कर्णालीविरुद्ध सुदूरपश्चिम ६ विकेटले विजयी, क्वालिफायर १ मा जनकपुरसँग भिड्ने « Khabarhub

कर्णालीविरुद्ध सुदूरपश्चिम ६ विकेटले विजयी, क्वालिफायर १ मा जनकपुरसँग भिड्ने


१ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


810
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल प्रिमियर लिग क्रिकेट अन्तर्गत सोमबार भएको खेलमा सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सलाई ६ विकेटले हराएको छ ।

यससँसै समूह चरणमा शीर्ष स्थानमा रहेको सुदूरपश्चिमले क्वालिफायर १ मा जनकपुर बोल्ट्ससँगको भिडन्त पक्का गरेको छ ।

पहिले ब्याटिङ गर्दै कर्णाली याक्सले दिएको १०२ रनको लक्ष्य सुदूरपश्चिम रोयल्सले १५.२ ओभरमा ४ विकेट गुमाउँदै पूरा गरेको हो ।

सुदूरपश्चिमसँग हारेर पनि कर्णाली प्लेअफमा पुग्न सफल भएको छ । अब उसले क्वालिफायर २ मा चितवन राइनोजसँग प्रतिस्पर्धा गर्ने भएको छ ।

सुदूरविरुद्ध कर्णालीले कम्तीमा पनि १२ रनको जित आफ्नो पक्षमा पारेर १० अंक जोडेको अवस्थामा जनकपुरले चितवन राइनोजसँग इलिमिनेटर खेल्ने थियो ।

तर सुदूरविरुद्धको नतिजा आफ्नो पक्षमा पार्न नसकेको कर्णालीले क्वालिफायर २ पुग्न चितवनसँग भिड्नुपर्ने छ ।

यता क्वालिफायर १ भिडन्तमा बाजी मार्ने सुदूरपश्चिम र जनकपुरमध्ये एक सिधै फाइनलमा उपाधि भिडन्तका लागि पुग्नेछ । पराजित हुनेले इलिमिनेटरको विजेताविरुद्ध फाइनलका लागि खेल्नुपर्ने छ ।

यता सोमबारको खेलमा सुदूरपश्चिमलाई जिताउने क्रममा कप्तान दीपेन्द्रसिंह ऐरी र इशान पाण्डेले ३८/३८ रनको योगदान दिए । साइफ जाइबले ११ रनको योगदान दिए ।

उता कर्णालीका लागि सोमपाल कामी, विपिन शर्मा र नन्दन यादवले समान १/१ विकेट झार्न सफल भए ।

यसअघि त्रिभुवन विश्वविद्यालयको कीर्तिपुरस्थित क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको कर्णालीले २० ओभरमा सबै विकेट गुमाउँदै १०१ रनको योगफल तयार पारेको थियो।

कर्णालीका लागि जिसन मक्सुदले ३०, विल बसिस्टोले १६, बाबर हायतले १२ तथा चाडविक वाल्टन र कप्तान सोमपाल कामीले समान ११ रन बनाए ।

सुदूरपश्चिमका लागि हरमित सिंहले तीन, कप्तान दीपेन्द्रसिंह ऐरी र स्कट कुग्गेलिजनले समान दुई तथा सेफ जैबले एक विकेट लिएका थिए ।

तस्बिर : चिरायु शाक्य

प्रकाशित मिति : १ पुस २०८१, सोमबार  १२ : ०९ बजे

राष्ट्रपति पौडेलद्वारा निर्वाचन आयोगको प्रमुख आयुक्तमा मानबहादुर कार्की नियुक्त

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर

सहरी पूर्वाधार, सौर्य ऊर्जा र वातावरणीय व्यवस्थापनमा सहकार्य

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले काठमाडौं महानगरपालिकासँग सहकार्य

कुवेतको चिनियाँ कम्पनीमा इरानी आक्रमण : एकजना नेपालीको मृत्यु

काठमाडौं– पश्चिम एसिया युद्धको असर वैदेशिक रोजगारीमा रहेका नेपालीमा पनि

सुनसरीको तनाव सिरहा सर्‍यो, ठाउँ ठाउँमा आगजनी (तस्बिरहरू)

काठमाडौं– सुनसरीमा दुई समुदायबीच सुरु भएर अन्य जिल्लामा फैलिएको प्रदर्शन सिरहामा

देश जल्न थाल्यो, पूर्वराजा र राष्ट्रपति बोल्दा पनि तोडिएन प्रधानमन्त्रीको मौनता

काठमाडौं- पाँच दिनदेखि देशका विभिन्न क्षेत्रमा प्रहरी र प्रदर्शनकारीबीच झडप