सिंहदेवी सिदुवाले जित्यो डाँगीहाट फुटबल प्रतियोगिताको उपाधि « Khabarhub

सिंहदेवी सिदुवाले जित्यो डाँगीहाट फुटबल प्रतियोगिताको उपाधि


५ फाल्गुन २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

मोरङ – दोस्रो आर्जु राइस मिल डाँगीहाट प्रदेशस्तरीय नकआउट फुटबल प्रतियोगिताको उपाधि सिंहदेवी सिदुवा फुटबल क्लब धनकुटाले चुमेको छ ।

आज भएको फाइनलमा धरान एफ सी सुनसरीलाई ट्राइबेकरमा हराउँदै सिंहदेवी सिदुवाले उपाधि चुमेको हो । खेलमा सिंहदेवी सिदुवा पाँचौँ मिनेटमा अग्रता लिए पनि उपाधिका लागि ट्राइबेकरसम्म कुर्नुपरेको थियो ।

खेलको पाँचौँ मिनेटमा सिदुवाका लागि विनोद राईको पासमा वीरेन्द्र लिम्बूले गोलको खाता खोलेका थिए । खेलको १३औँ मिनेटमा धरानका मिलन राईले गोल गर्दै खेल बराबरीमा पु-याए ।

दोस्रो हाफमा दुवै टोलीबाट कुनै गोल हुन नसकेपछि खेल ट्राइब्रेकरमा पुगेको थियो । ट्राइबेकरमा सिदुवाले ३–१ गेल अन्तर धरानलाई पराजित गरेको छ ।

ट्राइबेकरमा सिदुवाका लागि अभिशेक लिम्बू, अशिम राई र विशाल भण्डारीले गोल गरे भने धरानका लागि मिलन राईले मात्र गोल गरे । धरानका बिकु राई, रोमन लिम्बूको प्रहार सिदुवाका गोल रक्षक सुजित चौधरीले बचाएका थिए । सचिन श्रेष्ठको बल भने पोलमा लागि बाहिरिएको थियो ।

उपाधिसँगै सिदुवाले नगद रु एक लाख ५० हजार साथ ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता धरान एफ सीले रु ७५ हजार पाँच सयमा चित्त बुझायो ।

खेलको प्लेयर अफ दि म्याच सिदुवाका गोल रक्षक सुजित चौधरी, उत्कृृष्ट मिडफिल्डर अशिम राई, उत्कृृष्ट डिफेन्स विशाल भण्डारी, उत्कृृष्ट कोच विश्वास श्रेष्ठ घोषित हुँदा धरानका मिलन राई उत्कृृष्ट फरवार्ड र हाईस्कोरर, सचिन श्रेष्ठ उत्कृृष्टकिपर घोषित भए ।

प्रतियोगितामा उदयमान खेलाडी अजित चौधरी घोषित हुँदै जनही रु पाँच हजार नगद पुरस्कार प्राप्त गरे । विजेता टोलीलाई प्रदेश संसद् ज्ञानेन्द्र सुवेदी, गिता तिम्सीना, बेलबारी नगर उपप्रमुख नितु थापा कोइरालाले पुरस्कृत गरे ।

बेलबारी ९ स्थीत डाँगिहाट जागृति युवा क्लबको आयोजनामा सञ्चालित प्रतियोगिता डाँगिहाटस्थित कालि माविको खेलमैदानमा सम्पन्न भएको हो । माघ २६ देखि फागुन ५ गतेसम्म सञ्चालन भएको प्रतियोगितामा पूर्वका चर्चित ८ क्लबको सहभागिता थियो ।

प्रकाशित मिति : ५ फाल्गुन २०८०, शनिबार  १० : ५९ बजे

फ्लेभियो बोल्सोनारो र परिवारलाई अमेरिकाले भिसा दिने

एजेन्सी-ब्राजिलको राष्ट्रपति निर्वाचनमा लुइज इनासियो लुला दा सिल्भासँग पराजित फ्लेभियो

भारत–पाकिस्तान युद्ध रोक्न २५० प्रतिशत भन्सार शुल्कको धम्की दिएको ट्रम्पको दाबी

एजेन्सी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तानबीचको सैन्य द्वन्द्व

टस जितेको सुदूरपश्चिमले बलिङ रोजेपछि पहिले ब्याटिङ गर्दै पोखरा

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको खेलमा पोखरा

मुख्य धानखेत बगरमा परिणत

रसुवा– उत्तरगया गाउँपालिका वडा नं ४ र ५ को मुख्य

विना बर्दीका प्रहरी प्रयोग गरी गिरफ्तारी गर्ने प्रवृत्तिविरुद्ध ओलीको खबरदारी

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्वाधीनता र लोकतन्त्रको