आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐनसम्बन्धी अध्यादेश सिफारिस गर्ने सरकारको निर्णय « Khabarhub

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐनसम्बन्धी अध्यादेश सिफारिस गर्ने सरकारको निर्णय


३ माघ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐनसम्बन्धी अध्यादेश जारी गर्न सिफारिस गर्ने निर्णय गरेको छ ।

सिंहदरबारमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश २०८० जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

बैठकले राजनीतिक दलसम्बन्धी ऐन २०७३ लाई संशोधन गर्न बनेको विधेयकलाई सदनमा पेश गर्न स्वीकृति दिने निर्णय गरेको छ । त्यस्तै बैठकले नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा पर्वत कुमार कार्कीलाई नियुक्त गरेको छ भने सांस्कृतिक संस्थानको रिक्त महाप्रबन्धक पदमा किरणबाबु पुनलाई नियुक्त गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।

त्यस्तै, बैठकले नरदेवी आयुर्वेद चिकित्सालय बिकास समितिको अध्यक्ष पदमा रमेशचन्द्र न्यौपानेलाई मनोनित गर्ने र गंगालाल अस्पतालको कार्यकारी निर्देशकमा डा रवि मल्ललाई नियुक्त गर्ने निर्णय गरेको प्रवक्ता शर्माले बताइन् ।

प्रकाशित मिति : ३ माघ २०८०, बुधबार  ५ : ०० बजे

च्यातिएको गञ्जी बोकेर प्रदर्शन गर्दै जेन-जी (तस्बिरहरू)

काठमाडौं- जेन-जी नेता मिराज ढुंगााको नेतृत्वको समूहले काठमाडौंको माइतीघरमा आन्दोलन

कोशी प्रदेश सरकारको मन्त्रिमण्डल चाडै नै पुनर्गठन गर्छौँ : शेरधन राई

काठमाडौं– नेकपा एमालेका सचिव एवम् कोशी प्रदेश इन्चार्ज शेरधन राईले

नेपाल बार एशोसिएशनले मनायो ७० औँ स्थापना दिवस

काठमाडौं– कानुन व्यवसायीहरूको छाता सङ्गठन नेपाल बार एशोसिएशनले ७० औँ