आज सेतो मत्स्येन्द्रनाथको रथयात्रा सुरु हुँदै | Khabarhub Khabarhub

आज सेतो मत्स्येन्द्रनाथको रथयात्रा सुरु हुँदै


४ बैशाख २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– वर्षा र सहकालका देवता सेतो मत्स्येन्द्रनाथको रथयात्रा आज सुरु हुँदैछ। काठमाडौँको जमलस्थित तीनधारा पाठशालामा आज अपराह्न मत्स्येन्द्रनाथको रथारोहणपछि रथयात्रा सुरु हुनेछ ।

काठमाडौँ उपत्यकाका वृद्धवृद्धालाई दर्शन गराउन रथलाई नगर परिक्रमा गराउने चलन छ । सेतो मत्स्येन्द्रनाथको दर्शन गरे सुख, सुस्वास्थ्य, दीर्घायु तथा आर्थिक उन्नति हुने विश्वास रहिआएको छ ।

करुणामय र आर्याअवलोकितेश्वरको नामबाट पनि चिनिने सेतो मत्स्येन्द्रनाथलाई जनबहालबाट नगरपरिक्रमा गराई तीनधारा पाठशाला अघि बनाइएको रथमा प्रतिस्थापन गराइएपछि नगर परिक्रमा गर्ने प्रचलन छ।

सेतो मत्स्येन्द्रनाथको रथ मछिन्द्र बहालदेखि तीनधारा पाठशाला, जमल, रत्नपार्क, भोटाहिटी हुँदै असन, बालकुमारी, केल टोल, इन्द्रचोक मखन हुँदै हनुमान ढोका, चिंकमुगल, जैशीदेवल, ज्याबहाल हुँदै लगनसम्म लगिन्छ।

त्यसैगरी लगन आमा रुख परिक्रमा, लगन, ज्याबहाल, द्यः लं, यूतुननी, कोहिति भीमसेन थान, मरु, यट्खा, नरदेवी, किलागल, भेडासिङ, केलटोल हुँदै मछिन्द्रबहालसम्म रथयात्रा गराइन्छ ।

त्यस्तै रथयात्रको आज पहिलो दिन रथलाई जमलबाट रत्नपार्क, भोटाहिटी हुँदै असन ल्याइ विश्राम गराइन्छ र पहिलो दिनको यात्रा समापन गरिन्छ।

त्यस्तै भोलि नवमीको दिन रथलाई असनबाट तानेर केलटोल जनबहाल, इन्द्रचोक, मखन हुँदै हनुमानढोका कालभैरव पुर्याइन्छ ।

तेस्रो दिन हनुमानढोकाबाट मरु, चिकंमुगल, जोशीदेवल हुँदै लगन पुर्याइन्छ र विश्राम गराइन्छ । चौथो दिन लगनमा रहेको माँ सिमा, जसलाई मत्स्येन्द्रनाथको आमा मानिन्छ, माँ सीमाको ३ पल्ट परिक्रमा गराएसँगै जात्रा समापन गर्दै खटमा राखी पुन खट जात्रा गर्दै जनवहालमा सेतो मत्स्येन्द्रनाथ भित्र्याउने परम्परा रहिआएको छ।

 

प्रकाशित मिति : ४ बैशाख २०८१, मंगलबार  १० : २१ बजे

इलाम २ : सुहाङको फराकिलो अग्रता, मिलनलाई जमानत जोगाउन सकस

काठमाडौं । प्रतिनिधिसभाका लागि इलाम क्षेत्र नम्बर २ मा शनिबार

दिल्लीविरुद्ध कोलकत्ताको सानदार जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपीएल)मा दिल्ली क्यापिटल्सविरुद्ध कोलकाता नाइट

इलाम २ : डकेन्द्रले कटाए १० हजार मत, सुहाङको अग्रता कायमै

काठमाडौं । प्रतिनिधिसभाका लागि इलाम क्षेत्र नम्बर २ मा शनिबार

सकियो लगानी सम्मेलन, निजी क्षेत्रले १० अर्बको प्रतिबद्धता जुटाउँदा सरकार शून्यमा !

काठमाडौं – सरकार र निजी क्षेत्रले आयोजना गरेको ‘उदयीमान नेपाल

श्रमिकको अवस्था सन्तोषजनक छैन : मन्त्री अर्याल

काठमाडौं – श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डिपी अर्यालले संविधानले