रूसी विपक्षी नेता नभाल्नीको मृत्युबारे छानबिन गर्न राष्ट्रसङ्घ र विश्वका नेताहरूको आग्रह « Khabarhub

रूसी विपक्षी नेता नभाल्नीको मृत्युबारे छानबिन गर्न राष्ट्रसङ्घ र विश्वका नेताहरूको आग्रह


५ फाल्गुन २०८०, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- रूसमा पुटिन प्रशासनको प्रखर आलोचक तथा विपक्षी नेता एलेक्सी नभाल्नीको जेलमा मृत्यु भएपछि संयुक्त राष्ट्रसङ्घ र विश्वका प्रमुख शक्ति राष्ट्रका नेताहरूले घटनाको छानबिन गर्न आग्रह गरेका छन् । रूसमा पछिल्लो दशक सबैभन्दा प्रखर प्रतिपक्षी नेताको छवि बनाएका नभाल्नीको जेलमा निधन भएको कारागार प्रशासनले शुक्रबार जनाएको थियो ।

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले ‘हिरासतमा भएको भनिएको नभाल्नीको मृत्युको परिस्थितिबारे पूर्ण विश्वसनीय तथा पारदर्शी छानबिन’ हुनुपर्ने माग गरेका छन् । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरसका प्रवक्ताले नभाल्नीको मृत्युबाट महासचिव स्तब्ध भएको बताएका छन् ।

एलेक्सीको नभाल्नीको मृत्युको विवरणले राष्ट्रसङ्घका महासचिव गुटेर्रेस ‘स्तब्ध भएको’ उनका प्रवक्ताले बताए । यसैगरी राष्ट्रसङ्घको मानवअधिकार कार्यालयले स्वतन्त्र निकायमार्फत् घटनाको छानबिन हुनुपर्ने माग गरेको छ । ‘बिनाकारण जस्तो देखिएको’ नभाल्नीको कारावासबारे पनि आफूले बारम्बार कुरा उठाएको कार्यालयले आफ्नो विज्ञप्तिमा उल्लेख गरेको छ ।

अमेरिकाका राष्ट्रपति जो बाइडेनले पनि घटनाका लागि रुसी राष्ट्रपति भ्लादिमिर पुटिन जिम्मेवार रहेको दाबी गर्दै यसको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन् ।

राष्ट्रसङ्घीय मानव अधिकार आयुक्त फोल्कर ट्यूर्कले गत वर्ष नभाल्नीलाई सुनाइएको लामो सजायले रूसले अदालती प्रणालीलाई राजनीतिक उद्देश्यका लागि प्रयोग गरेको देखाएको बताएका छन् । “यदि कोही राज्यको हिरासतमा मर्छ भने त्यसका लागि राज्य जिम्मेवार हुने अन्तरराष्ट्रिय मान्यता छ,” राष्ट्रसङ्घले भनेको छ ।

नभाल्नीको मृत्युको घोषणापछि ह्वाइट हाउसमा बोल्दै अमेरिकी राष्ट्रपति जो बाइडनले आफूलाई उक्त घटनाले ‘अचम्भीत र आक्रोशित’ तुल्याएको बताए । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको प्रखर आलोचक रहेका नभाल्नीको ‘वीरता’को प्रशंसा गर्दै बाइडेनले सन् २०२० मा विष दिइएपछि नभाल्नी निर्वासनमा देशबाहिर रहनसक्ने भएपनि उनले त्यसो नगरेको बताए ।

“पुटिन जे थिएनन्, नभाल्नी त्यही थिए,” बाइडेनले नाभाल्नीको विशेष क्षमताबारे बताए । उनले थपे, “गल्ती नगरौँ, नभाल्नीको मृत्युका लागि पुटिनले जिम्मेवार छन् ।” म्युनिखबाट अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले पुटिनको मृत्यु ‘पुटिनको क्रूरताको सङ्केत’ भएको बताएकी छिन् ।

जर्मनीका चान्सलर ओलाफ स्कोल्जले नाभाल्नीको मृत्यु रूसी जनताका लागि ‘ठूलो त्रासदी’ भएको बताएका छन् । बेलायतको विदेश मन्त्रालयले नाभाल्नीको मृत्युका लागि रुसी अधिकारीलाई पूर्ण रुपमा जिम्मेवार ठहर्‍याउन रुसी दूतावासलाई बोलाएको जनाएको छ ।

यसैगरी, बेलायतका विदेशमन्त्री डेभिड क्यामरूनले नभाल्नीको मृत्युको परिणाम रूसले भोग्नुपर्ने चेतावनी दिए । जर्मनीमा जारी म्युनिख सुरक्षा सम्मेलनमा क्यामरूनले भने, “रूसले यसको परिणाम बेहोर्नुपर्नेछ ।”

लातभियाका राष्ट्रपति एडगर्स रिन्केभिक्सले ‘क्रेमलिनले नभाल्नीको निर्मम हत्या गरेको’ बताउएका छन । त्यसैगरी, फ्रान्सका विदेशमन्त्री स्टेफन सेजोर्नले नभाल्नीको मृत्युले ‘पुटिनको शासनको वास्तविकताको सम्झना गराएको’ बताए ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले विगत दुई वर्षदेखि रूसी सेनासँग लडिरहेका बेला क्रेमलिनका आलोचकको हत्या भएको बताए ।

नभाल्नी सन् २०२१ को फेब्रुअरीमा नभाल्नी सन् २०१४ मा सुनाइएको सजाय उल्लङ्घन गरेको आरोपमा जेल परेका थिए । उनलाई सन् २०२० मा आफ्नो अवस्थाबारे प्रहरीलाई नियमित खबर नगरेको आरोप लगाइएको थियो ।

प्रकाशित मिति : ५ फाल्गुन २०८०, शनिबार  ४ : २२ बजे

‘हिमालयन गोल्ड’को टिजर : कर्माको रहस्यमयी लुक्स र सुनीलको डाइलग मुख्य आकर्षण

काठमाडौं – देशको सबैभन्दा ठूलो मल्टिप्लेक्सन चेन क्यूएफएक्सका हलहरूमा हिमालमा

उद्योग वाणिज्य महासङ्घका थप तीन विषयगत समिति गठन

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासङ्घअन्तर्गत थप तीन वटा विषयगत समितिले

राष्ट्र बैंक ऐनमा ‘डिजिटल करेन्सी’

काठमाडौं– नेपाल राष्ट्र बैंक ऐन, २०५८ संशोधन विधेयकमा ‘डिजिटल करेन्सी’लाई

इञ्जिनियरको भूमिकामा पूर्वाधार विकास र गुणस्तर निर्भर रहन्छ : मन्त्री श्रेष्ठ

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले राष्ट्रको समृद्धि, पूर्वाधार

जन्तर-मन्तरमा कक्रोचको प्रदर्शन : विद्यार्थीविरुद्ध मुद्दा नचलाइने, २७ सयभन्दा बढीको जाहेरी यथावत

नयाँदिल्ली- भारत सरकारले नीट (नीट) प्रश्नपत्र चुहावट प्रकरणको विरोधमा प्रदर्शन