बागमती प्रदेशको संसदीय समिति सभापतिको निर्वाचन शनिबार  « Khabarhub

बागमती प्रदेशको संसदीय समिति सभापतिको निर्वाचन शनिबार 


३ जेष्ठ २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

हेटौँडा– बागमती प्रदेशसभा सचिवालयले संसदीय समितिको सभापति निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ ।

सभामुख भुवनकुमार पाठकको निर्देशनमा सचिवालयले बिहीबार एक सूचना प्रकाशित गर्दै प्रदेश मामिला समिति, अर्थ तथा विकास समिति, सार्वजनिक लेखा समिति, उद्योग पर्यटन तथा वातावरण समिति र शिक्षा, स्वास्थ्य तथा कृषि समितिको सभापतिका लागि निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो ।

प्रदेशसभा नियमावली (पहिलो संशोधन) २०७४ को अनुसूची– ३ बमोजिम, सम्बन्धित समितिको सभापतिमा उम्मेदवार बन्न सोही समितिका एक सदस्यको समर्थनमा प्रस्ताव दर्ता गर्नुपर्नेछ ।  

निर्वाचन कार्यतालिका अनुसार, सभापति पदका लागि मनोनयन दर्ता शुक्रबार दिउँसो सुरु हुनेछ। उम्मेदवारको अन्तिम नामावली प्रकाशन शुक्रबार साँझ हुनेछ । मतदान भने जेठ ५ गते शनिबार हुनेछ ।

सम्बन्धित समिति सचिवालयले मतदानका लागि फरक फरक समय निर्धारण गरेका छन्। प्रदेश मामिला समिति सभापति र सार्वजनिक लेखा समिति सभापतिको मतदान शनिार दिउँसो २ बजेदेखि, अर्थ तथा विकास समिति सभापतिको मतदान दिउँसो साढे १२ बजेदेखि, शिक्षा, स्वास्थ्य तथा कृषि समिति सभापति र उद्योग, पर्यटन तथा वातावरण समिति सभापतिको मतदान शनिबार अपराह्न दिउँसो ३:३० बजेदेखि सुरु हुनेछ ।

निर्वाचित समितिका सभापतिहरूको शपथ ग्रहण भने जेठ ६ गते बिहान साढे १० बजे हुने प्रदेशसभा सचिवालयको कार्य तालिकामा उल्लेख छ ।

प्रकाशित मिति : ३ जेष्ठ २०८१, बिहिबार  ५ : ४६ बजे

वाग्मती सफाइ महाअभियान ७०७औँ हप्तामा, उत्तर वाहिनी क्षेत्रमा सफाइ

काठमाडौँ- वाग्मती सफाइ महाअभियानको ७०७औँ हप्तामा गोकर्णेश्वर नगरपालिका–४ स्थित उत्तर

किस्ट अस्पतालले मेदान्तासँगको सहकार्यमा विशेषज्ञ स्वास्थ्य सेवा विस्तार गर्ने

ललितपुर- ललितपुरको ग्वार्कोस्थित किस्ट शिक्षण अस्पतालले भारतको मेदान्ता अस्पतालसँगको सहकार्यमा नेपालमा

यमनको तट नजिक सशस्त्र समूहद्वारा कार्गो जहाज अपहरण

एजेन्सी-  यमनको दक्षिणी तट नजिक सशस्त्र आक्रमणकारीहरूले एक कार्गो जहाज अपहरण

जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गर्न पहल गर्छौँ : मन्त्री श्रेष्ठ

पर्वत- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक

चाडपर्व सकिएसँगै त्रिनगर नाकामा भारत फर्कनेको भीड

कैलाली – दसैँ–तिहारको रमझम सकिएसँगै कैलालीस्थित त्रिनगर–गौरीफन्टा नाकामा भारत फर्कने