हिउँदे नगरसभाबाट छ वटा कार्यविधि पारित « Khabarhub

हिउँदे नगरसभाबाट छ वटा कार्यविधि पारित


३ माघ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

बाजुरा– जिल्लाको त्रिवेणी नगरपालिकाको १४औँ नगरसभा तथा हिउँदे अधिवेशनबाट छ वटा कार्यविधि पारित भएका छन् । नगरसभामा पेस भएका छ वटा कार्यविधि सभामा छलफलपछि पारित गरिएको नगर कार्यपालिका सदस्य गणेश साउदले बताए ।

 सदस्य साउदका अनुसार धार्मिक तथा पर्यटकीय क्षेत्र नाटेश्वरीको प्रवर्द्धन एवं संरक्षण गर्न र अन्य पालिकाका खेलकुद, शिक्षाको विकासका लागि सभामा पेस भएका कार्यविधि सभाले पारित गरेको छ । 

 नगरसभाबाट नाटेश्वरी क्षेत्र विकास कोष परिचालन तथा व्यवस्थापन कार्यविधि २०८०, अपाङ्गता भएका व्यक्तिको परिचयपत्र वितरण कार्यविधि २०८०,  रकम व्यवस्थापन र खर्चसम्बन्धी कार्यविधि पारित भएका छन् ।  

नगरसभामा नगरप्रमुख कर्णबहादुर थापाले पेस गरेको आपतकालीन कार्य सञ्चालन केन्द्र २०८०,नगर खेलकुद विकास समिति सञ्चालन कार्यविधि २०८० र कार्यस्थलमा हुने यौनजन्य दुर्व्यवहार (निवारण) आचारसंहिता २०८० सभाले पारित गरेको छ । 

‘शिक्षा, स्वास्थ्य, सडक र पर्यटन त्रिवेणीको पूर्वाधार, सामूहिक तथा व्यावसायिक कृषि समृद्धिको आधार’ भन्ने मूल नाराका १४औँ नगरसभा आयोजना गरिएको थियो ।

प्रकाशित मिति : ३ माघ २०८०, बुधबार  १२ : ५२ बजे

कोशी प्रदेश सरकारको मन्त्रिमण्डल चाडै नै पुनर्गठन गर्छौँ : शेरधन राई

काठमाडौं– नेकपा एमालेका सचिव एवम् कोशी प्रदेश इन्चार्ज शेरधन राईले

नेपाल बार एशोसिएशनले मनायो ७० औँ स्थापना दिवस

काठमाडौं– कानुन व्यवसायीहरूको छाता सङ्गठन नेपाल बार एशोसिएशनले ७० औँ

१५ औँ महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने गगन थापाको घोषणा

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको १५ औँ महाधिवेशनमा