दुर्गम गाउँमा पहिलो पटक स्वास्थ्य शिविर « Khabarhub

दुर्गम गाउँमा पहिलो पटक स्वास्थ्य शिविर


४ बैशाख २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


804
Shares
  • change font
  • change font
  • change font

मान्म– कालीकोट जिल्लाको दुर्गम गाउँ नरहरिनाथ गाउँपालिका–७ उच्छवमा पहिलो पटक स्वास्थ्य शिविर सम्पन्न भएको छ । उच्छव गाउँमा अहिलेसम्म कुनै शिविर सञ्चालन नभएकामा सोमबार गाउँपालिकाको आयोजनामा पहिलो पटक स्वास्थ्य शिविर सम्पन्न भएको हो । 

उच्छव गाउँमा पहिलो एकीकृत स्वास्थ्य शिविर सञ्चालन गरेर विभिन्न बिरामीको स्वास्थ्य जाँच गरिएको छ । गाउँमा पहिलो पटक स्वास्थ्य शिविरको आयोजना भएको भन्दै यस्ता शिविरमार्फत वृद्धवृद्धाले सेवा लिन सहज हुने नरहरिनाथ–७ का ७५ वर्षीया रामबहादुर बोहोराले बताए। समयसमयमा स्थानीय सरकारले यस्ता शिविर आयोजना गर्नुपर्नेमा उनले जोड दिए।

‘मैले पहिलो पटक गाउँमा नै स्वास्थ्यकर्मी आएर शिविर चलाएको देखेँ’, बोहोराले भने, ‘अहिलेसम्म गाउँमा स्वास्थ्य शिविर सञ्चालन भएको थिएन ।’ 

गाउँपालिकाको आधारभूत स्वास्थ्य तथा सरसफाइ शाखाले आयोजना गरेको शिविरमा अल्ट्रा साउण्ड, आँखाको परीक्षण, गर्भवती जाँच, प्रयोगशाला सेवा बहिरङ्ग सेवालगायत स्वास्थ्य परीक्षण गरिएको शाखा प्रमुख मानबहादुर सहकारीले बताए। उनका अनुसार शिविरमार्फत तीन सय ४२ जनाले स्वास्थ्य परीक्षण गराएका छन् ।

बहिरङ्ग सेवाअन्तर्गत सामान्य जाँच एक सय ९० जनाले गरेका सहकारीले बताए। उनका अनुसार हाइपरटेन्सन पाँच जनामा देखिएको थियो । उनले भने, ‘स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेको बस्तीमा पहिलो पटक स्वास्थ्य शिविरको आयोजना गरेका हौँ ।’

नागरिकको स्वास्थ्य सेवा र पहुँच विस्तारलाई पहिलो प्राथमिकतामा राखेर पहिलोपटक उच्छव गाउँमा स्वास्थ्य शिविर सञ्चालन गरिएको गाउँपालिकाका अध्यक्ष नगेन्द्र विष्टले बताए। ‘हामी नागरिकको स्वास्थ्य अवस्थाका विषयमा चिन्तित छौँ’, उनले भने, ‘त्यसैले दुर्गम गाउँमा आएर शिविर सञ्चालन गरेका हौँ ।’

प्रकाशित मिति : ४ बैशाख २०८१, मंगलबार  ४ : ०५ बजे

सर्वदलीय बैठकमा गगन र प्रचण्डको आक्रोश : यस्तो बेलामा प्रधानमन्त्री ठालु भएर बस्ने हो ?

काठमाडौँ – सुनसरीमा उत्पन्न तनावपूर्ण परिस्थिति र शान्ति-सुरक्षाको अवस्थालाई लिएर

चिकित्सकहरूको आन्दोलन आज पनि जारी, उपचार सेवा ठप्प (तस्बिरहरु)

काठमाडौँ– नेपाल चिकित्सक सङ्घले आज पनि देशभरका सरकारी तथा निजी

सर्वदलीय बैठकमा प्रचण्डको प्रश्न– सरकार सुनसरी घटनाको समाधानतर्फ किन अग्रसर हुन सकेन ?

काठमाडौँ – नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

सर्वदलीय बैठकमा कांग्रेस सभापति थापाले के भने ?

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरीको देवानगञ्ज लगायत देशका

कप्तानगञ्ज घटना राज्य प्रायोजित आतंक हो : नेकपा

काठमाडौँ – नेपाली कम्युनिष्ट पार्टीले सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको