प्रदर्शन तथा भीड नियन्त्रणमा घातक हतियारको प्रयोगमा प्रतिबन्ध लगाउन माग गर्दै रिट दायर « Khabarhub

प्रदर्शन तथा भीड नियन्त्रणमा घातक हतियारको प्रयोगमा प्रतिबन्ध लगाउन माग गर्दै रिट दायर


३ माघ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रदर्शन तथा भीड नियन्त्रणका लागि घातक हतियारको प्रयोगमा प्रतिबन्ध लगाउन माग गर्दै रिट दायर भएको छ ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले बुधबार सर्वोच्च अदालतमा रिट दायर गरेको जानकारी दिए ।

अधिवक्ता त्रिपाठीले निहत्था नागरिकमाथि घातक हतियार प्रयोग गर्ने र प्रयोगको आदेशमार्फत जीवन अपहरणमा संलग्न जो कोहीलाई आपराधिक दायित्वसहित ज्यानसम्बन्धी कसुरमा अभियोजनको व्यवस्था गर्न माग गरेका छन् । 

त्यस्तै भीड नियन्त्रणको अहिंसात्मक तौर तरिकाबारे प्रदर्शन व्यवस्थापनका लागि खटिने प्रहरीहरूलाई अनिवार्य प्रशिक्षण दिनुपर्ने व्यवस्था मिलाउन माग गरिएको छ ।

उक्त रिटको सुनुवाइ भोलिका लागि तोकिएको छ ।

प्रकाशित मिति : ३ माघ २०८०, बुधबार  ५ : २६ बजे

कोशी प्रदेश सरकारको मन्त्रिमण्डल चाडै नै पुनर्गठन गर्छौँ : शेरधन राई

काठमाडौं– नेकपा एमालेका सचिव एवम् कोशी प्रदेश इन्चार्ज शेरधन राईले

नेपाल बार एशोसिएशनले मनायो ७० औँ स्थापना दिवस

काठमाडौं– कानुन व्यवसायीहरूको छाता सङ्गठन नेपाल बार एशोसिएशनले ७० औँ

१५ औँ महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने गगन थापाको घोषणा

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको १५ औँ महाधिवेशनमा