आज सीता जयन्ती मनाइँदै « Khabarhub

आज सीता जयन्ती मनाइँदै


३ जेठ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आज सीता जयन्ती पर्व मनाइँदै छ । प्रत्येक वर्ष वैशाख शुक्ल नवमीका दिन विशेष पूजा अर्चनासहित माता सीता उत्पत्ति दिवस अर्थात् सीता जयन्ती मनाउने गरिन्छ ।

सीता जयन्तीका अवसरमा आज जनकपुरधामलगायत देशभरका रामजानकी मन्दिरमा विशेष पूजा आराधना गर्न भक्तजनको ठूलो भीड लागेको छ ।

त्रेता युगमा मिथिलाका राजा जनकले ठूलो यज्ञ गर्दा विधिपूर्वक खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको कथा रामायणलगायत वैदिक दर्शनका धर्मग्रन्थ एवं पुराणमा वर्णन गरिएको छ।

भगवान् विष्णुको छैटौँ अवतारका रुपमा अयोध्याका राजा दशरथका पुत्रका रुपमा श्रीरामको जन्म हुने भएपछि लक्ष्मी सीताका रुपमा उत्पत्ति भएको वर्णन विभिन्न ग्रन्थमा गरिएको छ । सीतालाई सत्यवती, पतिव्रता एवं आदर्श नारीका रुपमा सम्मान गरिन्छ।

सीतालाई सत्यवती, पतिव्रता एवं आदर्श नारीका रूपमा सम्मान गरिन्छ । अयोध्याका राजा दशरथका छोरा राजकुमार रामसँग विवाह भएपछि पितृ आज्ञा पालना गर्न राम वनवास जाँदा सँगै गएकी सीताले रावणबाट हरण हुँदा पनि पतिव्रता धर्म नत्यागेको, रावणलगायत राक्षसमाथि विजय प्राप्त गरी अयोध्या फर्केपछि राजा रामलाई लोकनिन्दाले काम गर्न असहज नहोस् भनी महारानीको पद त्याग गरेर गर्भिणी भए पनि वनवास हिँडेकाले आदर्श नारीका रूपमा सीताको सम्झना गरिन्छ ।

सांस्कृतिक, धार्मिक एवं प्राचीन ग्रन्थको पात्र सीताको योगदानलाई स्मरण गर्दै सरकारले उनलाई राष्ट्रिय विभूतिका रूपमा सम्मान दिएको छ ।

 

प्रकाशित मिति : ३ जेठ २०८१, बिहीबार  ७ : १८ बजे

सरकारका प्रवक्ता भन्छन् : रास्वपा सभापतिको भारत भ्रमणसँग प्रधानमन्त्रीको कुनै सम्बन्ध छैन

काठमाडौं- सरकारले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले गर्न लागेको

निर्वाचनलाई निष्पक्ष र भयरहित बनाउन मतदान केन्द्र व्यवस्थापनमा ध्यान दिन आग्रह

काठमाडौं– आगामी निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गराउन

यस्ता छन् मन्त्रिपरिषद्को बैठकका चार निर्णय

काठमाडौं- सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले विभिन्न चारवटा निर्णय गरेको छ।

नागरिक उड्ययन प्राधिकरणको महानिर्देशकमा सहसचिव डंगोल

काठमाडौं- सरकारले नेपाल नागरिक उड्ययन प्राधिकरणको महानिर्देशकमा सहसचिव मुकेश डंगोललाई नियुक्त 

सडक असहज : सेवाग्राहीलाई समस्या

मुस्ताङ– जोमसोम जिल्लाको एक मात्र २५ शय्याको प्रदेश अस्पताल जोड्ने