प्रमुख प्रशासकीय अधिकृत अर्याल सम्मानित | Khabarhub Khabarhub

प्रमुख प्रशासकीय अधिकृत अर्याल सम्मानित


४ बैशाख २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चन्द्रागिरि नगरपालिकाको ऐतिहासिक, धार्मिक एवं सांस्कृतिकस्थल संरक्षणमा अतुलनीय योगदान दिएबापत प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्याल सम्मानित भएका छन्। 

चन्द्रागिरि–२ कोइरालाथोकमा जारी ऐतिहासिक (चण्डिका देवी) श्रीमद्देवी भागत ज्ञान विराट ज्ञान महायज्ञ तथा धार्मिक महोत्सवमा उनी सम्मानित भएका हुन्  । 

महोत्सव मूल समारोह समितिका संयोजक राजेन्द्र कोइराला, उपसंयोजक मधुकर बस्नेत तथा महायज्ञको मूल वाचक पण्डित विजय सिग्देलले प्रमुख प्रशासकीय अधिकृत अर्याललाई दोसल्ला ओढाइ सम्मान गरेका हुन् ।  

सो अवसरमा सम्मानित व्यक्तित्व अर्यालले धर्म र कर्मको संयोजनबाट नै सुसभ्य समाज निर्माण हुने बताए । चण्डिका देवी मन्दिर निर्माण तथा सो क्षेत्रको धार्मिक विकास गर्न कोष स्थापना गर्ने ध्येयले सो महायज्ञ लगाइएको संयोजक कोइरालाले जानकारी दिए।  

प्रकाशित मिति : ४ बैशाख २०८१, मंगलबार  ७ : १६ बजे

अवैध आप्रवासीमा लागि फ्लोरिडामा जेल तयार, ट्रम्प भन्छन्- ‘दुष्ट व्यक्तिको घर हो’

फ्लोरिडा : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्लोरिडामा रहेको डिटेन्सन सेन्टर

अर्घाखाँचीको सुपादेउरालीमा केबलकार निर्माण गरिने

अर्घाखाँची– अर्घाखाँचीको सुपादेउराली मन्दिरमा जानआउन केबलकार निर्माण गरिने भएको छ

पाँचखालवासीलाई बिरामी पर्दा निःशुल्क रगतको व्यवस्था

काभ्रेपलाञ्चोक– पाँचखाल नगरपालिकाले आफ्ना नगरवासीलाई बिरामी पर्दा निःशुल्क रगत उपलब्ध

स्रोत नखुलेको रकमसहित तीनजना पक्राउ

पर्सा– पर्सा प्रहरीले स्रोत नखुलेको २८ लाख २८ हजार हुण्डीको

बुकीपाटन पुग्न पदमार्ग र काठेपुल निर्माण

बागलुङ– पाँच वर्ष अगाडिसम्म ढोरपाटनको बुकीपाटन गुमनाम जस्तै थियो ।