प्रधानमन्त्री कपमा कर्णालीको पहिलो जित « Khabarhub

प्रधानमन्त्री कपमा कर्णालीको पहिलो जित


३ माघ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कर्णाली प्रदेशले लुम्बिनी प्रदेशमाथि शानदार जित हासिल गरेको छ ।

बुधबार भैरहवामा सम्पन्न जारी प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गतको खेलमा कर्णाली प्रदेशले लुम्बिनी प्रदेशलाई ६० रनले पराजित गरेको हो । यसअघि दुई खेलमा लगातार हार बेहोरेको कर्णालीले पहिलोपटक हासिल गरेको हो । 

कर्णालीले दिएको १८५ रनको लक्ष्य पछाएको लुम्बिनीले ४१.२ ओभरमा अल आउट हुँदै केवल १२४ रन मात्र बनाएको थियो ।

यस अघि पहिला ब्याटिङ गरेको कर्णालीले ४५ ओभरमा ९ विकेट गुमाउँदै १८४ रन बनाएको थियो । मौसम खराब हुँदा यो खेल ४५-४५ ओभरमा खेलाइएको थियो ।

यो जितपछि कर्णाली प्रदेशले आफ्नो ३ खेलमा दोस्रो जित हासिल गरेको छ । ३ खेलमा ४ अंकसहित अंक तालिकामा पाँचौं स्थानमा उक्लिएको छ । त्यस्तै लुम्बिनी प्रदेशले भने आफ्नो तेस्रो खेलमा दोस्रो हार बेहोरेको छ ।

अब कर्णाली प्रदेशले आगामी शनिबार टियु मैदानमा मधेश प्रदेशविरुद्ध खेल्ने छ । त्यस्तै लुम्बिनी प्रदेशले अब अर्को खेल आगामी बुधबार त्रिभुवन आर्मी क्लबसँग खेल्ने छ ।

प्रकाशित मिति : ३ माघ २०८०, बुधबार  ६ : २० बजे

जेडी भान्सको राष्ट्रपति उम्मेदवारीबारे अहिले नै भन्नु हतार हुन्छ : ट्रम्प

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उपराष्ट्रपति जेडी भान्सको भावी

दसैँका लागि सेलरोटी पकाउने चटारो

पर्वत – बडादसैँ नजिकिएसँगै पर्वतको फलेबास नगरपालिका–२ मा घरघरमा सेलरोटी

सौराहामा विदेशी पर्यटकले नेपालीसँगै मनाए बडादसैँ

चितवन- नेपालको प्रमुख पर्यटकीय गन्तव्य चितवनको सौराहा घुम्न आएका विदेशी

इराकले इरानसँगको शालमचेह सीमा नाका अर्को सूचना नभएसम्म बन्द गर्ने

काठमाडौं– इराकका प्रधानमन्त्री अली अल जैदीले इरानसँग जोडिएको शालमचेह सीमा

उपराष्ट्रपतिले गरे बडादसैँको टीका ग्रहण

काठमाडौँ– उपराष्ट्रपति रामसहायप्रसाद यादवले आज बिहानको शुभसाइतमा विजयादशमीको टीका, प्रसाद