आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐनसम्बन्धी अध्यादेश सिफारिस गर्ने सरकारको निर्णय « Khabarhub

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐनसम्बन्धी अध्यादेश सिफारिस गर्ने सरकारको निर्णय


३ माघ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐनसम्बन्धी अध्यादेश जारी गर्न सिफारिस गर्ने निर्णय गरेको छ ।

सिंहदरबारमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश २०८० जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

बैठकले राजनीतिक दलसम्बन्धी ऐन २०७३ लाई संशोधन गर्न बनेको विधेयकलाई सदनमा पेश गर्न स्वीकृति दिने निर्णय गरेको छ । त्यस्तै बैठकले नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा पर्वत कुमार कार्कीलाई नियुक्त गरेको छ भने सांस्कृतिक संस्थानको रिक्त महाप्रबन्धक पदमा किरणबाबु पुनलाई नियुक्त गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।

त्यस्तै, बैठकले नरदेवी आयुर्वेद चिकित्सालय बिकास समितिको अध्यक्ष पदमा रमेशचन्द्र न्यौपानेलाई मनोनित गर्ने र गंगालाल अस्पतालको कार्यकारी निर्देशकमा डा रवि मल्ललाई नियुक्त गर्ने निर्णय गरेको प्रवक्ता शर्माले बताइन् ।

प्रकाशित मिति : ३ माघ २०८०, बुधबार  ५ : ०० बजे

सिमलतालमा खसेको पहिरो हटाइयो, दुई घण्टापछि खुल्यो मुग्लिन-नारायणगढ सडक

चितवन – पहिरोका कारण अवरुद्ध बनेको नारायणगढ-मुग्लिन सडक खण्ड दुई

आर्थमन्त्री र राष्ट्र बैंकका कार्यकारी निर्देशकबीच आज छलफल हुँदै

काठमाडौँ – अर्थतन्त्रका पछिल्ला समस्या पहिल्याउन र समाधानका उपाय पहिल्याउन

जनकपुरको पोखरीमा डुबेर भारतीय दर्शनार्थीको मृत्यु

जनकपुरधाम – जनकपुरधामस्थित जानकी मन्दिरको छेउमा रहेको तेल्हा पोखरीमा डुबेर

समसामयिक विषयमा धारणा सार्वजनिक गर्न आज कांग्रेसको पत्रकार सम्मेलन

काठमाडौँ – नेपाली कांग्रेसले समसामयिक राजनीतिक विषयवस्तुमा पार्टीको आधिकारिक धारणा

रियाल म्याड्रिडमा भिनिसियसको भविष्य अन्योलमा, मोरिन्होको नेतृत्वमा प्रि-सिजन तयारी तीव्र

म्याड्रिड – स्पेनिस फुटबल क्लब रियाल म्याड्रिडका ब्राजिलियन फरवार्ड भिनिसियस