ने तयारी गरेका छन् । भ्रमणको अन्तिम तालिका भने सार्वजनिक हुन बाँकी छ ।

भुटानी प्रधानमन्त्री तोग्वेले बिहीबार नयाँदिल्लीमा प्रधानमन्त्री मोदीसँग भेट गरेका थिए ।

आगलागीबाट कायरोमा प्रतिष्ठित अरब फिल्म स्टुडियो ध्वस्त

महिला सशक्तिकरणको लागि चीनले विशेष भूमिका खेल्ने

अभिनेता जर्जी वाङलाई ६ वर्षको जेल सजाय

विदेशी पर्यटकको चाप बढेसँगै श्रीलंकाको अर्थतन्त्रमा राहत

प्रकाशित मिति : ३ चैत्र २०८०, शनिबार  ७ : ५९ बजे

चितवनमा ५१ जनामा डेङ्गु सङ्क्रमण

चितवन– चितवनमा ६४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । तीन

मनाङबाट ३२ किलो यार्सागुम्बा निकासी

मनाङ– मनाङको तल्लो क्षेत्रमा यार्सागुम्बा सङ्कलन कार्य सम्पन्न भएको छ

म्याग्दीको रुममा चारसय परिवारलाई खानेपानी

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–२ रुममा ‘एक घर, एक धारा’ सहितको

काठमाडौं उपत्यका : एकै दिन घुम्न सकिन्छ सात सम्पदा

काठमाडौं – खुला संग्रहालयको रुपमा विश्वसामु परिचित काठमाडौं उपत्यका जहाँ

तीन दशकपछि सडक कालोपत्र

तनहुँ– करिब तीन दशकअघि रेखाङ्कन गरिएको तनहुँको भानु नगरपालिकास्थित कालीमाटीदेखि