पहिचानको विषय पनि समाधान हुन्छ : नेता सिटौला « Khabarhub

पहिचानको विषय पनि समाधान हुन्छ : नेता सिटौला


३ माघ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

टक्सार– नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले लामो समयसम्मको द्वन्द्व आपसी समझदारीबाट अन्त्य भएको भन्दै अहिले उठिरहेको पहिचानको मुद्दा पनि समाधान हुने बताएका छन् । 

यही माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका सन्दर्भमा आज भोजपुरका जनप्रतिनिधिसँग कुरा गर्दै उनले राष्ट्रियसभाको निर्वाचन पश्चात् यस विषयमा छलफल हुने बताए।

‘यति ठुलो सङ्घर्ष र द्वन्द्व त समाधान भयो । पहिचानको विषयमा समाधान खोज्नका लागि आपसी समझदारी र छलफल आवश्यक छ’, सिटौलाले भने, ‘माघ ११ गतेको निर्वाचन पश्चात् राष्ट्रियसभाले पूर्णता पाउने छ । पूर्णता पाएसँगै पहिचानको मुद्दामाथि छलफल सुरु भई समाधान निकाल्ने छौँ ।’ उनले संविधान र जनताका पक्षमा काम गर्ने दलका नेतालाई राष्ट्रियसभा निर्वाचनमा मतदान गर्न आग्रह गरे। 

उनले राष्ट्रका चुनौती सामना गर्न सबै दलबीच समझदारी आवश्यक रहेकामा जोड दिए।

प्रकाशित मिति : ३ माघ २०८०, बुधबार  १ : १५ बजे

आजको मौसम पूर्वानुमान : दिनभर तराईमा हुस्सु

काठमाडौं – देशभर पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ ।

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

जीवनमा नयाँ ऊर्जा ल्याउन शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल पुस १२ गते शनिबार तदनुसार

आज २०८२ साल पुस १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस १२ गते शनिबार तदनुसार

गुल्मीमा ३५५ प्रजातिका चरा

गुल्मी – गुल्मीमा चराका प्रजातिको सङ्ख्या ३५५ पुगेको छ ।