सरकारको कारण देश संकटमा : शंकर पोखरेल « Khabarhub

सरकारको कारण देश संकटमा : शंकर पोखरेल


३ माघ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका महासचिव शंकर पोखरेलले गठबन्धन सरकारको कारण देश संकटमा परेको बताएका छन्।

नेकपा एमाले सिन्धुपाल्चोकले आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई बुधबार चौतारा सम्बोधन गर्दै महासचिव पोखरेलले सरकारको नीतिका कारण राज्य टाट पल्टिने तर सरकारको निकटका एक जना उद्योगी अरबपति बन्ने स्थिति आएको बताए। यो सरकारले लिएको गलत अर्थनीतिको कारण भएको पोखरेलको भनाइ छ।

यस्तो अवस्थामा देशलाई सही बाटोमा ल्याउन नेकपा एमालेको नेतृत्व आवश्यक रहेको उनले बताए। नेकपा एमाले आफ्नो विचारमा स्पष्ट भएकोले देशलाई निकास दिन सक्ने पोखरेलले दाबी गरे। 

माओवादीलाई चुनावमा भाग नै नलिई सांसदमा भाग दिएर तत्कालीन नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाले राजनीतिक अस्थिरताको बिउ रोप्ने काम गरेको उनले बताए। ‘अहिलेको अस्थिरता र निराशाको एउटा कारण यो पनि हो’, उनले भने। 

प्रकाशित मिति : ३ माघ २०८०, बुधबार  ६ : ३७ बजे

सरकार र अभियान्ता ज्योति रानाभाटबीच १९ बुँदे सहमति, अनसन स्थगित

काठमाडौँ – विभिन्न माग राखेर आमरण अनसनमा बसेकी नर्स तथा

प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले आज मन्त्रिपरिषद्को बैठक आह्वान गरेका

दुई घण्टापछि खुल्यो मुग्लिन-नारायणगढ सडक

चितवन – पहिरोका कारण अवरुद्ध बनेको नारायणगढ-मुग्लिन सडक खण्ड दुई

आर्थमन्त्री र राष्ट्र बैंकका कार्यकारी निर्देशकबीच आज छलफल हुँदै

काठमाडौँ – अर्थतन्त्रका पछिल्ला समस्या पहिल्याउन र समाधानका उपाय पहिल्याउन

जनकपुरको पोखरीमा डुबेर भारतीय दर्शनार्थीको मृत्यु

जनकपुरधाम – जनकपुरधामस्थित जानकी मन्दिरको छेउमा रहेको तेल्हा पोखरीमा डुबेर