आजका समाचार : बधाई थाप्दै ओली, सत्ता गुमेपछि समाजवादी मोर्चातिर प्रचण्ड, रवि पुगे सिमलताल | Khabarhub Khabarhub

आजका समाचार : बधाई थाप्दै ओली, सत्ता गुमेपछि समाजवादी मोर्चातिर प्रचण्ड, रवि पुगे सिमलताल


१ श्रावण २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


9.7k
Shares
  • change font
  • change font
  • change font

‘सरकार चलाएको अनुभव छ, अब देशको अवस्था फेर्नेतिर लाग्छु’
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार परिवर्तन ठूलो कुरा नभएको बताएका छन् ।

नेकपा एमाले सिन्धुपाल्चोक जिल्ला कमिटीले मंगलबार बालुवाटारमा गरेको बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै पार्टी अध्यक्षसमेत रहेका ओलीले देशको अवस्था परिवर्तन मुख्य कुरा हुनुपर्ने बताए ।


सरकार परिवर्तन भएपछि नेपाली जनतामा आशा र विश्वास जागेको उनको भनाइ छ ।

‘सरकार परिवर्तन हुनु धेरै ठूलो कुरा होइन, सरकार समय समयमा परिवर्तन भइरहन्छ’, उनले भने, ‘तर, यस परिवर्तनले एउटा नयाँ आशा, भरोसा पनि जगाएको छ। ’ भ्रष्टाचार नियन्त्रण, विकास निर्माणको र जनतालाई राहत दिने कुरामा आफ्नो ध्यान केन्द्रित भएको उनले बताए ।

‘प्रधानमन्त्रीको पद मैले लिनुको अर्थ, स्वीकार्नुको अर्थ त्यतिकै प्रधानमन्त्री हुन होइन, प्रधानमन्त्री त म पहिले पनि भइसकेको थिएँ’, उनले भने ।

बालुवाटारबाट प्रधानमन्त्री ओलीले सुनाए नयाँ सरकारका योजना

देशको अवस्था परिवर्तन अहिलेको मुख्य प्राथमिकता : प्रधानमन्त्री ओली

प्रधानमन्त्री ओलीलाई समकक्षीको बधाई

भेटघाटमा सक्रिय भारतीय राजदूत, उपप्रधानमन्त्री सिंहपछि परराष्ट्रमन्त्री राणासँग संवाद

उपप्रधानमन्त्री सिंहसँग भारतीय राजदूतको भेट

प्रचण्डले सत्ता छाडेपछि सक्रिय समाजवादी मोर्चा, उपेन्द्र यादव गएनन्
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल असार २८ गते सत्ताबाट बाहिरिएसँगै समाजवादी मोर्चा ब्यूँताएका छन् ।

दाहाल सत्तामा हुन्जेल मोर्चालाई चासो र प्राथमिकता दिएका थिएनन् । तर असार १७ गते राति कांग्रेस र एमालेको सहमतिले दाहालले अचानक सत्ताबाट हात धुनुपरेपछि कम्युनिस्ट विचारधाराका दलहरूसँगको मोर्चालाई पुनस् सक्रिय गराएका हुन् ।

उनले सत्तामा हुन्जेल यो मोर्चालाई कांग्रेस र एमालेसँग बार्गेनिङ पावरका रुपमा प्रयोग गरिरहेको आरोप थियो। यो मोर्चामा माओवादी केन्द्र, एकीकृत समाजवादी, नेत्रविक्रम चन्द नेतृत्वको कम्युनिष्ट पार्टी र महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी छन् ।

समाजवादी मोर्चाको बैठक जारी

राष्ट्रपतिद्वारा तीन विधेयक प्रमाणीकरण

महान्यायाधिवक्ता पोखरेलले दिए राजीनामा, राष्ट्रपतिद्वारा स्वीकृत

नवनियुक्त महिलामन्त्रीद्वारा पदभार ग्रहण

गंगालाल हृदय केन्द्रलाई पाँचसय शय्याको बनाउने मन्त्री पौडेलको प्रतिवद्धता

दुई बस त्रिशूलीमा खसेको ५ दिनपछि सिमलताल पुगे रवि लामिछाने

सिमलताल दुर्घटनाका १५ शव भेटिए
नारागणगढ–मुग्लिन सडकखण्डअन्तर्गत सिमलतालबाट पहिरोसँगै खसेर बेपत्ता बस र यात्रुको खोजीका क्रममा मंगलबारसम्म १५ वटा शव भेटिएका छन् ।

अझै कम्तीमा पनि ४७ जना यात्रुको अवस्था अज्ञात रहेपछि खोजीलाई तीव्र पारिएको छ । भरतपुर महागनरपालिका(२९ सिमलतालस्थित सडकबाट २ वटा बस पहिरोसँगै त्रिशूलीमा खसेको आज ५ दिन भइसकेको छ ।

गत शुक्रबार बिहान ३ बजे दुईवटा बस त्रिशूलीमा खसेपछि अहिलेसम्म अवस्था खुल्न सकेको छैन । तर उक्त बसमा रहेकामध्ये १५ यात्रुको शव घटनास्थलबाट ४० देखि ५० किलोमिटर तल नारायणी किनारमा भेटिएका छन् ।

सिमताल घटना : बेपत्ताको खोजीमा तीन सय सशस्त्र प्रहरी परिचालित

लेखा समितिमा पाँच सदस्यीय उपसमिति गठन

मुस्ताङमा चार लाख २७ हजार पर्यटक भित्रिए

पशुपतिमा आजबाट बृहत् कोटीहोम महायज्ञ सुरु

संसद्‌मा दर्ता भएको विद्युत विधेयक पुनर्लेखन गर्नुपर्छ : इप्पान

जम्मु-कश्मिरमा भिडन्त, क्याप्टेनसहित ५ जना भारतीय सैनिक मारिए
जम्मु-कश्मिरमा पछिल्लो १० दिनमा ११ जना भारतीय सैनिक मारिएका छन् । मंगलबार मात्रै डोडास्थित डेसा जंगलमा भएको भिडन्तमा क्याप्टेनसहित ५ भारतीय सैनिक मारिएका हुन् ।

सेनाका जवानले चरमपन्थीहरूलाई जंगलमा घेरेर राखेको अवस्थामा भिडन्त भएको हो । चरमपन्थीहरूले आफूलाई बचाउन गोली चलाउँदा सेनातर्फ हताहती भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

यसक्रममा भारतीय सेनाका जवानले पनि जवाफी फायरिङ गरेका थिए । उक्त भिडन्तका क्रममा एकजना क्याप्टेनसहित ५ जना सेना गोली लागेर मारिएका हुन् । घाइते सबैलाई अस्पताल लगिएको थियो । उपचारका क्रममा क्याप्टेनसहित ५ जनाले ज्यान गुमाए ।

ओमानको तटीय क्षेत्रमा तेल ट्यांकर पल्टिँदा १६ जना बेपत्ता

अस्ट्रियाका व्यवसायीलाई भारतमा लगानी गर्न मोदीको आह्वान

बिग्रिएको सम्बन्ध पुनःस्थापना गर्न ईयू र बेलायतबीच वार्ता

गोलीकाण्डपछि कानमा पट्टी बाँधेर पार्टी सम्मेलनमा पुगे ट्रम्प

ट्रम्पले बनाए जेडी भान्सलाई उपराष्ट्रपतिको उम्मेदवार

अफगानिस्तानमा सडक दुर्घटना हुँदा १७ जनाको मृत्यु

अफगानिस्तानमा वर्षा र बाढीका कारण ४० जनाको मृत्यु

चीनमा खाद्य असुरक्षा बढ्दै, खेतियोग्य जमिन घट्दै

प्रकाशित मिति : १ श्रावण २०८१, मंगलबार  ८ : ०० बजे

रङ्गीविरङ्गी बत्तीले धनगढीका सडक झिलीमिली

सुदूरपश्चिम – ‘उज्यालो धनगढी अभियान’ अन्तर्गत सडकमा रङ्गीविरङ्गी बत्ती जडान

कार्तिक शुक्ल पञ्चमी : छठको दोस्रो दिन गरियो खरना

काठमाडौं – छठ पर्वको मुख्य व्रत विधि सुरु भएको दोस्रो

सातामा दुई भाग ‘सकस’ ल्याउँदै राजु मास्टर

काठमाडौं- पछिल्लो समयको हिटमध्ये एक सिरियल ‘सकस’ हप्तामा दुई भाग

कीर्तिपुरमा सुरु भयो उप निर्वाचनको माहोल

काठमाडौं । कीर्तिपुर नगरपालिकामा उप निर्वाचनको माहोल सुरु भएको छ

पोखरा महानगरको निर्णयमा लोकसेवाको अंकुश, एक सय २९ कर्मचारीको स्थायी नियुक्ति बदर

पोखरा- गण्डकी प्रदेश लोकसेवा आयोगले पोखरा महानगरपालिकाले स्थायी नियुक्ति दिएका