सहकारीको बचत हिनामिनामा रवि दोषी, चार सहकारीको ८१ करोड गोर्खा मिडियामा ! « Khabarhub

सहकारीको बचत हिनामिनामा रवि दोषी, चार सहकारीको ८१ करोड गोर्खा मिडियामा !


३१ भाद्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने दोषी देखिएका छन् ।

गोर्खा मिडिया नेटवर्कमा ठूला तीन सहकारीको रकम ल्याएको विषयमा सहकारी संस्था बचत रकम संसदीय छानबिन विशेष समितिले लामिछानेलाई दोषी देखाएको हो ।

गोर्खा मिडिया कम्पनीका अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई, प्रबन्ध निर्देशक लामिछाने र सञ्चालक छविलाल जोशीले केवाईसी फर्म भरेर चेकमा हस्ताक्षर गर्ने गरी दुईवटा बैंकमा संयुक्त खाता सञ्चालन गरिरहेको भेटिएको समितिका एक सदस्यले बताएका छन् ।

समितिले गोर्खा मिडिया नेट्वर्कले खोलेको ग्यालेक्सी टेलिभिजन सञ्चालनका लागि देशका तीन ठूला सहकारीबाट ८१ करोड रुपैयाँ बढी भित्र्याएको पनि भेट्टाएको छ ।

लामिछाने प्रबन्ध निर्देशक रहेकै समयसम्म पोखराको सूर्यदर्शन, बुटवलको सुप्रिम, काठमाडौंको स्वर्णलक्ष्मी र चितवनको सहारा सहकारीबाट ८१ करोड ३१ लाख रुपैयाँ गैरकानुनी रूपमा गोर्खा मिडिया नेटवर्कमा भित्रिएको समितिले ठहर गरेको छ ।

समितिले यस प्रकरणमा रविसँगै ९ जनालाई कारबाही गर्नुपर्ने आधारसहितको प्रतिवेदनमा आज संसद्मा पेश गर्दै छ । गोर्खा मिडियाका तत्कालीन अध्यक्ष जीबी राई हाल मलेसियामा लुकेको बताइएको छ ।

उता रवि, तथा गोर्खा मिडियाकै विपिन आचार्यले समितिमै उपस्थित भएर बयान दिएका थिए । रविसँग मात्रै समितिले ५१ वटा प्रश्न सोध्दै ९ घण्टा लामो बयान लिएको थियो । तर रविले आफू सहकारी प्रकरणमा नमुछिएको बताएका छन् । पोखरा गएका बेला सहकारीपीडितले कालोझन्डा देखाउँदा पनि उनले नखाएको विष नलाग्ने जिकिर गरेका थिए ।

समितिका सभापति सूर्यबहादुर थापा क्षत्रीले तीन महिना १५ लिन लामो अनुसन्धानपछि तयार पारिएको प्रतिवेदन सभामुख देवराज घिमिरेलाई प्रतिवेदन सोमबार बुझाउन लागेका हुन् ।

एमाले सांसद थापाको नेतृत्वमा जेठ १५ गते गठन भएको संसदीय छानबिन समितिले जेठ २२ गतेदेखि आफ्नो काम थालेको थियो । शुरुमा तीन महिनाको समय पाएको समितिको भदौ २२ गतेसम्म प्रतिवेदन तयार नभएपछि १५ दिन समय थपिएको थियो ।

समितिले सहकारीसम्बद्ध सरोकारवाला, सरकारी निकाय, ठगी भएका भनिएका सहकारीका वर्तमान र पूर्व पदाधिकारी, सहकारी ठगीको आरोप लागेका विभिन्न व्यक्तिहरूसँग गरी ६३ वटा बैठक गरेको थियो । समितिले शनिबार मात्रै प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गरेको थियो ।

यसैबीच समिति सदस्य एवम् रास्वपा सांसद शिशिर खनालले भने प्रतिवेदन सबै सदस्यहरूले हेर्न बाँकी रहेको बताएका छन् । उनले सामाजिक सञ्जालमार्फत् प्रतिवेदन सबै सदस्यले हेरेर हस्ताक्षर गर्न बाँकी नै रहेको उल्लेख गरेका हुन् ।

समितिमा एमाले सांसद सूर्य थापा संयोजक छन् । सदस्यहरूमा एमालेबाट सरिता भुसाल, नेपाली कांग्रेसबाट बद्री पाण्डे (दिलेन्द्र प्रसाद बडू) र ईश्वरीदेवी न्यौपाने, माओवादी केन्द्रबाट लेखनाथ दाहाल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट शिशिर खनाल र राष्ट्रिय प्रजातन्त्र पार्टीका ध्रुवबहादुर प्रधान छन् ।

कांग्रेस सहमहामन्त्रीसमेत रहेका बद्री पाण्डे पर्यटन मन्त्री बनेपछि बडूले समितिको सदस्यका रूपमा काम गरिरहेका छन् ।

प्रकाशित मिति : ३१ भाद्र २०८१, सोमबार  १२ : ०२ बजे

अमेरिकी आक्रमणपछि इरानको जवाफी हमला, सैन्य अड्डा निशानामा

 एजेन्सी – इस्लामिक रिभोलुसनरी गार्ड कप्र्स (आईआरजीसी) इरानी तटीय क्षेत्रहरूमा

अमेरिका-इरान तनावले मध्यपूर्व युद्धविराममा चुनौती

एजेन्सी– अमेरिकाले ‘स्ट्रेट अफ हर्मुज’ मा व्यावसायिक कार्गो जहाजमाथि इरानले

कति राम्रो ‘हेलम्बु हिमालयन ग्रेट ट्रेल’ (तस्बिरहरू)

काठमाडौं- सिन्धुपाल्चोकको हेलम्बु पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको आकर्षक गन्तव्यका

अपराध अनुसन्धानलाई व्यावसायिक र नतिजामुखी बनाउन मुख्यमन्त्री शाहको जोड

घोडाघोडी- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नागरिक र राज्यको सुरक्षा सुनिश्चित

भेनेजुएलाको भूकम्पमा विदेशी नागरिक पनि प्रभावित

एजेन्सी– भेनेजुएलामा बुधबार गएको दुई शक्तिशाली भूकम्पमा मृत्यु हुनेको सङ्ख्या