किसानलाई अनुदानमा किबिको बिरुवा वितरण  « Khabarhub

किसानलाई अनुदानमा किबिको बिरुवा वितरण 


३ माघ २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

दोलखा– जिल्लाको वैतेश्वर गाउँपालिकाले चालु वर्षको किबि खेती बिस्तार तथा प्रवर्द्धन कार्यक्रम अन्तर्गत स्थानीय किसानलाई ९० प्रतिशत अनुदानमा किबिको बिरुवा वितरण गरेको छ ।

गाउँपालिकाले किबि खेतीयोग्य क्षेत्रको पहिचान गरी वडा नम्बर-६ बाहेकका सात वटा वडामा बुधबार बिरुवा वितरण गरेको वैतेश्वर गाउँपालिकाकी उपाध्यक्ष कल्पना उप्रेतीले जानकारी दिइन् ।

उपाध्यक्ष उप्रेतीका अनुसार पालिकाले वडा नम्बर-१ का ३६ जना किसानलाई १६ सय बिरुवा वितरण गरेको छ।त्यस्तै वडा नम्बर-२ का ६ जना किसानलाई दुई सय पाँचवटा, वडा नम्बर-३ का २४ जना किसानलाई तीन सय ७० वटा बिरुवा वितरण गरेको छ ।

त्यसै गरी वडा नम्बर-४ का २२ जना किसानलाई पाँच सय १३ वटा, वडा नम्बर-५ का ४ जना किसानलाई ९३ वटा बिरुवा वितरण गरेको हो ।

त्यस्तै वडा नम्बर-७ का १४ जना किसानको लागि दुई सय दुई वटा र वडा नम्बर-८ का ४३ जना किसानलाई नौ सय ६५ वटा बिरुवा वितरण गरेको छ ।

गाउँपालिकाले किसानलाई ९० प्रतिशत अनुदानमा हेवाड, मन्ट्टी, एलिसन जातको किबिको बिरुवा वडागत रूपमा वितरण गरेको वैतेश्वर गाउँपालिका कृषि प्राविधिक निरोज पाण्डेले जानकारी दिए। पालिकाले निवेदन र मागको आधारमा किसानलाई बिरुवा वितरण गरेको हो ।

सात वडामा उपाध्यक्ष उप्रेतीको रोहवरमा वडा अध्यक्षलाई बिरुवा वितरण गर्न प्रत्येकवडामा पुगेर बिरुवा हस्तान्तरण गरिएको प्राविधिक पाण्डेले बताए ।

पालिकाले यस वर्ष पालिकामै उत्पादन गरिएको विरुवालाई प्राथमिकता दिएर चार हजार ४४ वटा बिरुवा वितरण गरेको हो ।

एक जना किसानलाई न्युनतम ५ देखी अधिकतम ८० वटा सम्म बिरुवा अनुदानमा उपलब्ध गराइएको हो ।

सात वडाका एक सय पचास जना किसानलाई निवेदन र बिरुवा मागका आधारमा बिरुवा वितरण गरिएको छ ।

सुबास बस्नेत

प्रकाशित मिति : ३ माघ २०८०, बुधबार  ३ : ५४ बजे

जेडी भान्सको राष्ट्रपति उम्मेदवारीबारे अहिले नै भन्नु हतार हुन्छ : ट्रम्प

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उपराष्ट्रपति जेडी भान्सको भावी

दसैँका लागि सेलरोटी पकाउने चटारो

पर्वत – बडादसैँ नजिकिएसँगै पर्वतको फलेबास नगरपालिका–२ मा घरघरमा सेलरोटी

सौराहामा विदेशी पर्यटकले नेपालीसँगै मनाए बडादसैँ

चितवन- नेपालको प्रमुख पर्यटकीय गन्तव्य चितवनको सौराहा घुम्न आएका विदेशी

इराकले इरानसँगको शालमचेह सीमा नाका अर्को सूचना नभएसम्म बन्द गर्ने

काठमाडौं– इराकका प्रधानमन्त्री अली अल जैदीले इरानसँग जोडिएको शालमचेह सीमा

उपराष्ट्रपतिले गरे बडादसैँको टीका ग्रहण

काठमाडौँ– उपराष्ट्रपति रामसहायप्रसाद यादवले आज बिहानको शुभसाइतमा विजयादशमीको टीका, प्रसाद