हिउँदे नगरसभाबाट छ वटा कार्यविधि पारित « Khabarhub

हिउँदे नगरसभाबाट छ वटा कार्यविधि पारित


३ माघ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

बाजुरा– जिल्लाको त्रिवेणी नगरपालिकाको १४औँ नगरसभा तथा हिउँदे अधिवेशनबाट छ वटा कार्यविधि पारित भएका छन् । नगरसभामा पेस भएका छ वटा कार्यविधि सभामा छलफलपछि पारित गरिएको नगर कार्यपालिका सदस्य गणेश साउदले बताए ।

 सदस्य साउदका अनुसार धार्मिक तथा पर्यटकीय क्षेत्र नाटेश्वरीको प्रवर्द्धन एवं संरक्षण गर्न र अन्य पालिकाका खेलकुद, शिक्षाको विकासका लागि सभामा पेस भएका कार्यविधि सभाले पारित गरेको छ । 

 नगरसभाबाट नाटेश्वरी क्षेत्र विकास कोष परिचालन तथा व्यवस्थापन कार्यविधि २०८०, अपाङ्गता भएका व्यक्तिको परिचयपत्र वितरण कार्यविधि २०८०,  रकम व्यवस्थापन र खर्चसम्बन्धी कार्यविधि पारित भएका छन् ।  

नगरसभामा नगरप्रमुख कर्णबहादुर थापाले पेस गरेको आपतकालीन कार्य सञ्चालन केन्द्र २०८०,नगर खेलकुद विकास समिति सञ्चालन कार्यविधि २०८० र कार्यस्थलमा हुने यौनजन्य दुर्व्यवहार (निवारण) आचारसंहिता २०८० सभाले पारित गरेको छ । 

‘शिक्षा, स्वास्थ्य, सडक र पर्यटन त्रिवेणीको पूर्वाधार, सामूहिक तथा व्यावसायिक कृषि समृद्धिको आधार’ भन्ने मूल नाराका १४औँ नगरसभा आयोजना गरिएको थियो ।

प्रकाशित मिति : ३ माघ २०८०, बुधबार  १२ : ५२ बजे

नेपाल फार्मेसी परिषद्को अध्यक्षमा डा. कादिर आलम नियुक्त, लिए शपथ

काठमाडौँ – नेपाल फार्मेसी परिषद्को अध्यक्षमा डा. कादिर आलम नियुक्त

मन्त्रीको निर्देशनपछि सर्त उल्लङ्घन गर्ने बालाजु क्षेत्रको उद्योगको पानी र बिजुली काटियो

काठमाडौँ – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवको निर्देशनपछि बालाजु

राष्ट्र बैंक नियमन नियन्त्रणका लागि मात्र होइन, उत्पादनमा सक्रिय हुनुपर्छ : अर्थमन्त्री वाग्ले

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल राष्ट्र बैंकलाई केवल

मकवानपुरमा तरकारी बोकेको ट्रक दुर्घटना : एक जनाको मृत्यु, चालक घाइते

मकवानपुर – त्रिभुवन राजमार्गअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका-२ स्थित तिलटारमा तरकारी

सरकार र ज्योति रानाभाटबीच १९ बुँदे सहमति, अनसन स्थगित

काठमाडौँ – विभिन्न माग राखेर आमरण अनसनमा बसेकी नर्स ज्योति