सिंहदेवी सिदुवाले जित्यो डाँगीहाट फुटबल प्रतियोगिताको उपाधि « Khabarhub

सिंहदेवी सिदुवाले जित्यो डाँगीहाट फुटबल प्रतियोगिताको उपाधि


५ फाल्गुन २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

मोरङ – दोस्रो आर्जु राइस मिल डाँगीहाट प्रदेशस्तरीय नकआउट फुटबल प्रतियोगिताको उपाधि सिंहदेवी सिदुवा फुटबल क्लब धनकुटाले चुमेको छ ।

आज भएको फाइनलमा धरान एफ सी सुनसरीलाई ट्राइबेकरमा हराउँदै सिंहदेवी सिदुवाले उपाधि चुमेको हो । खेलमा सिंहदेवी सिदुवा पाँचौँ मिनेटमा अग्रता लिए पनि उपाधिका लागि ट्राइबेकरसम्म कुर्नुपरेको थियो ।

खेलको पाँचौँ मिनेटमा सिदुवाका लागि विनोद राईको पासमा वीरेन्द्र लिम्बूले गोलको खाता खोलेका थिए । खेलको १३औँ मिनेटमा धरानका मिलन राईले गोल गर्दै खेल बराबरीमा पु-याए ।

दोस्रो हाफमा दुवै टोलीबाट कुनै गोल हुन नसकेपछि खेल ट्राइब्रेकरमा पुगेको थियो । ट्राइबेकरमा सिदुवाले ३–१ गेल अन्तर धरानलाई पराजित गरेको छ ।

ट्राइबेकरमा सिदुवाका लागि अभिशेक लिम्बू, अशिम राई र विशाल भण्डारीले गोल गरे भने धरानका लागि मिलन राईले मात्र गोल गरे । धरानका बिकु राई, रोमन लिम्बूको प्रहार सिदुवाका गोल रक्षक सुजित चौधरीले बचाएका थिए । सचिन श्रेष्ठको बल भने पोलमा लागि बाहिरिएको थियो ।

उपाधिसँगै सिदुवाले नगद रु एक लाख ५० हजार साथ ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता धरान एफ सीले रु ७५ हजार पाँच सयमा चित्त बुझायो ।

खेलको प्लेयर अफ दि म्याच सिदुवाका गोल रक्षक सुजित चौधरी, उत्कृृष्ट मिडफिल्डर अशिम राई, उत्कृृष्ट डिफेन्स विशाल भण्डारी, उत्कृृष्ट कोच विश्वास श्रेष्ठ घोषित हुँदा धरानका मिलन राई उत्कृृष्ट फरवार्ड र हाईस्कोरर, सचिन श्रेष्ठ उत्कृृष्टकिपर घोषित भए ।

प्रतियोगितामा उदयमान खेलाडी अजित चौधरी घोषित हुँदै जनही रु पाँच हजार नगद पुरस्कार प्राप्त गरे । विजेता टोलीलाई प्रदेश संसद् ज्ञानेन्द्र सुवेदी, गिता तिम्सीना, बेलबारी नगर उपप्रमुख नितु थापा कोइरालाले पुरस्कृत गरे ।

बेलबारी ९ स्थीत डाँगिहाट जागृति युवा क्लबको आयोजनामा सञ्चालित प्रतियोगिता डाँगिहाटस्थित कालि माविको खेलमैदानमा सम्पन्न भएको हो । माघ २६ देखि फागुन ५ गतेसम्म सञ्चालन भएको प्रतियोगितामा पूर्वका चर्चित ८ क्लबको सहभागिता थियो ।

प्रकाशित मिति : ५ फाल्गुन २०८०, शनिबार  १० : ५९ बजे

सर्वदलीय बैठकमा प्रचण्डको प्रश्न– सरकार सुनसरी घटनाको समाधानतर्फ किन अग्रसर हुन सकेन ?

काठमाडौँ – नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

सर्वदलीय बैठकमा कांग्रेस सभापति थापाले के भने ?

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरीको देवानगञ्ज लगायत देशका

कप्तानगञ्ज घटना राज्य प्रायोजित आतंक हो : नेकपा

काठमाडौँ – नेपाली कम्युनिष्ट पार्टीले सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको

सुनसरी घटनाले सरकारको अयोग्यता प्रष्ट पार्यो: योगेश भट्टराई

काठमाडौँ – नेकपा (एमाले) का उपमहासचिव योगेश भट्टराईले सुनसरीमा घटेको

सर्वदलीय बैठक सिंहदरबारमा सुरु (तस्बिर)

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आह्वानमा सर्वदलीय बैठक सिंहदरबारमा