आज सेतो मत्स्येन्द्रनाथको रथयात्रा सुरु हुँदै « Khabarhub

आज सेतो मत्स्येन्द्रनाथको रथयात्रा सुरु हुँदै


४ बैशाख २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– वर्षा र सहकालका देवता सेतो मत्स्येन्द्रनाथको रथयात्रा आज सुरु हुँदैछ। काठमाडौँको जमलस्थित तीनधारा पाठशालामा आज अपराह्न मत्स्येन्द्रनाथको रथारोहणपछि रथयात्रा सुरु हुनेछ ।

काठमाडौँ उपत्यकाका वृद्धवृद्धालाई दर्शन गराउन रथलाई नगर परिक्रमा गराउने चलन छ । सेतो मत्स्येन्द्रनाथको दर्शन गरे सुख, सुस्वास्थ्य, दीर्घायु तथा आर्थिक उन्नति हुने विश्वास रहिआएको छ ।

करुणामय र आर्याअवलोकितेश्वरको नामबाट पनि चिनिने सेतो मत्स्येन्द्रनाथलाई जनबहालबाट नगरपरिक्रमा गराई तीनधारा पाठशाला अघि बनाइएको रथमा प्रतिस्थापन गराइएपछि नगर परिक्रमा गर्ने प्रचलन छ।

सेतो मत्स्येन्द्रनाथको रथ मछिन्द्र बहालदेखि तीनधारा पाठशाला, जमल, रत्नपार्क, भोटाहिटी हुँदै असन, बालकुमारी, केल टोल, इन्द्रचोक मखन हुँदै हनुमान ढोका, चिंकमुगल, जैशीदेवल, ज्याबहाल हुँदै लगनसम्म लगिन्छ।

त्यसैगरी लगन आमा रुख परिक्रमा, लगन, ज्याबहाल, द्यः लं, यूतुननी, कोहिति भीमसेन थान, मरु, यट्खा, नरदेवी, किलागल, भेडासिङ, केलटोल हुँदै मछिन्द्रबहालसम्म रथयात्रा गराइन्छ ।

त्यस्तै रथयात्रको आज पहिलो दिन रथलाई जमलबाट रत्नपार्क, भोटाहिटी हुँदै असन ल्याइ विश्राम गराइन्छ र पहिलो दिनको यात्रा समापन गरिन्छ।

त्यस्तै भोलि नवमीको दिन रथलाई असनबाट तानेर केलटोल जनबहाल, इन्द्रचोक, मखन हुँदै हनुमानढोका कालभैरव पुर्याइन्छ ।

तेस्रो दिन हनुमानढोकाबाट मरु, चिकंमुगल, जोशीदेवल हुँदै लगन पुर्याइन्छ र विश्राम गराइन्छ । चौथो दिन लगनमा रहेको माँ सिमा, जसलाई मत्स्येन्द्रनाथको आमा मानिन्छ, माँ सीमाको ३ पल्ट परिक्रमा गराएसँगै जात्रा समापन गर्दै खटमा राखी पुन खट जात्रा गर्दै जनवहालमा सेतो मत्स्येन्द्रनाथ भित्र्याउने परम्परा रहिआएको छ।

 

प्रकाशित मिति : ४ बैशाख २०८१, मंगलबार  १० : २१ बजे

बंगलादेशका युवा खेलाडी अरिफुल इस्लाम कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि कर्णाली

दाङका १६१ खाद्य व्यवसायमा अनुगमन

दाङ – खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, तुलसीपुर

चितवनमा ३ हजार ३६२ मतदाताको नाम मतदाता नामावलीबाट हटाइयो

नारायणगढ – जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने

भारतमा विरोध प्रदर्शनमा थुनिएका व्यक्तिहरूलाई रिहा गर्न ‘यूएनएचसीआर’ को आग्रह

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको मानव अधिकार उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) ले

हुथी आक्रमणपछि रियाद विमानस्थल खाली गराइयो

रियाद – यमनका हुथीहरूले शनिबार रियादको अन्तर्राष्ट्रिय विमानस्थलमा क्षेप्यास्त्र प्रहार