बिग्रिएको सम्बन्ध पुनःस्थापना गर्न ईयू र बेलायतबीच वार्ता « Khabarhub

बिग्रिएको सम्बन्ध पुनःस्थापना गर्न ईयू र बेलायतबीच वार्ता


१ श्रावण २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


774
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– बेलायतमा नयाँ सरकार गठन भएसँगै ब्रेक्जिटपछि खस्किएको युरोपेली संघ (ईयू) र बेलायतबीच सम्बन्ध पुनःस्थापना गर्ने उद्देश्यले दुई पक्षका शीर्ष अधिकारीहरूले सोमबार ब्रसेल्समा पहिलोपटक वार्ता गरेका छन् ।  

बेलायतका नवनिर्वाचित प्रधानमन्त्री केइर स्टारमरले युरोपेली संघसँगको वर्षौंदेखि विवादित रहेको सम्बन्धलाई सुधार्ने वाचा गरेका छन् । 

यसै सन्दर्भमा ईयू सम्बन्धका लागी बेलायतका मन्त्री निक थोमस–साइमन्ड्सले ईयूका मारोस सेफकोभिकसँग वार्ता गरेका हुन् । 

‘हामीले सम्बन्ध पुनस्थापना गर्ने कुरा गर्दा सुरक्षित र अधिक समृद्ध युरोप सिर्जना गर्न सुरक्षा र आर्थिक सहयोगलाई सुदृढ पार्ने बारेमा छलफल गर्यौं’, थोमस–साइमन्ड्सले समाजिक सञ्जालमार्फत बताए।  

सेफकोभिकले बैठकलाई रचनात्मक भएको बताए। ‘हाम्रो सहकार्यको लागि तत्पर छौँ’, उनले भने। 

बेलायतका नयाँ प्रधानमन्त्रीले युरोपेली सङ्घसँगको व्यापार द्वन्द्व कम गर्ने वाचा गर्नुभएको छ । तर आफ्नो सरकारले ब्रेक्सिटलाई नउल्टाउने र युरोपेली एकल बजारको हिस्सा नबन्ने कुरामा अडिग रहेको जानकारी दिए ।  

युरोपियन संघले सम्बन्ध सुधारको उद्देश्यले लन्डनबाट आएको प्रस्तावमा विचार गर्न इच्छुक रहेको बताएको छ । साथै बेलायतलाई संघबाट बाहिर निस्कन कठिन ढंगले भएको वार्ताका सम्झौताहरू पुनः खोल्न इच्छुक नरहेको जनाएको छ ।

प्रधानमन्त्री स्टारमरले बिहीबार बेलायतको ब्लेनहेम प्यालेसमा हुने बैठकमा युरोपभरका नेताहरूलाई आमन्त्रित गरेका छन् । 

उक्त सम्मेलनले नयाँ प्रधानमन्त्रीलाई युरोपेली संघका समकक्षीहरूसँग आफ्ना विचारहरू प्रस्तुत गर्ने प्रमुख मञ्च प्रदान गर्नेछ । 

प्रकाशित मिति : १ श्रावण २०८१, मंगलबार  ४ : ५६ बजे

मानव–वन्यजन्तु द्वन्द्व रोक्न वृक्षरोपण अभियान

झापा– वन क्षेत्रको न्यून विस्तार, तीव्र जनसङ्ख्या वृद्धि र बढ्दो

ओमानमा नेपाल-ओमान आर्थिक सहकार्य प्रवर्द्धन कार्यक्रम आयोजना

काठमाडौं– ओमानस्थित नेपाली राजदूतावासले नेपाल र ओमानबीच व्यापार, लगानी, पर्यटन

यातायात व्यवसायी महासंघको नेतृत्वलाई श्रमिकको सम्मन

काठमाडौं– नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको सातौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित

राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले ‘वैकल्पिक, विकास वित्त परिचालन विधेयक, २०८३’

पूर्वअनुमतिबिनाको समुद्री आवागमनविरुद्ध इरानको चेतावनी, हर्मुजमा कारबाहीको संकेत

एजेन्सी– इरानले हर्मुज जलघाँटीबाट पूर्वअनुमति बिना हुने कुनै पनि समुद्री