केकीको फिल्म ‘बोक्सी घर’ले मनायो ५१ दिन  « Khabarhub

केकीको फिल्म ‘बोक्सी घर’ले मनायो ५१ दिन 


२ असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नायिका एवं निर्माता केकी अधिकारीले निर्माण गरेको फिल्म ‘बोस्सीको घर’ले ५१ दिनमा मनाएको छ । वैशाख १४ गते प्रदर्शनमा आएको यो फिल्मले रञ्जना सिनेपेक्समा ५१ दिन पूरा गरेको हो ।

बोक्सी कुप्रथामा आधारित यस फिल्मले सुरुवाती दिनबाटै दर्शकबाट राम्रो साथ पाएको थियो । यस अवधिमा करिब आधा दर्जन हिट फिल्मसँग यो फिल्मले हलमा प्रतिस्पर्धा गरेको थियो ।

सुरुवातमा चैत ९ देखि प्रदर्शनमा आएको ५१ दिन मनाउन सफल प्रदीप भट्टराई  निर्देशित फिल्म ‘महाजात्रा’यस फिल्मले प्रतिस्पर्धा गरेको थियो ।

त्यसपछि लेखक एवं निर्देशक उपेन्द्र सुब्बाको ‘मनसार’, अनमोल केसीको मुख्य भूमिका रहेको ‘फर्कीफर्की’, मल्टिस्टारर फिल्म ‘पूजार सार्की’ र दयाहाङको मुख्य भूमिका रहेको ‘गाउँ आएको बाटो’सँग हलमा प्रतिस्पर्धा गरेको थियो ।

‘बक्स अफिस’मा हिट साबित भएका यी फिल्मबाहेक ‘लन्डन टू पेरिस’, ‘खजुरे ब्रो’लगायतका फिल्मसँग पनि यसले प्रतिस्पर्धा गरेको थियो ।

हाल यस फिल्मको मुख्य नायिका केकी फिल्म प्रदर्शन गराउन विदेश भ्रमण बाक्लो बनाएकी छन् । सामाजिक सञ्जालमार्फत उनले विदेशका विभिन्न सहर पुगेको जानकारी गराइरहेकी छन् ।

सुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको यो फिल्म केकी अधिकारीको फिल्मस्ले निर्माण गरेको हो । उनका बुबा बद्री अधिकारी यसको निर्माता हुन् भने कार्यकारी निर्माता राज घिमिरे हुन् ।

फिल्ममा केकी सहित सुपला सापकोटा, स्वेच्छा राउत, सुलक्षण भारती रमा थपलियाको मुख्य भूमिका छ ।

प्रकाशित मिति : २ असार २०८१, आइतबार  १ : १२ बजे

विपद् प्रभावितलाई थप १६ लाख सहयोग

काठमाडौँ– नेपाल नेत्रज्योति सङ्घले विपद् प्रभावित नागरिकको उद्धार, राहत तथा

संसदीय समितिमा रहेका विधेयक छिटो टुङ्ग्याउन कांग्रेसको आग्रह

सुदूरपश्चिम– नेपाली कांग्रेसले सामाजिक विकास समितिमा दफावार छलफलका क्रममा रहेका

चक्रवात ‘अर्नब’ले सडक सञ्जालमा ठूलो असर पारेन : मन्त्री लम्साल

काठमाडौं– वर्षाका कारण अवरुद्ध राष्ट्रिय राजमार्ग अन्तर्गत सन्धिखर्क- गोरुसिङ्गे सडक

नेपालका ६ थप हिमाललाई अन्तर्राष्ट्रिय मान्यता दिलाउन पर्यटनमन्त्री पौडेलको पहल

काठमाडौं– संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्ग राज पौडेल ‘गनेस’

एनपीएलमा लोकेश बम सर्वाधिक रन बनाउने खेलाडीको शीर्ष स्थानमा, कसले कति रन बनाए ?

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ अन्तर्गत छैटौं म्याच