आज चैते दसैँ पर्व मनाइँदै « Khabarhub

आज चैते दसैँ पर्व मनाइँदै


४ बैशाख २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आज चैते दसैँ पर्व हर्षोल्लासका साथ मनाइँदै छ। हिन्दु धर्मावलम्बीहरूले आज आफ्नो घर तथा शक्तिपीठहरूमा गएर दुर्गा भवानीको पूजाआजा गरी चैते दसैँ मनाइरहेका छन् ।

प्रत्येक वर्ष चैत शुक्ल अष्टमीका दिनलाई हिन्दुहरूले चैते दसैँका रुपमा मनाउने गर्छन्। चैत प्रतिपदाका दिनदेखि सुरु हुने चैत्र नवदुर्गाको आठौं दिन महाकालीको विशेष पूजा गर्ने गरिन्छ।

असुर शक्तिमाथि दैवी शक्तिको विजय तथा असत्यमाथि सत्यको विजयका रुपमा लिइने दसैँ हिन्दु धर्मावलम्बीहरूले वर्षमा दुई पटक (असोजचैतमा) मनाउने गर्दछन् । तर यसपटक भने २०८० सालको चैते दसैँ आज परेको छ । असोजमा मनाइने दसैँलाई ‘बडादसैँ’को रुपमा मनाइन्छ भने चैत शुक्ल अष्टमीमा मनाइने दसैँलाई ‘चैते दसैँ’ भनिन्छ ।

देशका विभिन्न शक्तिपीठहरूमा बिहानैदेखि श्रद्धालु भक्तजनहरूको भिड लागेको छ। आज काठमाडौँको भद्रकाली, शोभाभगवती, दक्षिणकाली, गुहेश्वरी, संकटा, नक्साल भगवतीका साथै गोरखाको मनकामना, गोरखकाली, काभ्रेको पलाञ्चोक भगवती, पोखराको बिन्ध्यबासिनी, बागलुङको कालिका मन्दिर, जनकपुरको राजदेवी मन्दिर, सप्तरीको छिन्नमस्ता मन्दिरलगायत देशभरका शक्तिपीठहरुमा बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ।

प्रकाशित मिति : ४ बैशाख २०८१, मंगलबार  १० : ३१ बजे

जलवायु न्यायको माग गर्दै माइतीघर मण्डलामा प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय जेन-जी नागरिक अभियानले जलवायु न्यायको माग गर्दै बिहीबार

शिक्षक सेवा आयोगको अध्यक्षमा डा. हरिप्रसाद लम्साल

काठमाडौं– सरकारले शिक्षक सेवा आयोगको अध्यक्षमा पूर्व सचिव डा. हरिप्रसाद

गमगढी–नाक्चेलाग्ना नाका सडक लथालिङ्ग

मुगु– गमगढी–नाक्चेलाग्ना  सडक  लथालिङ्ग अवस्थामा पुगेको छ ।   नेपाल

सहसचिवद्वय खत्री र कुँवर सचिवमा बढुवा

काठमाडौं– सरकारले सहसचिवद्वय उत्तरकुमार खत्री र बिनोदबहादुर कुँवरलाई सचिव पदमा

प्रधानमन्त्री बालेनको अमेरिका भ्रमण स्वीकृत

काठमाडौं- सरकारले संयुक्त राष्ट्रसंघको ८१ औँ महासभामा प्रधानमन्त्री वालेन्द्र शाहको