सत्तापक्षको अडान : गृहमन्त्रीको राजीनामा नमाग्ने सर्तमा छानबिन समिति बन्छ « Khabarhub

सत्तापक्षको अडान : गृहमन्त्रीको राजीनामा नमाग्ने सर्तमा छानबिन समिति बन्छ


३ जेठ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संसदीय छानबिन समिति बनाएपछि उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा नमाग्ने गरी प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससँग सहमति जुटेको छ । 

सत्ता पक्ष र प्रतिपक्षबीच यही सहमतका आधारमा समग्र सहकारी ठगी प्रकरणमा संसदीय समिति बनाउन लागिएको नेकपा एमाले र नेकपा माओवादी केन्द्रका नेताहरूले बताएका छन् । कांग्रेसले सहकारी ठगी प्रकरणमा संसद्‌मा गृहमन्त्री लामिछानेबारेको छानबिन समिति गठन हुने पक्का भएको छ । 

गृहमन्त्री लामिछानेले बिहीबारको संसद् बैठकमा बोलेपछि छानबिन समिति बनाउन प्रमुख प्रतिपक्षी नेपाली  कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टी पनि तयार भएको एमाले नेताहरूको भनाइ छ ।

नेकपा माओवादी केन्द्रका संसदहरूले छानबिन समिति बनाएपछि कांग्रेसले पनि गृहमन्त्रीको राजीनामा नमाग्ने मोटामोटी सहमति भएको  बताएका छन् ।

माओवादी केन्द्रका एकजना सांसदले खबरहबलाई भने, ‘छानबिन समिति बनेपछि कांग्रेसका साथीहरूले गृहमन्त्रीको राजीनामा माग्दैनौँ भने भन्नु भएको छ ।’ 

ती सांसदका अनुसार गृहमन्त्रीले बोलिसकेपछि कांग्रेस र अन्य नेताले आफ्ना भनाइ राख्नेछन् । त्यसपछि संसदीय छानबिन समिति बनाइने भएको छ ।

एमालेका प्रमुख सचेतक बर्तौलाले पनि बिहीबार अपरान्ह ४ बजेपछि लामो समययता अवरुद्ध संसद् खुल्ने जानकारी दिएका छन् । 

कांग्रेस प्रमुख सचेतक रमेश लेखक पनि छानबिन समिति बनेपछि गृहमन्त्री लामिछानेको राजीनामा नमाग्ने बताउँछन् ।  उनले भने, ‘हामीले राजीनामा मागेकै छैन । संसदीय छानबिन समिति बनाऊँ मात्रै भनेका हौँ ।’

प्रकाशित मिति : ३ जेठ २०८१, बिहीबार  १ : ३९ बजे

दुई दशकपछि इराकबाट अमेरिकी सेना फिर्ता, इरानको प्रभाव बढ्ने

काठमाडौं- अमेरिकाले इराकमा रहेको आफ्ना अन्तिम सैन्य आधार शिविरबाट बुधबारसम्म

ओलीको चेतावनी- पार्टीभित्र अराजकता र अनुशासनहीनता चल्दैन 

काठमाडौं – नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र अराजकता, अनुशासनहीनता र

बाढी–पहिरोबाट अवरुद्ध एनटीसीका १३० साइट अझै सञ्चालनमा आएनन्

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले बाढी तथा पहिरोका

टिपरको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु

जनकपुरधाम– जनकपुरधाम–ढल्केवर सडकखण्डअन्तर्गत धनुषाको रमदैयास्थित राजदेव मन्दिर अगाडि टिपरको ठक्करबाट चार

यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय

काठमाडौं– सरकारले अमेरिकी सरकारबाट स्वास्थ्य सेवा सुधारका लागि प्राप्त हुने