भारतको ३ करोड ३९ लाख लगानीमा प्यूठानको ऐरावतीमा विद्यालय भवन « Khabarhub

भारतको ३ करोड ३९ लाख लगानीमा प्यूठानको ऐरावतीमा विद्यालय भवन


२ असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

प्यूठान- नेपाल–भारत विकास सहकार्यअन्तर्गत भारत सरकारको सहयोगमा प्यूठानको ऐरावती गाउँपालिका–१ स्थित दाङबाङ माध्यमिक विद्यालयका लागि निर्माण गरिने विद्यालय एवं छात्रावास भवनको आज शिलान्यास गरिएको छ।

ऐरावती गाउँपालिकाका अध्यक्ष नवील विक्रम शाह र काठमाडौंस्थित भारतीय राजदूतावासका द्वितीय सचिव प्रशान्तकुमार सोनाले भवनको संयुक्तरुपमा शिलान्यास गरेका हुन्।

भारत सरकारको तीन करोड ३९ लाख २ हजार रुपैयाँ आर्थिक सहयोगमा यो परियोजनाको निर्माण गरिनेछ। कार्यक्रममा राजनीतिक प्रतिनिधि, सरकारी अधिकारी, समाजसेवी, विद्यालय व्यवस्थापनका प्रतिनिधि, शिक्षकशिक्षिका, अभिभावक तथा विद्यार्थी उपस्थित थिए ।

भारत सरकारको अनुदान सहयोग यस विद्यालयलाई आवश्यक अन्य सुविधासँगै विद्यालय एवं छात्रावास भवनको निर्माणमा उपयोग गरिनेछ । भारत सरकार र नेपाल सरकारबीच भएको सम्झौताअन्तर्गत यस परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाका रुपमा अघि बढाइएको हो ।

यस परियोजनाको कार्यान्वयन ऐरावती गाउँपालिका, प्यूठानमार्फत गरिनेछ। कार्यक्रममा ऐरावती गाउँपालिकाका अक्षध्य, राजनीतिक प्रतिनिधि र विद्यालय व्यवस्थापन समितिका अध्यक्षले नेपालका जनताको उत्थानका लागि प्राथमिकताका क्षेत्रमा भारत सरकारले पुर्‍याउँदै आएको निरन्तर विकास सहयोगको प्रशंसा गरेका थिए ।

विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि गुणस्तरीय शिक्षा र आवास सुविधा प्रदान गर्न विद्यालयको नयाँ विद्यालय एवम् छात्रावास भवन उपयोगी हुनुका साथै यसले सिकाइका लागि राम्रो वातावरण सिर्जना गर्नेछ। साथै यस क्षेत्रको शिक्षाको विकासमा पनि योगदान पुर्याउने दूतावासले जनाएको छ ।

सन् २००३ यता भारत सरकारले नेपालका विभिन्न क्षेत्रमा पाँच सय ५१ वटाभन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजना अघि बढाएको छ ।

चार सय ९० वटा परियोजना सम्पन्न गरिसकेको छ। यीमध्ये प्यूठानका दुई वटा परियोजनासहित लुम्बिनी प्रदेशमा विभिन्न क्षेत्रमा ६१ वटा परियोजना छन् ।

प्रकाशित मिति : २ असार २०८१, आइतबार  २ : ४१ बजे

संघीय कृषि बजारको दैनिक थोक मूल्य अब मोबाइलबाटै थाहा पाइने

काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्रालयले कृषकलाई कृषि उपजको

देवानगञ्जको तनाव दुई घण्टापछि आयो नियन्त्रणमा

काठमाडौँ। सुनसरीको देवानगन्ज बजारमा भएको झडप नियन्त्रणमा आएको छ ।

सुनसरी घटनाबारे गगन थापा : उत्तेजनामा हैन, गम्भीर भएर सोचौँ र हामी सबै जिम्मेवार बनौँ

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरी घटनाबारे संयम

सुनसरी घटनाबारे छलफल गर्न रवि लामिछानेले बोलाए सर्वदलीय बैठक

काठमाडौँ । रास्वपा सभापति रवि लामिछानेले सुनसरीमा भएको घटनाबारे छलफल

लुम्बिनीमा सवारी दुर्घटनाबाट एक वर्षमै ५८५ को मृत्यु, ८ हजार ५८ जना घाइते

लुम्बिनी । गत आर्थिक वर्ष २०८२/८३ मा लुम्बिनी प्रदेशका १२